काठमाडौं– कर्णाली नदी 'थुनिएको' खबरले मंगलबार सबै झस्किए। सुरुमा 'पहिरोले थुनियो' भन्ने खबर आयो, त्यसपछि 'हिमपात' लाई कारण बताइयो लगत्तै कर्णाली तल्लोतटीय क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँ सार्ने तम्तयारीमा लाग्यो, गृह मन्त्रालय।
ठूलै विध्वंस मच्चाउन सक्ने यो खबर आउँदा पनि साँझ साढे ५ बजेसम्म कोही पनि पहिरो वा हिमपातस्थल पुग्न सकेका थिएनन्। मध्यपश्चिमका डिआइजी केशव अधिकारी भन्दै थिए, 'हामीलाई स्थानीयले दिएको सूचना हो, भारी हिमपातका कारण हामी त्यहाँसम्म पुग्न सकेका छैनौं, हेलिकप्टर तम्तयार राखिएको छ।'
प्रविधिको यत्रो विकास भइसक्दा पनि कर्णाली थुनिए–नथुनिएबारे कुहिरोको कागझैं रह्यो ? भू–उपग्रह वा अन्य कुनै माध्यमबाट पहिरो गए–नगएको सजिलै पत्ता लगाउन सकिँदैनन्थ्यो ? कि नेपालसँग यस किसिमको प्रविधि नै छैन ?
'भौगोलिक विकटता र प्राकृतिक प्रकोपका कारण पुग्न नसकिने स्थानमा आधुनिक प्रविधि प्रयोग गरेर वास्तविकता पत्ता लगाउन सकिन्छ,' काठमाडौं विश्वविद्यालयका प्राध्यापक मणिरत्न शाक्यले नागरिकसँग भने, 'हामीकहाँ भने त्यस्तो प्रविधि प्रयोग गर्ने संयन्त्र छैन ।'
मंगलबारको जस्तो ठूलै प्राकृतिक विपत्ति ल्याउन सक्ने खबर आएका बेला त्यसलाई समयमै पुष्टि गर्न र प्रभावितस्थल मापन गर्न भू–उपग्रह तस्बिर प्रभावकारी हुने उनको भनाइ छ ।
'पूरै नेपाल देखिने गरी तस्बिर लिइरहने तीनवटा भू–उपग्रह हामीसँग छन्,' वरिष्ठ मौसमविद शाक्यले भने, 'प्राकृतिक प्रकोप बेला यी भू–उपग्रहबाट प्राप्त तस्बिर अपलोड गरेर प्रकोप विश्लेषण गरिन्छ। यसबाट सर्वसाधारणले सत्यतथ्य जानकारी पाउ"छन्, प्रकोप न्यूनीकरण पूर्वतयारी गर्न पनि सजिलो हुन्छ । तर, हामीसँग यस्तो संयन्त्र छैन ।'
विज्ञान, प्रविधि तथा वातावरण सचिव कृष्णचन्द्र पौडेलले पनि अहिलेसम्म यस्ता प्रकोप बेला भू–उपग्रह तस्बिर प्रयोग गर्ने परिपाटी नभएको बताए। 'हावापानी पूर्वानुमानका लागि लिइने तस्बिरले त्यस क्षेत्रको जानकारी नदिने रहेछ,' उनले भने, 'हामीले मंगलबारै यसबारे जल तथा मौसम विज्ञान विभागका पदाधिकारीसँग छलफल गर्यौंस, कुन देशको भू–उपग्रहले तत्कालै तस्बिर उपलब्ध गराउन सक्छ ? यो पत्ता लगाएर सकिन्छ भने त्यस क्षेत्रको तस्बिर लिने कोसिस गर्नुहोस् भनेका छौं ।'
आगामी दिनमा यस्ता भू–उपग्रह पत्ता लगाएर तत्काल तस्बिर लिने व्यवस्था गरिने सचिव पौडेलले बताए । सत्यतथ्य विवरण कसरी ल्याउन सकिन्छ भनेर मुख्यसचिव लीलामणि पौड्यालसहित गृहको दैवीप्रकोप व्यवस्थापन शाखाका पदाधिकारीबीच छलफल भएको पनि उनले जानकारी दिए ।
शाक्यका अनुसार भारत, चीन र जापानका भू–उपग्रहले नेपालका सबै भू–भागको तस्बिर नियमित लिइरहेका हुन्छन् । यी मुलुकस"ग समन्वय गरेर कुनै पनि बेला कुनै पनि स्थानको तस्बिर अपलोड गर्न सकिन्छ ।
'हावापानी पूर्वानुमानका लागि मौसम पूर्वानुमान महाशाखाले अहिले पनि नेपाल र भारतका भू–उपग्रहका तस्बिर तीन–तीन घन्टामा अपलोड गरिरहेको छ। अपलोड प्रविधिलाई अझै आधुनिक बनाएर आवश्यक स्थानका तस्बिर लिन सकिन्छ,' शाक्यले भने, 'यसको अभ्यास अपरिहार्य भइसकेको छ । कुनै पनि स्थान मजाले हेर्न सकिन्छ ।' आकाश सफा नभएका बेला लिइएका यस्ता तस्बिर भने काम नलाग्ने उनी बताउ"छन् ।
शाक्यका अनुसार नेपालको आकाशमा भारतको आइएनएसएटी, चिनियाँ एफवाइटुडी र जापानको जिएमएस भू–उपग्रह सक्रिय छन्। मौसम पूर्वानुमानका लागि अघिल्ला दुईवटा भू–उपग्रहका तस्बिर नेपालले प्रयोग गरिरहेको छ। '२०१३ मा भारतको बद्री केदारधाममा बाढी आउनुपूर्व र आउँदै गरेको तस्बिर मैले हेरेको थिएँ। त्यो तस्बिर अमेरिकाको एनओएए नामको संस्थाले वेबसाइटमा राखेको थियो। तर कुन भू–उपग्रहबाट त्यो तस्बिर लिइयो भन्ने मलाई थाहा भएन,' उनले आफ्नो अनुभव सुनाउँदै भने।
त्यतिबेला बंगालको खाडी र अरेबियन सागरमा विकास भएको मनसुन प्रणाली एकैपटक नेपाल भित्रिएकाले मध्य र सुदूर–पश्चिममा अत्यधिक वर्षा भएको थियो। पूर्वबाट भित्रिएको मनसुनभन्दा अरबी समुद्रमा विकास भएको मनसुन प्रणाली बढी शक्तिशाली थियो । यसले सुदूरपश्चिमका दार्चुला, बैतडी, बझाङ, बाजुरा, डडेलधुरालगायत जिल्लामा भीषण वर्षा भएको थियो । यसले भारतको उत्तराखण्ड, हिमाञ्चल प्रदेशसहित नेपालको सुदूरपश्चिममा धेरै धनजनको क्षति गराएको थियो ।
शाक्यले पछिल्ला वर्ष दक्षिण एसियाको हावापानी र मनसुनमा धेरै फेरबदल आइरहेको बताए । 'कहिले नदेखिएका र धेरै पछि दोहोरिएका घटनाक्रम देखिन थालेका छन् । यस्ता घटनाक्रमको विश्लेषण र पूर्वानुमानका लागि पनि हामी आधुनिक प्रविधिमा जानुपर्नेछ,' उनले भने ।