गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्कीवास–त्रिवेणी सडक खण्ड खुलेपछि गण्डकी प्रदेशको आर्थिक विकासको ढोका खुल्ने बताएका छन्।
गृहजिल्ला नवलपुर पुगेका उनले शुक्रबार दुम्कीवास–त्रिवेणी सडक खण्डको अवलोकनपछि विकासमा सहज हुने बताए। ‘दुम्कीवास–त्रिवेणी सडक खण्ड अब चाँडै खुल्छ, त्यसपछि नवलपुरको मात्र होईन, समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खुल्छ,’ उनले भने। उनले प्रदेश सरकार स्थापनालगत्तैदेखि यो सडकखण्ड बनाउने प्रयास गरेपनि अहिले आएर बल्ल प्रक्रिया अघि बढेको बताए।
मुख्यमन्त्री पोखरेलले दुम्कीबास–त्रिवेणी सडक खण्ड चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर जाने भएकाले युनेस्कोले पनि चाँडै यसको निकास दिने विश्वास व्यक्त गरे। गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्रमा पर्छ। चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले उक्त क्षेत्र भएर बाटो लैजान युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ।
मुख्यमन्त्री पोखरेलले दुम्कीवास–त्रिवेणी सडक खण्ड निर्माणका लागि बजेटको अभाव हुन नदिने बताए। ‘प्रदेशले पनि यसका लागि बजेटको प्रबन्ध गर्छ, संघ सरकारले पनि यसका लागि पर्याप्त दिन्छु भनेको छ, तपाईंहरु अब ढुक्क हुनुहोस बाटो निर्माणका लागि बजेट अभाव हुँदैन,’ उनले भने। उनले वन क्षेत्र भएर बाटो लैजान युनेस्कोले अनुमति नदिए सुरुङ मार्ग वा फ्लाई ओभरको विकल्प अपनाउन सकिने बताए। तर त्यसको टुंगो अध्ययनपछि लाग्ने उनको भनाई छ।
सडकखण्डको अवलोकनपछि आयोजित कार्यक्रममा विनय त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीले सो सडक खण्ड निर्माणको काम अब चाँडै शुरु हुनेमा आशावादी भएको बताए उनले सो सडकखण्ड निर्माणसँगै त्रिवेणी क्षेत्रका पालिकाका २ वडाका बासिन्दा प्रदेश लुम्विनी प्रदेश हुँदै पालिका केन्द्रमा आउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे।