झापा-‘नागरिकता–पासपोर्ट बनाउन यता सम्पर्क गर्नुस्, तु काम हुन्छ।' जिल्ला प्रशासन कार्यालय, झापाको गेटमा उभिनासाथ सुनिने यस्तो आग्रह कार्यालयले सेवाग्राहीको सुविधाका लागि गरेको व्यवस्था होइन। कामविशेषले कार्यालय पुग्ने सेवाग्राहीलाई सहजै काम बनाइदिने नाममा पैसा कमाउन पल्केका दलालहरूले गर्ने आग्रहमिश्रित ‘बार्गेनिङ' हो। यसबाट सरकारले निःशुल्क उपलब्ध गराउने प्रशासनिक काममा पनि सर्वसाधारण ठगिइरहेका छन्।जिल्लामा हुने जुनसुकै अनियमितता रोक्नुपर्ने दायित्व बोकेको निकाय जिल्ला प्रशासनले आफ्नो परिसरमै दिनहुँ दलालबाट सर्वसाधारण ठगिँदा पनि आँखा चिम्लिदिँदा नागरिकता, राहदानी बनाउन र अत्यावश्यक सिफारिसका लागि पुग्ने सेवाग्राही अनावश्यक शुल्क तिर्न बाध्य छन्। जिल्ला प्रशासनको नागरिक सहायता कक्षले राम्ररी जिम्मेवारी निर्वाह गर्न नसक्नुको फाइदा दलालले उठाइरहेका हुन्। उनीहरूले जिल्ला प्रशासनले ‘निषेधित क्षेत्र' भनेकै ठाउँ कब्जा गरी सेवाग्राही ठगिरहेका छन्।
‘जिल्ला प्रशासनतिर लम्किरहेको मान्छे देख्नै हुँदैन, आउनुस् हामी गर्दिन्छौं तपाईंको काम भन्दै बाटो छेक्छन्', सेवाग्राही महेश विष्टले भने, ‘लेखपढ गर्न नजान्ने, आफंै कागजात ठीक पार्न नसक्नेहरु उनीहरूबाट ठगिन्छन्।' उनले नागरिक सहायता कक्षले आवश्यक समन्वय नगर्दा समस्या भएको बताए। पछिल्लो समय मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउनुपर्ने भएपछि त्यसबारे अनभिज्ञ धेरै सर्वसाधारण दलालबाट ठगिइरहेका छन्। राहदानी, नागरिकता, मुद्दा–मामिला मिलाइदिने बहानामा बाटो छेकेर सर्वसाधारण ठग्नेको ठूलै समूह सदरमुकाममा सक्रिय छ। तर, उनीहरूलाई नियन्त्रण गर्न झापा प्रशासनले कुनै पहल थालेको छैन।
व्यापारिक अनुमति नलिएका तथा लेखापढी अनुमतिप्राप्त नरहेका दलालले संगठित गिरोह नै बनाई पार्किङ निषेधित क्षेत्रमा सार्वजनिक सडक अतिक्रमण गरी कम्प्युटर फाराम भर्नेलगायत काम खुलेआम गर्दै आएका छन्। गेटमै सेवाग्राही ठगिइरहँदा प्रशासन रमिते बनिरहेको आरोप सर्वसाधारण लगाउँछन्।
जिल्ला प्रशासन, झापाका नाममा खुलेआम ठग्ने गरेका दलालले राहदानी र नागरिकता बनाउने कार्यमा प्रशासनका कर्मचारीको बिचौलिया भएर आर्थिक चलखेल गर्ने गरेका छन्। सर्वसाधारण सिधै प्रशासनमा जाँदा कागजात मिलेको भए पनि विभिन्न बहानामा कर्मचारीले ढिलासुस्ती गरिदिने र दलालमार्फत जाँदा त्यही काम तुरुन्तै गरिदिने प्रवृत्ति रहेको सेवाग्राही बताउँछन्।
जिल्ला प्रशासनका नाममा सर्वसाधारण ठग्ने दलाललाई सरकारी कार्यालय क्षेत्रका निषेधित स्थानबाट दुई दिनभित्र हटाउने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले गरेका थिए। तर, प्रतिबद्धता दर्साएको दुई महिना बित्न लाग्दा पनि उनले दलाल हटाउन सकेका छैनन्।
सामान्य व्यावसायिक मर्यादासमेत पालना नगरी सरकारी कार्यालयआसपासका सडक छेकेर बस्ने महिला, युवती तथा युवाहरुले सर्वसाधारणलाई बाटो छेकेर रोक्ने, सोधखोज गर्ने तथा काम नपाए गालीगलौज गर्ने गरेको पीडितको गुनासो छ। प्रशासन कार्यालय भने सबै दलाललाई हटाइसकेको दाबी गर्छ।
केही समयअघि मात्रै प्रजिअ पौडेलले सरकारी कार्यालयआसपास सडक ओगटेर प्रशासनिक सेवाका नाममा व्यापारिक कारोबार गर्नेलाई हटाउन भद्रपुर नगरपालिका कार्यालयलाई निर्देशन दिएको बताएका थिए। तर, अहिलेसम्म यसमा कुनै प्रगति नभएको स्थानीय बताउँछन्।
दलालहरु भने नगरपालिकाले व्यवसाय गर्न नरोकेको दाबी गर्छन्। उनीहरू बिनाअनुमति सडकमा बसेर गरिखान पाउने अधिकारको सुरक्षा जिल्ला प्रशासनले गरेको बताउँछन्।