कोशी राजमार्गको धरान–भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा २ वटा जेब्रा झोला भित्र फेला परेको शवको सनाखत भएको छ।
शव भेटिएको झण्डै एक साता पछि उक्त शवको सनाखत भएको छ। प्रहरीका अनुसार शव झापाको दमक नगरपालिका ५ का ४३ बर्षीय दिपक सिग्देलको हो। उनको हत्या गरि धरानमा ल्याएर फालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे विस्तृत जानकारी भने दिएको छैन। अनुसन्धानको क्रममा रहेको र आजै प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिने जिल्ला प्रहरी प्रमुख तथा एसपी सञ्जसिंह थापाले बताए। उनका अनुसार हत्यामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको छ। उनीहरुले वयान फेरिरहेको कारण पनि पत्रकार सम्मेलन गर्न समय लागेको एसपी थापाले बताए। ‘पक्राउ परेकाहरुले दुई तीन थरी कुरा गरिरहेको छ, तर प्रमाणले च्याप्दै लगेका छौ। आजै पत्रकार सम्मेलन हुन्छ,’उनले भने।
गएको बुधबार र बिहिबार धरान ४ को आपगाँछी क्षेत्र जंगलमा २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरु काटेर फालेको अवस्थामा भेटिएको थियो। शवको सनाखत हुन नसक्दा प्रहरीले मृतकको अनुहारको स्केचतयार गरेर सार्वजनिक समेत गरेको थियो।
बुधबार करिब ४ बजेतिर दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिएपछि जेब्रा झोलामा टाउको र एउटा खुट्टा मात्र फेला पारेको थियो।संघीय प्रहरी इकाई र ईलाका प्रहरी कार्यालय धरानको टोली जंगलमा सर्च गर्दा भोलीपल्ट बिहिबार थप अर्को जेब्रा झोलामा शरीरका अन्य भागहरु पनि फेला परेको थियो।