जनप्रतिनिधि नै भन्छन् ‘वैशाखसम्म नयाँ कर्मचारी नपठाऊ’
१२ फागुन २०७८
•
३ मिनेट पाठ
जनप्रतिनिधि नै भन्छन् ‘वैशाखसम्म नयाँ कर्मचारी नपठाऊ’
देशभर २ सय १३ स्थानीय तह निमित्तकै भरमा चलेका छन्। संघीय मामिला मन्त्रालयले निमित्तको भरमा चलेका स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी पठाउन खोज्दा सम्बन्धित नगरपालिका/गाउँपालिकाका प्रमुखहरूले उल्टै कमसेकम असार मसान्तसम्म, त्यो नभए वैशाखसम्म नयाँ कर्मचारी पठाउन मन्त्रालयलाई दबाब दिने गरेको पाइएको छ।




आफ्नो तहमा कम्तीमा वैशाखसम्म निमित्त कर्मचारीकै भरमा स्थानीय तह चलाउन जनप्रतिनिधिले चाहना देखाएका छन्। यसका लागि उनीहरूले विभिन्न माध्यमबाट मन्त्रालयलाई दबाब दिने गरेको मन्त्रालयका एक सहसचिवले बताए।

‘चुनाव नजिकिएका बेला कार्यकाल सकिनै लागेका जनप्रतिनिधिले आफ्नो कार्यालयमा कमसेकम वैशाख महिनासम्म आफू अनुकूल कर्मचारी राख्न खोज्नुभएको छ,’ ती सहसचिवले भने, ‘आफ्नो कार्यालयमा हिसाब किताब फछर्यौट गर्न, नमिलेको हिसाब मिलाउन तथा आफूले चाहेको काम पूरा गर्न वैशाख महिनासम्म पुरानै कर्मचारी राख्ने उहाँहरूको चाहना हो।’

यता संघीय मामिला मन्त्रालयलाई रिक्त १ सय ४० स्थानीय तहमा भरखरै लोकसेवा आयोगबाट उत्तीर्ण भएका शाखा अधिकृत सरहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिृकतको नियुक्ति दिई स्थानीय तहमा पठाउने तयारी गरेको छ।

मन्त्रालयका उपसचिव तथा कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजंग थापाले १० दिनपछि १ सय ४० शाखा अधिकृतलाई विभिन्न स्थानीय तहमा पठाउने तयारी भएको बताए। उनका अनुसार स्थानीय तहमा पठाउनका लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)ले अहिले उनीहरूलाई ३ हप्ते तालिम दिइरहेको छ। ‘यो हप्ता उहाँहरूको तालिम सकिन्छ र अर्को हप्ताबाट स्थानीय तहमा खटाउन सुरु गर्छौं,’ थापाले भने।

कर्मचारी भर्ना प्रक्रिया नरोक्न सर्वोच्चले आदेश दिएलगत्तै लोकसेवा आयोगले ४ सय ४४ जना शाखा अधिकृत छनोट गरेको छ। ती कर्मचारीलाई नयाँ नियुक्त गर्न आयोगले मन्त्रालयलाई सिफारिस गरेको छ। संघीय मामिला मन्त्रालयले ४ सय ४४ जना कर्मचारीमध्ये १ सय ४० जना कर्मचारी स्थानीय तहमा पठाई बाँकीलाई गृह, परराष्ट्र तथा भूमि व्यवस्थापन मन्त्रालयमा पठाउने तयारी गरेको छ।

‘अन्य कार्यालय पठाउन समस्या छैन तर स्थानीय तहमा पठाउन हामीलाई सकस परेको छ,’ मन्त्रालयका अर्का एक उपसचिवले भने, ‘उहाँहरू (जनप्रतिनिधि) मन्त्रालयमै आई कमसेकम असारसम्म, त्यो पनि नभए वैशाख महिनासम्म नयाँ कर्मचारी नपठाउन दबाब दिइरहनु भएको छ।’ ती कर्मचारीका अनुसार गाउँपालिकाका प्रमुख तथा उपप्रमख नै काठमाडाैँ आई यस्तो दबाब दिइरहेका छन्। उनले भने, ‘कोहीले त मन्त्रालयले पठाएका कर्मचारी हाजिरी गराउँदैनौंसम्म भन्नुभएको छ।’ नागरिक प्रतिनिधि बुधबार संघीय मामिला मन्त्रालयको कर्मचारी प्रशासन कोठमा पुग्दा जिल्लाबाट आएका आगन्तुकरूको ठूलो भिड देखिन्थ्यो।

मन्त्रालयका अनुसार अहिले ७३ नगरपालिका निमित्तको भरमा चलेका छन्। ‘केही ठाउँमा नगरपालिका तथा गाउँपालिका प्रमुखले अहेब तथा शिक्षा समूहका कर्मचारीलाई निमित्त दिई चलाउने गर्नुभएको छ। मन्त्रालयका अर्का एक कर्मचारीले भने, ‘यस्तो अवस्था धेरैजसो मधेस प्रदेशमा देखिएको छ। कर्मचारी नपठाउन दबाब दिनेहरूमा धेरजसो मधेस प्रदेशकै जन प्रतिनिधि हुनुहन्छ।’

अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा महालेखा परीक्षक कार्यालयका वार्षिक प्रतिवेदनहरूमा निमित्तको भरमा चलेका स्थानीय तहरूमा मिलोमतोमा भ्रष्टाचार हुने गरेको उल्लेख छ।

यता, स्थानीय तहमा सुरुदेखि नै ठूलो संख्यामा कर्मचारीको अभाव छ। २०७५ सालमा गरिएको समायोजनमा ७ सय ५३ स्थानीय तहमा ६७ हजार ७ सय १९ दरबन्दी स्वीकृत भएका छन्। तीमध्ये ४४ हजार ३ सय २१ दरबन्दीमा पदपूर्ति हुन नसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कुल स्वीकृत दरबन्दीमध्ये संघमा २२ दशमलव ७६, प्रदेशमा ३३ दशमलव ३४ तथा स्थानीय तहमा ३४ दशमलव ५५ प्रतिशत रिक्त छन्।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
५२ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस