प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने कान्छी श्रीमती पक्राउ
१० फागुन २०७८
•
३ मिनेट पाठ
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने कान्छी श्रीमती पक्राउ
दिनेश सिग्देलको हत्यामा संलग्न उनकी कान्छी श्रीमती अनिता केसी र उनका प्रेमीलाई सार्वजनिक गर्दे प्रहरी। तस्बिरः रोहित/नागरिक
गएको बुधबार र बिहिबार धरान ४ स्थित आपगाछी जंगल क्षेत्रमा २ वटा जेब्रा झोलामा भेटिएको शव कान्छी श्रीमतीसंग विराटनगरमा बस्दै आएका ४३ वर्षीय दिनेश सिग्देलको भएको खुलेको छ।




दिनेशको योजनावद्धरुपमा कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगर ४ इक्राहीका सरोज भण्डारीले हत्या गरि शरीर टुक्राएर धरान ल्याई फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले दुवैलाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा एसपी सञ्जयसिंह थापाका अनुसार मृतक दिनेश वैदेशिक रोजगारीको क्रममा बहराइनमा थिए।

कान्छी श्रीमती अनिताको परपुरुषसँगको नाजायज सम्बन्ध थाह पाएपछि उनी १५ दिनको विदा लिएर पुष २० गते नेपाल आएका थिए। नेपाल आएको २ दिन पछि नै पुष २२ गते उनको विराटनगर ३ पिपल चोकस्थित डेरामा अनिता र सरोजले हत्या गरेको एसपी थापाले जानकारी दिए। ‘अनिताको सम्बन्ध अरुसँग भएको थाह पाएपछि दिनेशले जानकारी नदिई नेपाल आएका रहेछन्। पुष २१ गते विराटनगर आएपछि अनिता लिन गए, त्यो दिन उनीहरु होटलमै बसे,’एसपी थापाले भने,‘भोलीपल्ट २२ गते मात्र डेरा कोठमा गए। त्यहाँ साँझ अनितासँग झगडा भयो, र सरोज पनि आएर दिनेशकै गलबन्धीले कसेर मारेका थिए।’

आफूहरुको सम्बन्धमा काँडा बनेर दिनेश आएपछि अनिता र सरोजले मिलेर योजनावद्धरुपमा हत्या गरेको एसपी थापाले बताए। प्रहरीका अनुसार पुर्ख्यौली घर इलामको चुलाचुली गाउँपालिका ५ बाँझो भएका दिनेशले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए। त्यसयता उनी पुर्ख्यौली घर विरलै जाने गरेका थिए। अनिताको माइती घर भने सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर हो। दिनेश र उनको ७ बर्षीया एक छोरी छन्। विराटनगर महानगरपालिका ४ इक्राही घर भएका अनिताका प्रेमी सिटी सफारी चालक हुन्। सफारी पनि करिब एक लाख रुपैया अनिताले नै दिएर खरिद गरेको प्रहरीले जनाएको छ। सरोजको पनि श्रीमतिसँग सम्बन्ध बिग्रएकोले अनितासँग नजिकिएको प्रहरीले जनाएको छ।

एसपी थापाका अनुसार पुष २२ गते राती दिनेश मदिरा पिएर मातेका थिए। अनितासँग झगडा भएपछि सरोज पनि आएर दिनेशकै गलबन्धीले कसेर मारेका थिए। त्यसरात लाश कोठामै छोडेर उनीहरु बाहिर बसेको र भोलीपल्ट ग्रेण्डर मेशिन, जेब्रा झोला, पोलेथिन ब्याग किनेर ल्याएको पनि एसपी थापाले बताए। ‘खुकुरीको पनि सहायताले लाश काटेर २ वटा झोला हालेर साँझ ट्याम्पो भाडामा लिएर धरान हुदै भेडेटार जाने बाटोबाट फालेको र त्यसरात भेडेटार बसेर भोलीपल्ट विराटनगर फर्किएको खुलेको छ,’एसपी थापाले भने।

बहराइनको मास्क र भिजिटिङ कार्डले पहिचान

फागुन ४ गते बुधबार र ५ गते बिहिबार अलग अलग जेब्रा झोलामा पुरुषको शरीर टुक्राएर फालेको अवस्थामा धरान ४ स्थित कोशी राजमार्गअन्तर्गतको धरान भेडेटार सडक खण्डको जेठामाने गोलाइ क्षेत्रको जंगलमा शव भेटिएको थियो। प्रहरीले धेरै प्रयास गर्दा पनि मृतकको सनाखत हुन सकेको थिएन।

सनाखत नहुदा टाउको दुःखाई बनेको प्रहरीको लागि मृतकको जिन्स पाइन्टको गोजीमा भएको फेस मास्क र रिटो टुर्सको भिजिटिङ कार्ड प्रमुख क्लु बन्यो। फेस मास्कमा बहराइन जनाउ दिने बिएच लेखिएको थियो, र त्यसको आधारमा मृतक बहराइनसँग कुनै सम्बन्ध भएको अनुमान गर्दै प्रहरीले इन्टरपोलमार्फत बहराइन प्रहरीको सहयोग लिएर मृतक काम गर्ने कम्पनीसम्म सम्पर्क गर्न सक्यो। त्यसैको आधारमा दिनेश १५ दिनको विदा लिएर पुष २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनमार्फत नेपाल आएको खुलेको थियो।

उनको घरपरिवारमा प्रहरी पुगेपछि कान्छी श्रीमतीसँगै विराटनगर बस्ने गरेको र बहराइनबाट फर्केपछि घरमा नआएको जानकारी प्रहरीले पायो। त्यसपछि सोमबार कान्छी श्रीमती अनितालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रेमी सरोजसँग मिलेर हत्या गरेको पुष्टि भएको एसपी थापाले बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३४ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस