काठमाडौं–काठमाडौं महानगरपालिकाको फोहोर बोकेर नुवाकोटको ओखर पौवा जाँदै गरेको बा१ख ९७२६ नम्बरको ट्रकले एक बालकलाई ठक्कर दिएपछि आक्रोशित स्थानीय सो ट्रकसहित महानगरपालिकाका अन्य चार गाडीमा आगजनी गरेका छन्।
राजधानीबाट फोहोर लिएर नुवाकोटस्थित ल्याण्डफिल साइट गइरहेको उक्त ट्रकले तीन वर्षीय बालकलाइ बालकलाई कोल्पु स्वास्थ्य चौकी नजिकै ठक्कर दिएको थियो। ठक्कर दिएपछि बालकको मृत्यु भएको छ। बालककाे मृत्यु भएपछि आक्रोशित स्थानीयले फोहोर व्यवस्थापमा खटिएका अन्य चार गाडीमाथि आगजनी गरेका छन्। दुई वटा डोजर, एउटा लोडर र अर्को माटो बोक्ने सवारी साधनमा आगजनी गरेको महानगरपालिकाले जनाएको छ।
महागनरपालिको निजी क्षेत्रको फोहोर बोक्ने उक्त ट्रकले बालकलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले ल्याण्डफिस साइडको महानगरपालिकाको कार्यलयमासमेत तोडफोड गरेको महानगरपालिका वातावरण विभागका प्रशासनिक प्रमुख हरि कुँवरले नागरिकन्युजलाई बताए। साे क्षेत्र अहिले तनावग्रस्त रहेकाे महानागरपालिकाले जनाएकाे छ।