टिप्पर दुर्घटना हुँदा ३ जनाको विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ। सोमबार करिब साढे ४ बजे पाटन नगरपालिका–३, ३ गुरुडामा बा३ख ४८७९ नम्बरको टिप्पर दुर्घटनामा परेको हो। दुर्घटना हुँदा पाटन नगरपालिका–३ का टिप्पर धनी ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
प्रहरीका अनुसार सोही ठाउँका १२ वर्षीय राजेशराज पन्तको उपचारका लागि डडेल्धुरा लग्दै गर्दा बाटोमै मृत्यु भएको छ। घाइते ५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइएको छ। काठ लिन गएको टिप्परमा सिगास मावि, गुरुडाका विद्यार्थीहरुबीच बाटोमा चढेका थिए।
टिप्पर मोड्ने क्रममा सडकबाट करिब १ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।