मोरङको उर्लाबारीमा छोराले ७० वर्षीय बृद्धा आमालाई दाउराको चिरपटले हानेर हत्या गरेका छन्। उर्लाबारी नगरपालिका–४ आइतबारेका ७० वर्षीय चन्द्रमाया भण्डारीलाई उनकै छोरा ३५ वर्षीय गंगाप्रसाद भण्डारीले हत्या गरेको मोरङ प्रहरीले जनाएको छ।
पारिवारिक विवादका क्रममा आइतबार दिउँसो साढे ४ बजेतिर गंगाप्रसादले आमालाई चिरपट टाउकोमा प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। चिरपट प्रहारबाट घाइते भएकी चन्द्रमायाको उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारका क्रममा आइतबार राति साढे १० बजेतिर मृत्यु भएको डिएसपी श्रेष्ठले बताए।
आमाको हत्यामा संलग्न छोरा गंगाप्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका गंगाप्रसादलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।