इलाम– ‘फलामे ढोका'को हाउगुजी बनाइएको एसएलसी परीक्षा बिहीबारदेखि देशभर सुरु भएको छ। देशभरका सबै केन्द्रहरुमा बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो। उच्च शिक्षा अध्ययन गर्नुअघि पार गर्नुपर्ने अनिवार्य खुड्किलो मानिँदै आएको एसएलसीमा देशभर गरी ५ लाख ७४ हजार ६ सय ८५ विद्यार्थी सहभागी छन्। उनीहरुले १ हजार ८ सय ६२ केन्द्रबाट अंग्रेजी विषयको परीक्षा लेख्दैछन्।

परीक्षामा प्रश्नपत्र आउट हुन नदिन र परीक्षालाई मर्यादित बनाउन यसपल्टदेखि उत्तरपुस्तिकाका अतिरिक्त प्रश्नपत्रमा पनि सिम्बोल नम्बर लेख्नेक्रम सुरु भएको छ।

‘विद्यार्थीले प्रश्नपत्र वितरण हुनेबित्तिकै दुबैमा सिम्बोल नम्बर लेखेर परीक्षा दिइरहेका छन्' इलामका जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले भने, ‘यसले एसएलसीलाई मर्यादित बनाउन महत्वपूर्ण सघाउ पुर्यािउने छ।'

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला–जिल्लामा परीक्षा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। शिक्षा सचिव अध्यक्ष रहेको एसएलसी परीक्षा बोर्डले परीक्षा अनुगमननिम्ति शिक्षा मन्त्रालय मातहतका १४ सहसचिवलाई १४ वटै जिल्लामा परिचालन गरेको छ। एसएलसी परीक्षा सुरु भएको ८२ बर्षे इतिहासमा यसपल्ट छात्राको संख्या बढी अर्थात २ लाख १३ हजार सात सय १० छ।

इलाममा ३० वटा केन्द्रबाट ६ हजार ९ सय ८२ विद्यार्थीले परीक्षा दिइरहेको जिशिअ गौतमले जानकारी दिए। त्यसमा नियमिततर्फ ३ हजार ७ सय ९३ र एक्जाम्टेडतर्फ ३ हजार एकसय ८९ जना छन्। खुल्ला र प्राबिधिकसहित सामुदायिकका ८९ र संस्थागतका ३६ विद्यालयका विद्यार्थी परीक्षामा सामेल छन्। परीक्षा चैत १६ गते सकिनेछ।

एसएलसीको पहिलो दिन बिहिबार अंग्रेजी विषयको परिक्षा दिदै नेपालगन्ज कारागारका कैदी। कारागार प्रशासनले कैदीलाई कारागारभित्रै परिक्षा दिने व्यवस्था मिलाएको हो। तस्बिर : अर्जुन ओली
जिल्ला शिक्षा कार्यालयका अनुसार बाँकेमा यसवर्षको एसएलसीमा कुल ८ हजार २ सय ३० जना परिक्षार्थी सहभागी छन्।

पोखरा गैह्रापाटनस्थित पश्चिमाञ्चल उच्चमाविबाट एसएलसी परीक्षा दिन जान थालेका नातीलाई आर्शिवाद दिएर पठाउँदै हजुरबुवा। हजुरवुबाको आर्शिवाद थापेपछि यी छात्रले आँखाबाट आसु चुहाएका थिए। धेरै विद्यार्थीले निधारमा रातो टिका लगाएर विद्यालयलबाट विदाई हुँदै गर्दा मुस्लिम समुदायका यी छात्र हजुरवुवासँग आर्शिवाद लिएर परीक्षा दिन गएका थिए। तस्बिरः सन्तोष पोखरेल

बाँकेमा ८ हजार २ सय ३० सहभागी