हिमपहिरोले रोकिएको टोली ५ वर्षभित्र पुरानै रोयल्टीमा चढ्न पाउने
०५ चैत्र २०७१
•
८ मिनेट पाठ
हिमपहिरोले रोकिएको टोली ५ वर्षभित्र पुरानै रोयल्टीमा चढ्न पाउने
काठमाडौं-सरकारले गत वर्ष सर्वोच्च शिखर सगरमाथा आरोहण परित्याग गरेका स्वदेशी तथा विदेशी आरोहीलाई पाँच वर्षभित्र अनुकूल दल र समयमा आरोहण गर्न दिने निर्णय गरेको छ।
गएको वैशाख ५ मा सगरमाथामा आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइते भएपछि सहकर्मीको सम्मान गर्दै आरोहीले आरोहण परित्याग गरेका थिए।त्यसबेला आरोहण परित्याग गरेका एक नेपाली र ३१ विदेशी दलका आरोहीलाई पाँच वर्षभित्र एक्लै वा पुरानै दलमा सहभागी भई आए सगरमाथा आरोहण गर्न दिने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो।
‘गत वैशाखमा सगरमाथा आरोहण परित्याग गरेका सबै आरोहीलाई उनीहरूको नयाँ दल वा पुरानै दल वा एक्लै आए पनि पाँच वर्षभित्र आरोहण गर्न दिने निर्णय भएको छ,' सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिहीबार नागरिकसँग भने।
२०७० चैतबाट २०७१ जेठ दोस्रो साताभित्र सगरमाथा आरोहण गर्ने गरी अनुमति लिएका नेपालको एक र विदेशका ३१ दलबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३२ लाख ५० हजार अमेरिकी डलर (त्यसबेलाको ३१ करोड ३९ लाख १७ हजार ५ सय रुपैयाँ) रोयल्टी उठाएको थियो।
सगरमाथा आरोहण अनुमति लिएका एक नेपाली दलमा एकजना थिए भने ३१ विदेशी दलमा ३ सय ३४ आरोही थिए। तीमध्ये २ सय ७७ पुरुष तथा ५७ महिला थिए। तिनमा ८५ अमेरिकी, ३५ बेलायती, २५ भारतीय, २३ जापानी र २२ चिनियाँ आरोही थिए।
‘पाँच वर्षभित्र रोयल्टी थपघट भए ती आरोहीले पनि रोयल्टी थपघट गर्ने पाउने गरी सगरमाथा आरोहण गर्न पाउँछन्,' पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले नागरिकसँग भने, ‘उनीहरूको गत वर्ष तिरेको रोयल्टी हामीलाई बक्यौता भयो। पाँच वर्षभित्र एक्लै आए वा समूहमा आए पनि रोयल्टीतर्फ मुलुकलाई फाइदा नै हुने छ।'
उनका अनुसार विदेशी आरोहीले विभिन्न देशका आरोही समेटिएको पुरानो दल नै पुनः एकजुट भएर आउन सम्भव नहुने भन्दै अलि लचक हुन आग्रह गरेका थिए। त्यसपछि एक्लै वा पुरानै दल वा जुन समय अनुकूल हुन्छ, त्यसैअनुसार आउने प्रस्ताव मन्त्रिपरिषद लगिएको थियो। बिहीबारको मन्त्रिपरिषदले यही प्रस्ताव अनुमोदन गरेको हो। ‘उनीहरूको आग्रकप्रति सकारात्मक हुँदै हामीले प्रस्तावलाई मन्त्रिपरिषद पठाएका थियौं,' उनले भने।
आरोहण परित्याग गरेका दलले दलले त्यसबेला आफ्ना सहकर्मी शेर्पालाई पारिश्रमिक भने दिएका थिए। एक सिजनमा एक आरोहण सहयोगीले ४ देखि ५ लाख रुपैयाँ कमाउने गर्छन्। ती सबैलाई सम्बद्ध विदेशी आरोहीले साढे दुईदेखि ३ लाख रुपैयाँ पारिश्रमिक दिएका थिए। १५ जना विदेशी आरोही रहने एउटा दलले सगरमाथा आरोहण गर्दा साढे ३ करोड रुपैयाँसम्म खर्च गर्ने गर्छ।
तत्कालीन पर्यटन मन्त्री भीम आचार्यले सगरमाथा आधारशिविर पुगेर विविध कारण आरोहण गर्न नसके वा परित्याग गर्ने दललाई आगामी पाँच वर्षभित्र जुनसुकै वर्ष आए पनि पुरानै रोयल्टीमा सगरमाथा चढ्न दिने प्रतिबद्धता जनाएका थिए। त्यसबाट पर्वतारोहण क्षेत्रमा सकारात्मक सन्देश गएको र विदेशी आरोही पनि खुसी भएर फर्केका थिए।
सरकारले बढीभन्दा बढी विदेशी पर्वतारोही आकर्षित गर्ने उद्देश्यले गत पुस १९ बाट सगरमाथा आरोहण अनुमति शुल्क (रोयल्टी) आधाभन्दा बढीले घटाएको थियो। पर्यटन विभागका अनुसार प्रत्येक विदेशी आरोहीले अब दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (करिब ११ लाख रुपैयाँ) रोयल्टी तिरे पुग्छ। यसअघि यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँहाराहारी) थियो। नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर (करिब १० लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। यसअभि १५ हजार डलर (१५ लाख रुपैयाँहाराहारी) थियो।
त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ। यसअघि १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर तिर्नुपर्थ्यो। यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ। यसअघि २० हजार र १० हजार डलर छ।
हिमपहिरोको घटनापछि सरकारले स्थायी रूपमा ‘हिमाल आरोही राहत कोष' स्थापना गर्ने निर्णय पनि गरेको थियो। पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव मधुसूदन बुर्लाकोटीको संयोजकत्वमा हिमाल आरोहणसम्बन्धमा सुझाव दिन गठित समितिले तयार पारेको प्रतिवेदनका आधारमा सरकारले उक्त निर्णय गरेको थियो।
त्यसैगरी हिमाल आरोहणक्रममा मृत्यु भएका र हराइरहेका आरोहीको सम्झना चीरस्थायी बनाउन सरकारले उपयुक्त स्थानमा ‘आरोही स्मारक' पनि निर्माण गर्ने तथा आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गर्ने निर्णय पनि भएको थियो।
सगरमाथा हिमपहिरोमा परी मृत्यु भएका  र हराइरहेका आरोहण सहयोगीका परिवारलाई १० लाख रुपैयाँको बिमा रकममा प्रस्तावित १५ लाख रुपैयाँको बिमा रकमको हुन आउने अपुग रकम आर्थिक सहायता स्वरूप उपलब्ध गराउने व्यवस्था पर्यटनले मिलाएको थियो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस