कोहलपुर–पूर्वपश्चिम राजमार्गको कचनापुर–१ अगैयाबजार नजिक तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
सोमबार दिउँसो साँढे एक बजे भएको दुर्घटनामा दाङ घोराही नगरपालिका– ११ का २२ वर्षीय खेमराज रोकायको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। नेपालगन्जबाट दाङतर्फ जादै गरेको रा२प ५०५४ नम्बरको मोटरसाइकल अनिन्त्रित भई दुर्घटना भएको प्रहरीले जनायो।
मोटरसाइकल पछाडि सवार दाङ घोराही नगरपालिका– ११ का १८ वर्षीय सरोज चौधरी गम्भीर घाइते छन्। घाइते चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ।