जाजरकोट–जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने चार जना गंभिर घाइते भएका छन्। मंगलबार बेलुका छेडा थलह सडक खण्डको बालुबजारमा ना ४ त ४८४६ नक्बरको ट्याक्टर जुगाथापाचौर ९ को झ्यारझ्यारे खोलामा सडक देखि ५० मिटर तल खस्दा झाप्रा २ की १३ वर्षीय बालिका सुनिता बादीको ज्यान गएको छ।
घटनामा परी चालक झाप्रा ६ का सन्तोष महर, झाप्रा ६ का १६ वर्षे वीरेन्द्रबहादुर बादी, १३ वर्षे कृष्ण बादी, २२ वर्षे सहचालक टेकबहादुर बादी गम्भीर घाइते भएका हुन्। घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक प्रर्शुराम मल्लले बताए।
घाइतेहरुको अवस्था गम्भीर रहेको मल्लले जानकारी दिए। सल्लीबजारबाट सामान लिएर थलह जादै गरेको ट्याक्टर अत्याधिक लोडका कारण कच्ची सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।