कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा २ वटा झोला भित्र शव फेला परेको छ।
हिजो बुधबार र आज २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरु काटेर फालेको अवस्थामा भेटिएको हो। दुवै झोलामा भेटिएको शरीरको भागहरु एउटै व्यक्तिको हुनसक्ने प्रहरीको अनुमान छ। शवलाई पोष्टमार्टमको लागि पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले भने,‘आज पनि झोलामा शरीरको भागहरु भेटिएको छ, थप अनुसन्धान हुदैछ।’
हिजो बुधबार करिब ४ बजेतिर दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिएपछि जेब्रा झोलामा टाउको र एउटा खुट्टा मात्र फेला परेको थियो। प्रहरीमा खबर पुगेपछि संघीय प्रहरी इकाई र ईलाका प्रहरी कार्यालय धरानको टोली जंगलमा सर्च गर्दा थप अर्को जेब्रा झोलामा शरीरका अन्य भागहरु पनि फेला परेको संघीय प्रहरीका एसपी भीम दाहालले जानकारी दिए।
एसपी दाहालका अनुसार बुधबार शव भेटिएको ठाउँदेखि करिब एक किलोमिटर उत्ततरर्फ आज बिहान अर्को जेब्रा झोलाभित्र शरीरका अन्य भागहरु भेटिएको छ। उक्त शव हिजोको टाउको र एउटा खुट्टा मात्र भेटिएको शवको बाँकी अंगहरु भएको पनि उनले बताए। उक्त शव हत्या गरेर नै लुकाउने वा डिस्पोज गर्ने उद्देश्यले त्यसरी फालिएको उनको भनाई छ। एसपी दाहालले भने,‘यो हिजोकै शवको बडी पार्ट हो। टाउको, खुट्टा, बडी पार्टलाई छुट्टै राखेर लुकाउने, डिस्पोज गर्ने हिसाबले ठाउँ ठाउँमा राखेको देखिन्छ। यो हत्या गरेकै हो।’