ऐनविपरीत महानगरद्वारा कर छुट
२५ फागुन २०७१
•
६ मिनेट पाठ
ऐनविपरीत महानगरद्वारा कर छुट
काठमाडौं- स्थानीय निकायले घरजग्गा कर छुट नदिने व्यवस्था भएपनि काठमाडौं महानगरपालिकाले मनपरी ढंगले छुट दिने गरेको छ। स्थानीय स्वायत्त शासन ऐनले छुट दिने अधिकार नदिए पनि महानगरपालिकाले मनपरी छुट दिने गरेको पाइएको हो।महानगरपालिकाले सिफारिस गर्ने अधिकार छ तर सामाखुसीमा रहेको आत्मज्ञान प्रचारलाई आफैं पत्र काटेर छुट दिएको खुलेको छ। संस्था गैर नाफामूलक भएकाले छुट दिएको हुनसक्ने महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले बताए। 'कर छुट हुन सक्ने स्थानीय ऐनमा उल्लेख भएर दिएको होला,' उनले भने, 'अरु कुरा बुझ्न फाइल हेर्नुपर्छ।' तर घरजग्गा कर ऐन २०१९ को दफा १० ले यस्तो छुट नेपाल सरकारले मात्र दिन सक्ने व्यवस्था गरेको छ।




सो संस्था गैरनाफामूलक रहे वा नरहेको पनि कागजात महानगरपालिकासँग नरहेको स्रोतको दाबी छ। यसबाहेक कयौं अन्य क्षेत्रमा पनि महानगरपालिकाले मानोमानी ढंगले कर छुट दिएको स्रोतको दाबी छ। महानगरपालिकाले आत्मज्ञान प्रचार संघलाई २०६८ कात्तिक १३ गते लेखेको पत्रको नक्कल नागरिकसँग सुरक्षित छ।

स्रोतका कुरामा सहमति जनाउँदै पोखरेलले पनि केही संस्थालाई घरजग्गा कर छुट दिएको स्विकारे। तर फाइल अहिले महानगरपालिकासँग नरहेको उनले बताए। 'महानगरपालिकाकै राजस्व महाशाखासँग फाइल कहाँ छ थाहा छैन,' उनले भने, 'फाइल हेर्न पाए केही हुन्थ्यो। अन्यथा अरु बोल्न गाह्रो छ।'

'संस्थाको नाममा वडा २९ मा रहेको १ सय ४५ कित्तामा बनेका घरटहराको घरजग्गा कर छुट पाऊँ भनी दिएको निवेदनअनुसार कर छुट गरिएको' पत्रमा उल्लेख छ। उक्त संस्था धार्मिक संस्था रहेकाले वार्षिक रुपमा कर छुट दिने निर्णय भएको पत्रमा उल्लेख छ। 'तर केका आधारमा छुट दियो' भन्ने कागजपत्र महानगरपालिकासँग नरहेको स्रोतको दाबी छ। 'सरकारले नगरपालिकालाई घरजग्गा कर उठाउने जिम्मेवारी दिए पनि छुट प्रदान गर्ने अधिकार दिएको छैन,' स्रोतले भन्यो। प्रवक्ता पोखरेलले भने कागज रहेको बताए पनि राजस्व क्षेत्रका कर्मचारीले कागजात नरहेको दाबी गरे।

'महानगरपालिकाबाट यस्ता कयौं क्षेत्रमा अवैधानिक रुपमा छुट दिइएको छ,' राजस्व स्रोतले भन्यो, 'कतिपय संस्थाको विवरणसमेत गायब पारी कर छुट दिएको निवेदन दिइएको छ। जसमध्ये यो पनि एक हो।' स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार नेपाल सरकार, वैदेशिक कूटनीतिक नियोग वा एजेन्सी तथा लाभको उद्देश्य नराखी सञ्चालन हुने संघसंस्थालाई नगरपालिकाले सेवा उपलब्ध गराएबापत लाग्ने सेवा शुल्कबाहेक अन्य कर दस्तुर, शुल्क, महसुल लगाउन नपाउने व्यवस्था छ। तर स्थानीय स्वायत्त शासनले छुट दिने व्यवस्थाबारे खुलाएको छैन।

त्यसैगरी घरजग्गा कर ऐन २०१९ अनुसार सहरी क्षेत्रको घरजग्गा भत्की बिग्री बस्न नहुने भए नेपाल सरकारले त्यस्तो घरमा प्रचलित ऐनअनुसार लाग्ने घरजग्गा करको केही भाग वा पूरा माफी दिन सक्ने व्यवस्था गरेको छ। सोही ऐनले औषधालय, देवालय, पाटीपौवा, परोपकार, धार्मिक लगायत केही भाग वा पूरा माफी नेपाल सरकारले गर्न सक्ने व्यवस्था छ। 'यसैले महानगरपालिकाले गैरनाफामूलक वा अन्य संस्थालाई कर माफी दिन चाहे स्थानीय विकास मन्त्रालयलाई सिफारिस गर्न सक्नेछ,' स्रोतले भन्यो, 'तर यहाँ यस्तो भएन।'

स्रोतका अनुसार ठमेलमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नाममा रहेको घर भत्किएको भन्दै नेपाल सरकारले करिब ८० लाख रुपैयाँ घरजग्गा कर माफी दिएको थियो। 'घलेले जग्गा कर ऐन २०१९ बमोजिम माफी पाएका थिए,' स्रोतले भन्यो, 'अब धार्मिक संस्था भन्दैमा महानगरपालिकाले ऐनविपरीत काम गरेको छ। घलेले कानुनअनुसार माफी पाए भने धार्मिक संस्थाले मनपरी रुपले माफी पायो। धार्मिक संस्थालाई पनि सिफारिस गर्नुपर्ने थियो।'

सो जग्गाको मालपोत तिर्न आएका बेला सानो कार्यालय पनि सञ्चालन भइरहेको थाहा भएपछि महानगरपालिकाले २०६५ देखि ०६९ असोजसम्मको करिब ४ करोड ३५ लाख रुपैयाँ घरजग्गा कर तिराएको थियो। 'असोजमा घर भत्कायो। उसले घरजग्गा कर ऐन २०१९ को दफा १० अनुसार छुट पाउन निवेदन दियो,' स्रोतले भन्यो, 'यसपछि महानगरपालिकाले स्थानीय विकास हुँदै मन्त्रिपरिषदले निर्णय गरेपछि घलेले छुट पाएका थिए।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस