२२ सय पदमा साढे ५ लाख आवेदन, किन बढ्यो सरकारी जागिरको आकर्षण?
२२ फागुन २०७१
•
९ मिनेट पाठ
२२ सय पदमा साढे ५ लाख आवेदन, किन बढ्यो सरकारी जागिरको आकर्षण?
काठमाडौं– वर्षेनी सरकारी संयन्त्रप्रति सर्वसाधारणको विश्वास गिर्दो छ। अभिभावक आफ्ना बच्चालाई सरकारी स्कूलमा पढाउन चाहँदैनन्। बिरामी पर्दा सरकारी अस्पताल पहिलो रोजाइमा पर्न छोडेका छन्। तर अनमानगर स्थित लोकसेवा कार्यालय पुग्नुभयो भने देख्नुहुनेछ- एउटा लामो लाइन। सरकारी जागिरका आकांक्षीहरु त्यहाँ परीक्षा फारम लिन/बुझाउन कुरिरहेका भेटिन्छन्। सरकारका अन्य संयन्त्रभन्दा ठिक विपरित लोकसेवाप्रति सर्वसाधारणको विश्वास उच्च छ, सरकारी जागिरप्रतिको आकर्षण बढ्दो छ।आयोगले वर्षभरी विभिन्न पदमा दरखास्त आह्वान गर्दा फारम भर्नेको संख्या मात्रै पनि उल्लेखनीय हुने गरेको छ। आर्थिक वर्ष ०७०/७१ मा विभिन्न पदमा ५ लाख ६० हजारले फारम भरेका छन्। यो संख्या अहिले मुलुकभरि भएका निजामती कर्मचारीभन्दा ७ गुना बढी हो। देशभरि करिब ७३ हजार निजामती कर्मचारी रहेका छन्।

आयोगको तथ्यांकअनुसार एक वर्षमा करिब चार लाख ६४ हजार २ सय ११ हजारले फारम भर्छन्।

यसरी बढ्दैछ आकर्षण


psc

०४८ साल अगाडि नेपालमा एक लाख ६ सय ३२ निजामती कर्मचारी थिए। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित प्रशासन सुधार आयोगले निमाजती कर्मचारीको संख्या ७७ हजारमा झार्न सुझाव दिएको थियो। सो व्यवस्थाअनुसार अहिले एक वर्षमा पिउनदेखि सचिवसम्म २२ सय ५० कर्मचारीले अवकास पाउँछन्। आयोगले त्यही रिक्त स्थानमा पदपूर्तिको काम गर्दै आएको छ। पाँच वर्ष अघिसम्म पनि वर्षमा २२ सय ५० पदका लागि ७० हजार हारहारी दरखास्त पर्ने गर्थे। (टेबल हेर्नोस्) अहिले अवस्था भिन्न छ। पद त्यति नै हुन् तर सरकार जागिरका आकांक्षी ५ लाख ६० हजार पुगेका छन्। बढ्दो शैक्षिक बेरोजगारीले पनि लोकसेवाप्रति  तथ्यांक यसबाट पनि पुष्टि हुन सक्छ ।

फारम भरेरै करिब १४ करोड कमाइ


आयोगका पाँच वटा क्षेत्रीय कार्यलय र दश वटा अञ्चल कार्यलयमार्फत फारम बुझ्ने गरेको छ। गत आर्थिक वर्षमा आयोगले दरखास्त फारममाफर्त १३ करोड ७८ लाख ३ सय ८६ रुयैयाँ राजश्व संकलन गरेको छ। जुन रकम सरकारले आयोगलाई विनियोजन गरेको बजेटको झण्डै आधा हो। सरकारले आर्थिक वर्ष ०७०/०७१ मा आयोगलाई ३० करोड ५५ लाख ७७ हजार बजेट विनियोजन गरेको छ।

आयोगले न्युनतम एक सयदेखि १ हजार २ सय ५० सम्म शुल्क लिने गरेको छ। कार्यलय सहयोगीको फारम भर्दा एक सय रुपैंया शुल्क लिने आयोगले राजपत्र प्रथम श्रेणी एघारौं र बाह्रौं तहको फारम भर्दा एक हजार २ सय ५० शुल्क लिने गरेको छ।

आयोगले ०६७ असोज १४ गतेबाट परीक्षा शुल्कमा बृद्धि गरेको थियो। यसअघि एक सयदेखि एक हजारसम्म फारम शुल्क लिने गरेको थियो। प्रारम्भिक परीक्षा फारम बुझाउँदा नै सबै शुल्क बुझाउनु पर्ने नियम सोही वर्षदेखि लागू भएपछि आयोगको राजस्व बढेको हो।

यसैगरी आयोगले संयुक्त परीक्षा (खुला, महिला, दलित, जनजाति, आरक्षण) का लागि थप दुई सय रुपैंया लिने गरेको छ। निर्धारित समयभित्र फारम भर्न नभ्याएकालाई आयोगले डवल दस्तुर तिरेर एकसाताको थप म्याद दिन्छ। डवर दस्तुर तिरेर फारम भर्नेको संख्या पनि उल्लेखनीय हुने गर्छ।

विभिन्न कामको लागि दक्ष तथा विज्ञलाई दिइने पारिश्रमिक वृद्धि भएको र परीक्षा सञ्चालन सम्बन्धी खर्च पनि बृद्धि भएकाले परीक्षा शुल्क रकम वृद्धि गर्नु परेको आयोगको भनाइ छ।

सरकारी जागिरका आकांक्षी बढ्नुका पाँच कारण


१. निष्पक्ष परीक्षा, अकर्षक सेवा सुविधा


लोकसेवाले लिने निष्पक्ष परीक्षा पद्धति र सरकारी जागिरमा प्राप्त हुने सेवा सुविधा आकर्षण बढ्नुको मुख्य कारण हो। हाल नेपालको मूद्रास्फिति वा महँगी दर ८ देखि ९ प्रतिशतको हाराहारीमा छ। सरकारी जागिरेको पारिश्रमिक महँगीको वृद्धि दरलाई पूर्ति गर्ने गरी वार्षिक रुपमा समायोजन वा वृद्धि गर्ने गरिन्छ। निजी क्षेत्रका जागिरमा यस्तो व्यवस्थाको कुनै ग्यारेन्टी रहँदैन। सबै व्यक्तिगत तजबिजमा भरपर्छ। सत्ता र शक्ति कारोबारभन्दा टाढै रहेको ठूलो तप्कालाई लोकसेवाको तटस्थ छनौट प्रणाली आकर्षणको अर्को मुख्य पक्ष हो।

२. जागिरको स्थायित्व


लोकसेवाबाट आयोगबाट छनोट भई जागिरमा प्रवेश गरेपछि राज्यको ऐन कानूनविपरीत ठहरिने र जागिरबाटै हटाउनु पर्नेसम्मको गैरकानूनी कार्य नगरेसम्म कसैले जागिरबाट हटाउन सक्दैन। सरकारी जागिर राज्यको ऐन कानूनको मातहतमा हुन्छ र यसमा व्यक्तिगत तजबिजीको प्रयोग गरी निजी क्षेत्रमा झैं कसैलाई 'हायर एण्ड फायर' गर्न सकिन्न। रोजगारीको सुनिश्चिताका कारण ढुक्क भएर अवधिभर जागिर गर्न सकिन्छ।

३. सामाजिक प्रतिष्ठा


नेपाली समाजमा अझै पनि सरकारी सेवा रहेकाहरुलाई विशेष प्रतिष्ठा छ। निजी क्षेत्रको जागिरमा रहनेहरुले प्राप्त गर्ने तलब स्केल रोजगारदाता र रोजगारी गर्ने व्यक्तिको आपसी सहमतिमा निर्धारण गरिने हुँदा समाजले उसको मासिक पारिश्रमिक बारे थाहा पाउँदैन। सरकारी सेवामा रहेकाहरुको मासिक पारिश्रमिक पद तथा तहअनुसार सबैलाई समान हुने भएकोले समाजले जानकारी राख्छ। अर्कोतर्फ सरकारी सेवाका व्यक्तिहरु विशेष गरी सरकारी नियामकको रुपमा काम गर्ने भएकोले समाजले उनीहरुलाई शक्तिसम्पन्न ठान्छ। नेपालका कतिपय ठाउँहरुमा विवाहका लागि वर–बधु छनोट गर्दा पनि सरकारी सेवामा रहेकालाई विशेष प्राथमिकता दिइने गरेको छ।

४. निजी क्षेत्रभन्दा अब्बल


हरेकजसो विषयमा तुलना नै गर्ने हो भने पनि निजी सेवा भन्दा सरकारी सेवा नै अब्बल देखिन्छ। सरकारी सेवामा कार्यरत कर्मचारीको व्यक्तित्व विकास, थप अध्ययन, तालिम, भ्रमणलगायत हरेक विषयमा सरकारी कर्मचारीको राम्रो सुविधा छ। त्यस्तै समाजिक सुरक्षाका विषयहरु जस्तैः पेन्सन, उपदान, भत्ता, विदाजस्ता विषयमा सरकारी सेवामा रहनेहरुलाई बढी सुविधा छ।

५. समावेशी


सरकारी जागिरका आकांक्षी बढ्नुमा अर्को कारण समावेशी व्यवस्था पनि हो। निजी क्षेत्रको जागिरमा रोजगारदाताको व्यक्तिगत तजबिजीको आधारमा जात, रङ्ग, लिङ्ग, क्षेत्रीयता, रुपका आधारमा कस्तालाई रोजगारीमा राख्ने भन्ने विषयको तय हुन सक्छ। तर सरकारी सेवामा समावेशी प्रणाली लागू छ। महिला, जनजाति, पिछडिएको क्षेत्र, दलित, अल्पसङ्ख्यक लगायतलाई आरक्षण छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस