महेन्द्र क्याम्पस जग्गा प्रकरण: भूमाफियाविरुद्ध धरानमा जागरण जुलुस
०८ फागुन २०७८
•
३ मिनेट पाठ
महेन्द्र क्याम्पस जग्गा प्रकरण: भूमाफियाविरुद्ध धरानमा जागरण जुलुस
भुमाफियाविरुद्ध आइतबार धरानमा निकालिएको जागरण जुलुस। तस्बिर: रोहित/नागरिक
महेन्द्र बहुमुखी क्याम्पस धरानले जग्गा खरिद गरेको चार दशकपछि मोही खडा गरेर भुमाफिया एवं जग्गा दलालहरुले करोडौं पर्ने जग्गा हडप्न खोजेपछि धरानमा सडक प्रर्दशन भएको छ।  




क्याम्पसको जग्गा बचाउ समितिको आह्वानमा आइतबार भुमाफियाविद्धरु जागरण जुलुस भएको हो। जुलुसमा क्याम्पसका शिक्षक, विद्यार्थी, नागरिक अगुवाहरु, राजनीतिक दलका नेताहरु तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए। क्याम्पसको प्रांगणबाट नारासहित निस्केको जुलुस बजार परिक्रमा गर्दै भानुचोकमा पुगेर सभामा परिणत भएको थियो।  

सभालाई सम्बोधन गर्दै जग्गा बचाउ समितिका संयोजक एवं पुर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्कीले ४५ बर्षपछि तथाकथित मोही खडा गरेर क्याम्पस जग्गामा गिद्दे नजर लगाएको बताए। उक्त जग्गामा छात्रावास, शिक्षकको लागि आवास गृहलगायत संरचना बनाउने योजना भएको तर ५० फिटको बाटो बनेपछि करोडौं पर्ने जग्गा हडप्न भुमाफियाहरुले मोही खडा गरेको भन्दै धरानेहरुले असफल बनाउन आह्वान गरे। उनले भने,‘भुमाफिया र जग्गा दालहरुलाई उनीहरुको सिर निहुराउने गरि सबै धरानबासीहरु एकतावद्ध हुनुपर्छ, अरु आन्दोलनको कार्यक्रम पनि गर्दे जानेछौ।’

जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बुले क्याम्पसको जग्गा हडप्ने सपना छोड्न जग्गा दलालहरुलाई आग्रह गर्दै नमानेमा नकाब उतार्ने चेतावनी दिए। उनले क्याम्पसको जग्गा कुनै पनि हालतमा भुमाफियाको कब्जामा जान नदिने पनि बताए। ‘जग्गा बचाउन हामी जस्तोसुकै मुल्य चुकाउन पनि तयार छौ, भुमाफियाको जालो तोडिन्छ, त्यसैले अहिले नै सच्चिनुस्,’उनले भने।  

नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले सरकारी कुर्सी, पार्टीगत भुमाफिया र प्रशासनिक साँठगाठले गर्दा ४० बर्ष पछि मोही खडा गरेर भुमाफियाले क्याम्पसको जग्गा हडप्न प्रयास भइरहेको भन्दै भण्डाफोर गरिने बताए। उनले भने,‘धरानको भुमाफिया त लागे लागे, तत्कालिन जनप्रतिनिधिहरुको साँठगाँठले गर्दा नक्कली मोही खडा गरेर सिफारिश दिएपछि क्याम्पसको जग्गामा गिद्दे नजर लाग्यो। 

हामी भुमाफियाको पर्दाफास गर्न तयार छौ, कानुनी र सडक संघर्ष दुवैबाट जग्गा जोगाउन तयार छौ।’संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष अमर इजमले स्कुल, क्याम्पस, मठमन्दिरलगायतको सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास भइरहेको भन्दै धराने जनताले कुनै पनि हालतमा सफल हुन नदिने बताए।  

२०३४ सालमा साविक धरान ९ (क) हाल धरान ११ स्वास्तिक चोकमा रहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा श्यामगोविन्द श्रेष्ठबाट क्याम्पसले खरिद गरेको थियो। तत्कालिन मोही डम्बरबहादुर घिमिरेलाई चित्त बुझाएर नै उक्त जग्गा क्याम्पसले खरिद गरेको भएपनि स्रेस्ताबाट मोहीको लगतकट्टा नहुदा हाल स्रेस्तामा मोही नाम कायमै रहेपछि अहिले समस्या उब्जिएको हो।  

उक्त जग्गाको स्रेस्तामा मोही उल्लेख भएका डम्बरबहादुर घिमिरेको २०५६ सालमा मृत्यु भएको थियो भने श्रीमतिको पनि २०६४ सालमा मृत्यु भइसकेको थियो। क्याम्पसले जग्गा खरिद गर्दा मोहीहरुलाई चित्त बुझाएर नै किनबेच भएकोले उनीहरु बाचुञ्जेल कसैले पनि आफुलाई अन्याय भएको भन्दै गुनासो गर्ने वा मोही हक माग गर्दै उजुरी दिएका थिएनन्। 

उक्त जग्गामा मोही छ भन्ने कुरा क्याम्पस प्रशासनलाई पनि थाह थिएन। एक्कासी २०७५ सालमा घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले क्याम्पसको जग्गामा बुबाको नामको मोही हक आफ्नोमा नामसारी गर्न माग गर्दे भुमिसुधार तथा मालपोत कार्यालय इनरुवामा निवेदन दिएपछि मात्र मोही प्रकरण शुरु भएको हो।  

क्याम्पसको उक्त जग्गामा बनेको व्यवसायिक भवनको नक्सा पास गर्न जग्गा धनीपुर्जा बाहिरिएपछि मोही भएको रहस्य भुमाफियासम्म पुगेको थियो। त्यसपछि उनीहरुले मोहीको परिवार खोजी गरेर तीन बर्षअघि मोही हक नामसारी गर्न निवेदन दिन लगाएका थिए। भुमिसुधारले मोही हक छोराको नाममा नामसारी गरिदिने फैसला गरेको छ। यो फैसलाविरुद्ध क्याम्पस प्रशासनले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ भने पुर्वक्याम्प प्रमुख कार्कीको संयोजकत्वमा जग्गा बचाउ समिति गठन भएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३४ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस