हुनत धन देखेपछि महादेवका पनि तीन नेत्र खुल्छ भन्छन्। सार्वजनिक ठाउँ, होटल र अन्य कुनै ठाउँमा हराएको पैसा हत्तपत्त फिर्ता पाउन सकिन्न। भेटेको पैसा सम्वन्धित व्यक्तिलाई खोजेर फिर्ता गर्ने इमान्दारिता प्रस्तुत गर्ने जो कोहीमा हुन्न। बेनी नगरपालिका–७,बिरेन्द्रचोककी र्सिजना भट्टचनले आइतबार खाजा खाएर फर्किने बेलामा टकसरा घर्ती मगरको नगद ६० हजार, विदेशी डलर सहित करिब एक लाख र महत्वपूर्ण ब्यक्तिगत कागजात लालबहादुर थापामार्फत फिर्ता दिएर इमान्दारिताको नमुना प्रस्तुत गरेकी छन्।
धवलागिरी गाउँपालिका वडा नं ४ मुदी र वडा नं ७ ताकम ठेगाना भएको नागरिकता सहित डिजिटल बस्तु होटलमा खाजा खाएर छोडेर गएको अवस्थामा भेटाउँदा वित्तिकै सामाजिक सञ्जाल फेसबुकमा राखेर सम्बन्धित ब्यक्ति समक्ष पुर्याएको भट्टचनले बताईन्। ‘त्यो ठूलो धनराशीले मेरो मन पगाल्न सकेन, ‘हराउने मान्छेको खोजीमा लागे, आज विहानै हस्तान्तरण गरे’ उनले भनिन्।
इमान्दारिताका खडेरी लागेको बेलामा बलियो सन्देश समेत बनेको सामान बुझ्न थापाले बताए। उनले इमान्दारिताको मुल्य नहुने भन्दै उदाहरणीय र प्रसंशायोग्य कामको सधै सम्झना हुने बताए। म्याग्दीमा यसअगाडी समेत सडक र विभिन्न स्थानमा बेवारिसे भेटिएका नगद, गरगहना सहित बहुमुल्य सामान हस्तान्तरण गरेर नमुना प्रस्तुत गर्ने गरेका थिए।