विद्यार्थीलाई सहज छैन जापान
२० फागुन २०७१
•
८ मिनेट पाठ
विद्यार्थीलाई सहज छैन जापान
जापान-अध्ययनको बहानामा कमाउन जापान पुगेका नेपाली ‘विद्यार्थी कामदार' ले समयमा काम नपाउँदा हैरान खेप्नुपरेको छ। नेपालका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) हरुले जापानमा पर्याप्त रोजगारीको अवसर रहेको ‘भ्रमपूर्ण' विज्ञापन र गलत परामर्श दिएर विद्यार्थीलाई जापान पठाउन थालेपछि समस्या उत्पन्न भएको उनीहरुले बताएका छन्।विद्यार्थी भिसामा जापान आएर काम गरिरहेका आफूहरुको अवस्था दयनीय रहेको उनीहरुको दुखेसो छ। अध्ययनका लागि जापान सही गन्तव्य नभएको उनीहरु बताउँछन्।
कन्सल्टेन्सीहरुले जापानमा पढ्ने बहानामा काम गर्न पठाउने गरेका छन्। जापानी भाषा पढ्ने र पार्ट टाइम काम गरेर पैसा कमाउने ‘विद्यार्थी कामदार' नेपालका कन्सल्टेन्सीले सही परामर्श नदिँदा दुःख बेहोर्नुपरेको बताउँछन्।
‘पढ्न भनिए पनि सबैको उद्देश्य काम गरेर कमाउने हो तर स्कुलले हप्ताको २८ घन्टा मात्र काम गर्न दिँदा त्यसबाट आएको पैसाले भाषा कक्षाको शुल्क बुझाउनै ठिक्क हुन्छ,' इन्टरनेसनल ल्याङ्ग्वेज अफ स्कुल, फुनावासी जापानमा अध्ययनरत होमनाथ चालिसे भन्छन्।
उनका अनुसार केही विद्यार्थी गैरकानुनी तरिकाले बढी समय काम गरिरहे पनि अधिकांश समस्यामा छन्। ‘नेपालबाट आउँदा केही समयका लागि होस्टल र स्कुलको पैसा लिएर आएका हुन्छौं तर पछि कसरी फी तिर्ने भन्ने नै समस्या हुन्छ,' उनले भने, ‘भाषाको समस्या अझ ठूलो छ।'
कन्सल्टेन्सीहरुले जापान जानेबित्तिकै राम्रो काम पाइन्छ भनेर पठाएका हुन्छन्। तर उनीहरुले भनेजस्तो काम नपाउँदा खर्च धान्नसमेत नपुग्ने कठिन हुन्छ। ‘कलेजले काम दिन्छ भनेका हुन्छन् तर खर्च पुग्ने गरी काम नै दिँदैनन्,' चालिसे भन्छन्।
नेपाली विद्यार्थीले कमाएको तलबबाट करसमेत तिर्नुपर्छ। ‘श्रीलंकालगायत केही देशकाले त्यस्तो ट्याक्स तिर्नुपर्दैन,' उनले भने।
नेपालबाट जापान आउँदा १० देखि १४ लाखसम्म खर्च गर्ने विद्यार्थीले जापान पुगेपछि भाषा पढ्ने स्कुललाई छुट्टै मासिक शुल्क तिर्नुपर्छ। त्यही शुल्क र बसाइ खर्च जुटाउन स्कुलले हप्ताको २८ घन्टा काम गर्न छुट दिने गरेको छ तर नेपालका कन्सल्टेन्सीले स्कुलले काम खोजिदिने र पूरा समय काम गर्न पाइने परामर्श दिँदै आएको विद्यार्थीको गुनासो छ।
विद्यार्थी भिसामा जापान आउने अधिकांश नेपालीको भविष्य अन्योलग्रस्त रहेको फुकुवामा रहेका सविन आचार्यले सुनाए। ‘पढ्ने बहानामा कमाउने सोचले नेपाली विद्यार्थी यहाँ आउने गरे पनि जापानी भाषा पढाउने स्कुलको गैरजिम्मेवारी र नेपालको कन्सल्टेन्सीका ‘दलाली' सोचले विद्यार्थीको भविष्य अन्धकार भएको छ,' उनले भने। हप्ताको २८ घन्टा स्कुल स्वयंले काम खोजिदिने आसमा नेपाली जापान हामफाले पनि यथार्थमा महिनौँसम्म काम नपाउने समस्या रहेको उनले सुनाए।
