काठमाडौं उपत्यकाभित्रको नगरपालिकाको एउटा वडामा कति वटा सार्वजनिक पाटी (नेपाल भाषा फल्चा) हरु होलान्? धेरैको उत्तर हुनसक्छ, एउटा दुईवटा अथवा नहोलान् पनि कुनै वडामा त। तर भक्तपुर नगरपालिका भरिभने पाटी नै पाटीहरु छन्।
मिनेटमिनेटको हिडाईमा नगरभरि यहाँं जताततै सार्वजनिक पाटीहरु भेटिन्छन्। भक्तपुर नगरपालिकाको कार्यालयले राखेको तथ्यांक अनुसार यहाँं सबैभन्दा बढी एउटै वडामा ४६ वटासम्म सार्वजनिक पाटीहरु रहेका छन्।
नगरपालिकाको तथ्यांक अनुसार यहाँं सबैभन्दा बढी ४६ वटा पाटीहरु भक्तपुर नगरपालिका वडा नं १० मा छन्। नगरपालिकाका १ देखि १० वडाहरुसम्म छन्। १० वडाको कार्यालय भक्तपुरबाट नगरकोट जाने कमलविनायकमा छ।
यो वडा पूर्वमा आर्मी क्याम्प (नगरकोट जाँंदा कमल विनायकबाट एक किलोमिटर जति पूर्व) र पश्चिममा भक्तपुर नगरको नागपोखरीसम्म फैलिएको छ। भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी भक्तपुर नगर पाटीहरुको पनि नगर भएको बताउँंछिन्।
‘यहाँं पाइलैपिच्छे पाटीहरु भेटिन्छन्, उनी भन्छिन्, ‘त्यसो भए पनि यी सबै पाटीहरुलाई हामीले सुरक्षित राखेका छौं, जीवन्त राखेका छौं।’ नगरपालिकाले वडावडामा भएका यस्ता सार्वजनिक पाटीहरुको मर्मत, जीर्णाेद्धार, सरसफाई गरी जीवन्त राखेको छ। नगरपालिकाले भत्कन बिग्रन लागेका सार्वजनिक पाटीहरु बनाउने काम निरन्तर गर्दै आएको छ।
साथै कुनै लोप हुने अवस्थामा अवशेष मात्रै बाँंकी छ भने पनि त्यसलाई पनि सोधखोज गरी पुरानै शैलिमा बनाएका छन्। पछिल्लो वर्ष मात्रै भक्तपुर नगरपालिका वडा नं १० मै रहेको लान्चा फल्चाको पुनः निर्माण गरेको थियो। साथै पछिल्लो पटक यही हप्ता मात्रै नगरपालिकाले भक्तपुर नगरपालिका वडा नं २ व्यासीमा रहेको सार्वजनिक पार्टी पुननिर्माण गरी उद्घाटन गरेको थियो।
२०७८ बैशाख २० गतेबाट पुनः निर्माण भएको पाटी १४ लाख ८ हजार तीन सय ४७ रुपैयाँ बराबरको आर्थिक लागतमा उपभोक्ता समितिमार्फत छोसो पाटी (नोटः पाटीको नाम) को पुनः निर्माण सम्पन्न गरी उद्घाटन गरिएको थियो। नगर प्रमुख सुनिल प्रजापतिले पाटीको उद्घाटन गरेका थिए।
तथ्यांक अनुसार २०७२ सालको भूकम्पबाट नगरभरिमा एक सय २० भन्दा बढी सम्पदाहरुमा आंशिक र पूर्ण क्षति पुगेको थियो। तीमध्ये हालसम्म एक सय १८ वटा सम्पदाहरु पुनः निर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको नगर प्रमुख सुनिल प्रजापति बताउँंछन्।
तीमध्ये पाटी मात्र ४० वटा बनाइसकेका छौं, उनले थपे, ‘त्यस्तै मन्दिर २६, द्योछेँ ६, प्रवेशद्धार ३, पोखरी १०, इनार ७, सत्तल ८, ढुंगेधारा ७ र अन्य ११ वटा रहेका छन्।’ नगरका वडावडामा रहेका यी सवै पाटीहरु सार्वजनिक रुपमा उपयोग भइरहेका छन्।
कुन वडामा कति वटा पाटी?
भक्तपुरमा १० वटा वडाहरु रहेका छन्। तीमध्ये वडा नम्बर १ पाटी २९, वडा नम्बर २ मा १३, वडा नं मा २३, ४ मा ३०, ५ मा ३३, ६ मा पाटी ४०, ७ मा ४३, ८ मा १३, ९ मा ४२ र १० मा ४६ वटा पाटीहरु रहेको तथ्यांक छ।