भाषा नबुझेर स्कुल छाड्छन्
०६ चैत्र २०७१
•
८ मिनेट पाठ
भाषा नबुझेर स्कुल छाड्छन्
झापा-भाषिक समस्याका कारण शिक्षक र विद्यार्थीबीच तालमेल नहुँदा जिल्लाका आादिवासी–जनजाति समुदायका बालबालिकाले बीचैमा पढाइ छाड्ने गरेको पाइएको छ।घरमा मातृभाषा मात्रै बोल्ने ती समुदायका विद्यार्थीलाई विद्यालयशिक्षाको माध्यमका रूपमा रहेको नेपाली भाषा बुझ्न कठिनाइ हुने गरेको हो। यही समस्याका कारण प्राथमिक तहमा विद्यार्थी उपस्थिति पातलिँदै गएको विद्यालयले जनाएका छन्। राजवंशी, गनगाईं, सन्थाल, मुस्लिम, किसानलगायत जातजातिको अधिक बसोबास रहेको जिल्लाका धेरै विद्यालयमा भाषिक समस्याकै कारण ‘ड्रपआउट' दर उच्च छ।  
दक्षिणी झापाको टाँघनडुब्बास्थित डिल्लीराज उमाविको कक्षा १ मा अघिल्लो वर्ष ४५ जना विद्यार्थी भर्ना भएका थिए। वार्षिक परीक्षा सकेर कक्षा २ मा भर्ना हुने बेला तीमध्ये १७ विद्यार्थी मात्रै स्कुलमा रहे। अरू लाखापाखा भए।
‘बीचैमा पढाइ छाडेर जाने नानीहरू अधिकांश मुस्लिम समुदायका रहेछन्,' उच्च माविका प्राचार्य भगदेव राजवंशी भन्छन्, ‘उनीहरू धेरैलाई नेपाली भाषा बुझ्न कठिन छ, मातृभाषामै पढाउन जनशक्ति छैन।' उनका अनुसार वर्षैभरि पढाउँदा पनि भाषाकै समस्याका कारण विद्यार्थीले पाठ बुझ्दैनन्।
जिल्लाका सामुदायिक विद्यालयका कक्षामा एक शैक्षिक सत्र मात्र होइन, हरेक वर्ष देखिने समस्या हो यो। डिल्लीराज उमाविका अनुसार चालू शैक्षिक वर्षको सुरुआतमा कक्षा १ मा १ सय १० विद्यार्थी भर्ना भएका थिए। तर, वार्षिक परीक्षा आउनै लाग्दा अहिले जम्माजम्मी ८० जना मात्रै बाँकी छन्। परीक्षा सुरु हुने बेलासम्ममा यो संख्या अझै घट्ने शिक्षक बताउँछन्। प्राथमिक तहमा ड्रपआउट दर ६० प्रतिशत हाराहारी रहेको र त्यसको प्रमुख कारण भाषिक समस्या नै भएको विद्यालयको बुझाइ छ।
मातृभाषा मात्रै बोल्ने विद्यार्थीको बाहुल्य भएको अर्को विद्यालय हो, फूलबारी उच्च मावि चकचकी। साढे चार सयभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा मातृभाषी विद्यार्थीका ४० प्रतिशत हाराहारी छन्। उनीहरूलाई पाठ बुझाउनै समस्या रहेको विद्यालय जनाउँछ। ‘दोभासे शिक्षक छैनन्', प्राचार्य गुमेश्वरप्रसाद साह भन्छन्, ‘यसले बुझाइ र सिकाइमा समस्या छ। यो प्राथमिक तहको ठूलो समस्या बनिरहेको छ।'
राजगढ–३ का सुशील राजवंशी कक्षा ४ मा पढ्छन्। तर, उनी नेपाली अक्षर राम्ररी चिन्न सक्दैनन्। लेख्न–पढ्नै गाह्रो छ। ‘छोराछोरीलाई पढ्न त पठाइएको छ,' पिता  गोकुल राजवंशी  भन्छन्, ‘तर, अझै नामसम्म लेख्न जान्दैनन्।'
लोपोन्मुख किसान समुदायमा यो समस्या झन् विकराल छ। उक्त समुदायबाट एसएलसी पास विद्यार्थी जिल्लाभरि १७ जना मात्र छन्। ‘घरमा नेपाली बोल्ने विद्यार्थीलाई कुनै समस्या छैन,' ज्यामिरगढी माविका पूर्वप्रधानाध्यापक भीम खवास भन्छन्, ‘तर, मातृभाषा अर्कै हुनेलाई गाह्रो छ। उनीहरू कक्षामा सबैभन्दा नजान्ने विद्यार्थी दरिन पुग्छन्। यसले हीनताबोध गराउँदा स्कुलै आउन छाड्छन्।'
जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेल भाषाकै कारण ‘सिकाइ उपलब्धि न्यून हुने' समस्या जिल्लामा रहेको स्विकार्छन्। ‘विद्यार्थीलाई सिकाउन महत्वपूर्ण कुरा भाषा नै हो,' उनी भन्छन्, ‘प्राथमिक तहमा झन् सरल रूपमा बुझाउनुपर्ने हुन्छ।' शिक्षा कार्यालयको तथ्यांकमा भने ड्रपआउट दर प्राथमिक तहमा ५ प्रतिशतभन्दा तल छ। ‘एउटा छाडेर अर्को विद्यालय जानुलाई हामी ड्रपआउट भन्दैनौं,' जिशिअ लुइँटेल भन्छन्।
विद्यालयमा देखिने भाषिक समस्या हल गर्न स्थानीय भाषामा पकड भएको दोभासे शिक्षकको व्यवस्था गर्ने, कक्षा १ देखि ३ सम्म मातृभाषा कक्षा चलाउनुपर्ने ऐनमा व्यवस्था छ। तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
जनशक्ति व्यवस्थापन गर्न नसक्दा जिल्लाका अधिकांश सामुदायिक  विद्यालयमा मातृभाषा कक्षा सुरु गरिए पनि छोटो समयमै बन्द भए। त्यसको परिमाणस्वरूप सरकारले देशका सबै बालबालिकालाई विद्यालयशिक्षाको पहुँचमा ल्याउन गरेको लगानी खेर गइरहेको छ। ‘शिक्षण जनशक्ति र पाठ्यपुस्तक व्यवस्थापन नहुँदा मातृभाषाका कक्षा सञ्चालनमा समस्या भएको छ,' जिल्ला शिक्षा कार्यालय, झापाका उपसचिव उद्धव विष्ट भन्छन्।  
जिल्लाका १७ वटा स्रोतकेन्द्रमध्ये तीन दर्जनभन्दा बढी विद्यालयमा एकैपटक राजवंशी, लिम्बू, राई, सन्थाललगायत भाषामा पढाइ सुरु भएको थियो। तर, शिक्षक अभाव र पाठ्यपुस्तक उपलब्ध नहुँदा कक्षा सञ्चालनमा समस्या भएको सिद्धदेवी प्रावि लखनपुरका प्रधानाध्यापक लीलाप्रसाद भट्टराई बताउँछन्। नामसमेत लेख्न नजान्ने र बाह्रखरी पनि छिचोल्न नजानेका विद्यार्थी सरकारले अपनाएको ‘उदार कक्षोन्नति' का सहारामा खुरुखुरु माथिल्लो कक्षा चढ्दै आएका छन्।
सरकारले लिखित रूपमा गरेको व्यवस्था कार्यान्वयनमा ल्याए मात्रै मातृभाषी विद्यार्थीलाई विद्यालयमा टिकाउन सकिने जानकारहरूको भनाइ छ। ‘स्थानीय भाषामा पकड भएको जनशक्ति व्यवस्था गर्न सक्नुपर्छ', जिशिअ लुइँटेल थप्छन्, ‘यसले समस्या हल गर्न सक्छ।' दोभासे शिक्षक अनिवार्य र कक्षा ३ सम्म मातृभाषाको कक्षा चलाउनुपर्ने प्रधानाध्यापकहरुको पनि भनाइ छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस