काठमाडौं— महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिना अवधिमा सार्वजनिक सवारी साधनमा आरक्षण सिट कार्यान्वयन नगर्ने ३ हजार सात सय सवारी चालकलाई कारबाही गरेको छ।सार्वजनिक सवारीमा अनिवार्य रुपमा आरक्षण सिट कार्यान्वयन गर्नुपर्ने व्यवस्थालाई कडाइसाथ पुस १ बाट लागु गरेको महाशाखाले पुसदेखि फागुनसम्म ती चालकलाई कारबाही गरी सम्झाइबुझाइ गरेको हो।
महाशाखाले यो अवधिमा आरक्षण सिटमा बस्ने यात्रुलाई समेत सम्झाइबुझाइ गरेको छ। तीन महिना अवधिमा १४ हजार ८ सय ३० यात्रुलाई सम्झाइबुझाइ गरी नियमबारे जानकारी गराइएको महाशाखाका प्रवक्ता ज्ञानेन्द्र पाख्रिनले जानकारी दिए।
यस्तै, लेन अनुशासनमा समेत कडाइ गर्दै आएको महाशाखाले लेन अनुशासन पालना नगर्ने २६ हजार ४ सय ४१ चालकलाई सचेत गर्नुका साथै २४ हजार ५७० चालकलाई सचेतना कक्षामा सहभागी गराएको पाख्रिनले बताए ।
पाख्रिनका अनुसार महाशाखाले मापसे कारबाही र चेकिङलाई समेत कडा बनाएका कारण विगत वर्षको तुलनामा यस वर्ष मापसे गरी सवारी चलाउनेको संख्या घटेको छ । उनले अघिल्लो तीन वर्षको तुलनामा यस वर्ष उपत्यकामा मापसे गरी सवारी चलाउने चालक संख्यामा धेरै कमी आएको बताए । उनका अनुसार आर्थिक वर्ष २०६८/६९ मा ३९ हजार ६ सय ६७, २०६९/७० मा ५२ हजार २ सय ८०, २०७०/७१ मा ५४ हजार ५ सय ३५ जना सवारी चालक मापसे कारबाहीमा परेकामा चालु आर्थिक वर्षको फागुनसम्म २६ हजार ३ सय ६७ चालक मापसे कारबाहीमा परेका छन्।