काठमाडौं- अपारदर्शिता र अनियमितताका कारण विवादित बनेको 'बहुसरोकारवाला वन कार्यक्रम' (एमएसएफपी) को समयावधि लम्ब्याएर दाताबाट १० अर्ब रुपैयाँ झार्न वन मन्त्रालयले फेरि नयाँ संस्था जन्माउने तयारी गरेको छ।वन मन्त्रालयले यो कार्यक्रमलाई दोस्रो चरणमा विस्तार गर्न दाताको सर्तअनुसार सन् २०१६ जुलाईभित्र 'नेसनल फरेस्ट इन्टिटी' नामक नया" निकाय स्थापना गर्ने तयारी अघि बढाएको हो। सरोकारवाला विज्ञले भने नयाँ संस्था स्थापना 'सरकारका लागि बोझ मात्र हुने' भन्दै आलोचना गरेका छन्। यो निकाय पनि वनअन्तर्गतका वन पैदावर विकास समिति, टिम्बर कर्पोरेसनजस्तै असफल हुने र राज्यमाथि आर्थिक बोझ थपिने उनीहरूको दाबी छ।
'यो पूर्ण रूपले गलत अवधारणा हो। संरचना थपेर मात्र वनको संरक्षण हुँदैन,' वनविज्ञ श्यामप्रसाद शर्माले भने, 'विगतका सबै संरचना असफल भइरहेका बेला संस्था थप्नु राज्यलाई आर्थिक बोझ थप्नु नै हो।' उनले परियोजना हु"दासम्म जेनतेन चल्ने यस्ता संस्था परियोजना सकिएपछि सरकारका लागि बोझ बन्ने तर्क गरे।
बेलायती सहयोग नियोग (डिफिड), फिनल्यान्ड र स्विस विकास सहयोग नियोगले १६ अर्बमध्ये दोस्रो चरणका लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग लिन 'नेसनल फरेस्ट इन्टिटी' जस्तो संस्था स्थापना गर्नुपर्ने सर्तमा सरकारी अधिकारीलाई राजी गराएका थिए। पहिलो चरण नै विवादित बनेको अवस्थामा दाताहरूबाट १० अर्ब झार्न नयाँ निकाय बनाउनुले अर्को अनियमिततालाई जन्म दिने विज्ञहरूको टिप्पणी छ।
पहिलो चरण कार्यक्रममा अनियमितता आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि चासो दिइरहेको छ। अख्तियारले कार्यक्रममा भएका तालिम खर्च, नवीनतम कोष कार्यक्रम र संस्था छनोटमा अपारदर्शिता र अनियमिता भएको आशंकामा वन मन्त्रालयस"ग जानकारी र खर्च विवरण मागेको थियो। दुई वर्षअघि ६ वटा संस्था छनोट गर्दा कार्यक्रमसम्बद्ध व्यक्तिले प्रत्येक संस्थाबाट १०/१० लाख रुपैयाँ कमिसन लिएको उजुरी अख्तियारमा परेको थियो। यसैका आधारमा अख्तियारले पुस १६ गते मात्र एसएसयुका प्रमुख रामु सुवेदीसहित अधिकारीसँग यसबारे चार घन्टा बयान लिएको थियो।
पहिलो बयानपछि आयोजना सञ्चालन गर्दै आएका सबै संस्थाको काम र प्रभावकारिता स्थलगत अध्ययन गर्ने टुंगोमा अख्तियार पुगेको थियो।
०६८ मा सुरु भएको एमएसएफपी वन मन्त्रालयअन्तर्गतको सबैभन्दा ठूलो परियोजना हो। १६ अर्ब बजेटको यस कार्यक्रमको पहिलो चरणमा ६ अर्ब र दोस्रो चरणमा १० अर्ब रुपैयाँ खर्च गर्ने लथ्य छ। अहिले पहिलो चरणका कार्यक्रम सञ्चालन भइरहेका छन्।
वन क्षेत्रलाई नीतिगत सहयोग गर्ने, समावेशीमार्फत गरिब र पिछडिएका वर्गको जीवनस्तर उकास्ने, जलवायु परिवर्तनका जोखिममा परेका घरपरिवार र समुदायको उत्थान र दिगो तथा वैज्ञानिक वन व्यवस्थापनलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
वन, वातावरण श्रमिक संघका अध्यक्ष योगेन्द्रविजय दाहाल यो तयारीलाई 'विदेशीले पैसा दिन्छु भनेपछि जुनसुकै विषयमा हस्ताक्षर गर्ने नेपाली रोगको परिणाम' भनी टिप्पणी गर्छन्। '६ अर्ब रुपैयाँ आउँछ भनेपछि हत्तपत्त सम्झौतामा हस्ताक्षर गरे। यो राष्ट्रिय आवश्यकता हो कि होइन भन्ने विश्लेषण नै नगरी हत्तपत्त संरचना बनाउन थालेका छन्,' उनले भने, 'यो संस्था पनि सरकारका लागि घा"डो साबित हुनेछ।'
यसलाई निरन्तरता दिँदा टिम्बर कर्पोरेसन, वन पैदावर विकास समिति र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकै हालत दोहोरिने उनले तर्क गरे। 'यी संरचनामा पनि अमेरिकी सहयोग नियोग, विश्व बैंक, अस्ट्रेलियन सरकार र एसियाली विकास बैंकले लगानी गरेका थिए,' उनले भने, 'लगानी हुँदासम्म ती संस्था जेनतेन चले, त्यसपछि सरकारलाई आर्थिक भार थप्ने काम मात्र भएका छन्।'
टिसिएन कर्मचारी कटौतीपछि बल्ल घाटा पूर्ति गर्दैछ भने जडीबुटी अहिले पनि वार्षिक ५ करोड रुपैयाँ घाटामा छ। 'सरकारको घा"टीमा अड्किएको हाड साबित भएका छन् यी संरचना,' उनले भने, 'न निल्नु न ओकल्नु!'
सरकारले वन क्षेत्रका लागि आउने सबै किसिमका सहयोग, अनुदान र सरकारी बजेट यही संरचनामार्फत खर्च गर्ने उद्देश्य राखेको छ। सरकारी निकायहरुले उद्देश्यअनुरुप समयमै पैसा खर्च गर्न नसकेको कारण देखाउँदै यो संस्थामार्फत 'फास्ट ट्र्याक' मा काम गर्ने उद्देश्यले यो संरचना थप्न लागिएको हो।
'तीनवटा दाताको अनुदानमा सञ्चालन भइरहेको कार्यक्रममार्फत बनाउन लागिएकाले यो संरचना पनि कुनै हालतमा सफल हँुदैन,' वन विभागका अधिकृत अमरदेव यादवले भने, 'अन्य दाताहरू यसमा पैसा जम्मा गर्न सहमत नै हँुदैनन्।' यस्तो निकायलाई 'नेसनल' शब्द जोड्न नमिल्ने उनको भनाइ छ।
उनका अनुसार एमएसएफपी सुरु गर्नुपूर्व ०६८ मा नै दाताहरूले यो संरचना बनाउनुपर्ने सर्त राखेका थिए। वनप्राविधिकहरुले कालोपट्टी लगाएर वन मन्त्रालय नै घेराउ गरेपछि सरकार पछि हटेको थियो। त्यसपछि दोस्रो चरणमा जान यस्तो संरचना बनाउनुपर्ने सर्तमा हस्ताक्षर गरियो।
'दाताहरूले आफ्नो काम देखाउन यो संस्था स्थापनाको सर्त राखेका हुन्,' यादवले भने, 'सम्बद्ध अधिकारीले सोचविचार नगरी सम्झौतामा हस्ताक्षर गरे।'