केही समयअघि बागबजारको ओ हायो ल्याङ्ग्वेज एन्ड कन्सल्टेन्सी र कोकोरो जापानिज ल्याङ्वेज स्कुलबाट जापानको किउसिउ ल्याङ्ग्गुज एकेडेमी स्कुलमा आएका नेपालीलाई एक महिनाभित्र जागिर पक्का गरिदिने भनिए पनि ४ महिनासम्म काम नलगाई जापान बसाइ ‘निल्नु न ओकल्नु’ पारेको अर्का विद्यार्थी रविन शर्माले बताए।
‘घरबाट पैसा मगाउने कुरा छोड्नुस्, बाउआमा छोराले कैले पैसा पठाउला भन्दै बसिरहेका छन्, आफ्नो यहाँ बिजोक छ,' उनले भने। चाइनिज, भियतनामी विद्यार्थीलाई जापान आएको केही दिनमै काममा लगाइदिए पनि नेपालीलाई कलेजले चार महिनासम्म वास्ता नगरेको उनले सुनाए।
हाकातामा रहेको किउसिउ फरेन ल्याङ्ग्वेज नामको जापानिज भाषाको स्कुलका नेपाली विद्यार्थीको पनि अवस्था दयनीय रहेको विद्यार्थी उमेश थापा बताउँछन्। फुकुओकामा निकै चर्चित निसिनिहोन गाक्को (स्कुल) ले भने केही सहज रुपमा काम लगाइदिने गरे पनि अहिले नेपाली विद्यार्थीलाई कुनै मतलब नगर्ने उनले सुनाए।
‘हाकातामा रहेको हिगासी आजिया जापानिज स्कुलका विद्यार्थी झन् आपतमा छन्,' उमेश भन्छन्, ‘स्कुलको लापरबाहीले नेपालीलाई कामलगाइदिनु त परै जाओस्, बिजुलीको बिलसमेत तिरेको छैन। एउटा कामले पुग्दैन धेरै काम गर्योक भने धेरै काम गरेको भन्दै गैरकानुनी भयो भन्दै भिसा रद्द हुन्छ।'
अर्का विद्यार्थी दीपक गौतम नेपालमै कन्सल्टेन्सीले भ्रम छरेर जापान पठाउँदा समस्या भएको बताउँछन्। ‘विद्यार्थीले जापानमा सुरुका केही वर्ष कठिन समय बिताउनुपर्छ,' उनले भने। भाषा पढेर टिक्न सकिए मात्र भविष्य राम्रो हुने उनी बताउँछन्।
यसरी अलपत्र विद्यार्थी अहिले शरणार्थी भिसाका लागि निवेदन दिन थालेका छन्। शिक्षा मन्त्रालय, छात्रवृत्ति शाखाका अनुसार जापान पढ्न जान ‘नो अब्जेक्सन लेटर' लिने विद्यार्थीको संख्या २०७१ वैशाखदेखि माघसम्म ७ हजार पुगिसकेको छ।
जापान पुगेर त्यहाँको स्कुलमा २ वर्ष भाषा पढेपछि मात्र विद्यार्थीले विश्वविद्यालयमा विषय छनोट गरेर अध्ययन गर्न पाउँछन्। जापानी भाषाको दक्षता भएपछि मात्र काम र पढाइ अघि बढ्छ तर नेपालबाट जाँदा नै भाषा र दक्षता नहुँदा विद्यार्थीलाई समस्या हुने गरेको ओम्स अबोर्ड कन्सल्टेन्सीका सञ्चालक ओम उपाध्यायले बताए।
‘पढ्नका लागि त जापान सही गन्तव्य नै होइन, कमाउन पाइन्छ भन्दै पठाउने र जाने क्रम बढेकाले समस्या पनि बढेको छ,' उनले भने।
जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराईले विद्यार्थी भिसामा आउनेले कामको कुरा गर्दा समस्या भएको बताए। ‘खासमा विद्यार्थी काम गर्न आएका हुन् या पढ्न, पहिले नेपालबाटै बु‰नुपर्छ,' उनले भने।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस