चरम गरिबीसँग जुधेर भए पनि पढाइमा अब्बल बेनी नगरपालिका–४, सिङ्गा (रादीकुलो) की सोनी थापाको अमेरिकामा बसोबास गर्ने एक दम्पत्तीले उच्च शिक्षासम्मको शैक्षिक अभिभावकत्व ग्रहण गरेका छन्।
स्थानीय धौलागिरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया थापालाई बेनपा–४, सुर्केमेला घर भई हाल अमेरिकामा बसोबास गर्ने ईन्द्र थापा, सबी थापाले घर खर्चसहित कक्षा १२ सम्मको पठनपाठनका लागि आवश्यक वार्षिक २५ हजार नगद आर्थिक सहयोग गर्दै अभिभावकत्व ग्रहण गरेका हुन्।
सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थी सोनी र उनकी आमा पूर्णकली थापामगरलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो। उच्च शिक्षासम्मका लागि नियमित सहयोगको सुनिश्चित भएकाले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काले बताए। ‘चरम गरिबीसँग जुधेर भए पनि पढाइमा अब्बल थिइन्, अब धेरै सहज भएको छ, प्राप्त सहयोगको आवश्यक निगरानी गरिनेछ’ अध्यक्ष खड्काले भने।
सम्पत्तिको नाममा एक टुक्रा जमिन समेत नभएपछि गाउँमा प्रयोगविहिन अवस्थामा रहेको पुरानो एकतले ढुङ्गाको घरमा सुकुम्बासी जीवन विताइरहेका अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले पठनपाठनमा समस्या भएपछि नागरिक दैनिक सहित विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारबाट सङ्कलित रकम समेत सोही अवसरमा सार्वजनिक गरिएको थियो। मेधावी विद्यार्थी थापाले यस वर्षको प्रथम त्रैमासिक परीक्षामा उनले ३.५ जिपिए ल्याएर पुरस्कृत भएको विद्यालयका प्रधानाध्यापक डण्डपाणी सापकोटाले बताए।
उनले विद्यालय भर्ना भएको पहिलो वर्षदेखि नै कक्षामा सधैँ प्रथम भएर आफूलाई पढाइमा अब्बल दर्जामा उभ्याउन सफल भएको अवस्थामा प्राप्त सहयोगले सहज हुने बताए। शिक्षादीक्षाका लागि थप अन्नपूर्ण गाउँपालिका–३, दाना हाल यूकेमा रहेका कृष्ण तुलाचनाबाट २० हजार, काभ्रे जिल्ला घर भई हाल अस्ट्रेलियामा रहेका अश्विन केसीले कक्षा १२ सम्मका लागि वार्षिक १५ हजार, कुहुँ तुसारेपानी घर भई हाल युके रहेका खगेन्द्र रोकाबाट १० हजार, हाम्रो नेपाल समूहले उच्च शिक्षासम्मका लागि कपडा र स्टेशनरी सामान र बरंजा धापुङका गंगाबहादुर चोचाङ्गी आठहजार पाँचसय ८० आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक खोमराज पौडेलले जानकारी दिए।
हालसम्म विद्यार्थीको खातामा ७८ हजार पाँचसय ८० रुपैयाँ नगद जम्मा भएको छ। शैक्षिक अभिभावकत्व ग्रहण गर्ने सबी थापाले गरिब तथा विपन्न परिवारका बालबालिका आर्थिक अभावका कारण विद्यालय जानबाट बञ्चित हुने अवस्था आएपछि सहयोग गरेको बताए। उनले आर्थिक अभावकै कारण अध्ययनशील र अनुशासित विद्यार्थीको पढाइमा समस्या भएमा भविष्यमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाए।
यसैबीच सोही कार्यक्रमको अवसरमा विद्यालयको कक्षा ११ मा अध्ययनरत संगीता मिजारलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले भर्ना खर्च तीनहजार सातसय रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।
नागरिककर्मी समेत रहेका गौतमले कक्षा १२ सम्म लाग्ने सम्पूर्ण खर्च ब्यक्तिगत रुपमा उपलब्ध गराउने प्रतिबद्धता स्वरुप उक्त सहयोग गरेका थिए। विद्यालयमा रहेका अन्य विपन्न बालबालिकालाई समेत आवश्यक सहयोग जुटाउन भविष्यमा हातेमालो गर्ने प्रतिबद्धता समेत जनाइएको छ।
नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।
बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।
सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।
उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।
अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...