राष्ट्रिय जनवकालत मञ्चले बिहीबार आयोजना गरेको मस्यौदामाथिको छलफलमा वनविज्ञ शर्माले ठूलो संरचना बनाएर मात्र समस्या समाधान नहुने बताए। 'उद्देश्य एउटै भए पनि विभिन्न राजनीतिक दलको आस्थाका आधारमा गैरसरकारी संघसंस्था खुलेका छन्। यसले पनि कुनै एउटा धारलाई समातेर काम गर्न थाल्छ, स्वार्थ बाझिन्छ र असफल हुन्छ,' शर्माले विगतको अनुभवका आधारमा तर्क गरे।
मञ्चका अध्यक्ष भोला भट्टराईले एमएसएफपीको कोष परिचालन पारदर्शी नभएको विषयमा व्यापक टीकाटिप्पणी भइरहेको उल्लेख गर्दै भने, 'प्रस्तावित संरचनाको सल्लाहकार परिषद र स्टेयरिङ कमिटीले पनि त्यसैगरी पैसा बा"ड्छ कि भन्ने आशंका उब्जिएको छ।'
स्टेयरिङ कमिटीमा भएका संघसंस्थाले एमएसएफपीबाट विभिन्न फन्डका आधारमा मनलागी पैसा लिइरहेको र आफ्ना कार्यक्रमको आफैं अनुगमन र मूल्यांकन गरिरहेको उनले बताए। 'नया" जन्मिने संस्थामा पनि यस्तै हुने हो कि भन्ने सबैको चिन्ता छ,' भट्टराईले वन मन्त्रालयले उपलब्ध गराएको प्रस्तावित संरचना मस्यौदाबारे कार्यपत्र प्रस्तुत गर्दै भनेका थिए।
मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले संस्था बन्ने/नबन्नेबारे निर्णय भइनसकेको बताए। 'यसको खाका र ढा"चामा गृहकार्य भइरहेको छ,' उनले भने।
संरचना मस्यौदा प्रस्ताव गर्ने जिम्मा पाएको संस्था इटिएले तीनवटा ढाँचा प्रस्ताव गरेको छ। प्राथमिकतामा राखेर छलफल थालिएको पहिलो ढाँचाअन्तर्गत केन्द्रमा वनमन्त्रीको अध्यक्षतामा सल्लाहकार परिषद, वन सचिवको अध्यक्षतामा स्टेयरिङ कमिटी, कार्यकारी निर्देशकको नेतृत्वमा प्रशासन तथा व्यवस्थापन युनिट रहने प्रस्ताव छ।
त्यहीअनुसार क्षेत्रीय, जिल्ला र गाविस स्तरको निकायसमेत गठन गरिने व्यवस्था मस्यौदामा गरिएको छ।
मस्यौदा छलफलमा उपस्थित वनविभागका पूर्वमहानिर्देशक गोपालकुमार श्रेष्ठले मस्यौदामा उल्लेख परिषद र समिति संख्या नै यसको असफलताको संकेत भएको टिप्पणी गरे। 'यति धेरै सदस्य राखेर कुनै पनि काम अघि बढ्न सक्दैन,' उनले भने। प्रस्तावित मस्यौदाअनुसार यस्तो निकायमा भएभरका सबै मन्त्रालयका सचिव, उपसचिवसहित सरोकारवाला प्राय सबै निकायलाई प्रतिनिधित्व गराइएको छ।
इटिएले एमएसएफपीको करिब ३० लाख रुपैयाँमा यो मस्यौदा तयार गरेको हो। यसले नयाँ संचरनाको नाम 'बहुसरोकारवाला वन विकास समिति नेपाल' प्रस्ताव गरेको छ। यो मस्यौदा पहिलोपटक एमएसएफपीको माघ १६ र १७ गते पोखरामा भएको स्टेयरिङ कमिटीको बैठकमा प्रस्तुत गरिएको थियो।