रौतहट सदरमुकाम गौरमा रहेको विवादास्पद राइस मिल जग्गा बिक्री प्रकरण नयाँ मोडमा आएको छ। जग्गा बिक्रीको लागि चार किल्ला प्रमाणित गरेका वडा सचिवले आफू रक्सीले मात्तिएको समयमा निर्वाचित जनप्रतिनिधिले लेटर प्याडमा लेख्न लगाएको खुलासा गरेका छन्।
गौर नगरपालिकाको वडा नम्बर १ का वडा सचिव विनोद पासवानले निर्वाचित जनप्रतिनिधिले बोकेर ल्याएको लेटर प्याडमा बाटो र चार किला प्रमाणित गरिदिने किसिमको खेस्रा लेख्न लगाएको र त्यसैमा छाप लगाएको बताएका छन्।
झण्डै एक वर्ष पहिले गौर नगरपालिका ३ का वडा सदस्य लाल महम्मदले आफूसित ल्याएको वीरगंजको मानिसको हातमा वडा कार्यालयको लेटर प्याड रहेको र सोही लेडर प्याडमा आफूलाई खेस्रा गर्न लगाएको आरोप वडा सचिव पासवानले लगाएका छन्।
आफू रक्सी खाएको अवस्थामा उनीहरुले नै बोकर ल्याएको लेडर प्याडमा चार किला प्रमाणित गर्ने खेस्रा गरेको तर खेस्रा गर्नुअघि आफ्नै वडा सचिवलाई लेख्न लगाएको भए हुन्थ्यो भनेर सोधेको वडा सचिव पासवानको भनाइ छ।
वडा सदस्य महम्मदले आफ्नो वडाको वडा सचिव महिला भएकोले केही पनि लेख्न नजान्ने भएको हुँदा खेस्रा गरिदिनुस् भनेको र आफूले खेस्रा मात्र गरेको बताउँदै वडा सचिव पासवानले रक्सी खाएको अवस्थामा खेस्रा गरिदिएको लेटर प्याडको टाउको आफूले केरमेर गर्न नसकेको बताएका छन्।
आफू रक्सी सेवन गरेकोले अहिलेको अवस्था सिर्जना भएको वडा सचिव पासवानको दाबी छ । गौर राइस मिलको जमिन बेच्न सिफारिश गर्ने कर्मचारीमाथि कारबाही गर्न चारैतिरबाट दबाब आउन थालेपछि फरार रहेका वडा सचिव पासवान सदरमुकाम गौरको छिमेकी भारतीय बजार बैरगनियामा लुकेर बसेका छन्।
रक्सीले मात्तिएको अवस्थामा जनप्रतिनिधिले आफूलाई लेख्न लगाएको र आफूले खेस्रामा नै भए पनि लेखेको स्वीकार गर्दै वडा सचिव पासवानले कानुनी कारबाहीभन्दा युवाहरुले गर्न सक्ने भौतिक कारबाहीको डरले पनि आफू लुकेर बस्नु परेको बताएका छन्। सामाजिक सञ्जालमा गौरका युवाहरुले राइस मिल जग्गा बेच्न सिफारिश गर्ने तथा सहयोग गर्नेलाई कालोमासो दल्ने बताइरहेका छन्।
साथै गौरका युवाहरुको एक समूहले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै भूमाफियाहरु विरुद्ध कारबाहीको माग गरेका छन्। जमिन बेच्न सहयोग गर्ने सबै पक्षलाई युवाहरुले भूमाफियाको मतियार भन्दै आएका छन्।
करिब चार दशकदेखि बेवारिसे रहेको गौर राइस मिलको करिब ६ विगाहा जग्गालाई तत्कालीन माधव नेपाल सरकारले अधिग्रहण गरेको थियो तर सर्वोच्च अदालतले निजी जमिन भएको देखिएकोले मुआब्जा दिएर अधिग्रहण गर्ने आदेश दिएको थियो। सदरमुकाम गौरको मुटुमा रहेको खेल मैदानको रुपमा सार्वजनिक प्रयोग हुँदै आएको राइस मिलको जग्गा अधिग्रहणको अन्तिम प्रक्रियामा रहेको बताइन्छ।
अधिग्रहण नहुँदासम्म भूमाफियाहरुले विभिन्न हत्कन्डा अपनाएर गौर राइस मिलको जमिन किन्न सक्रियता देखाउने बताइन्छ। विगतका वर्षमा पनि गौर राइस मिलको जमिन बिक्री गर्ने षड्यन्त्र असफल हुँदै आएको छ। नेकपा समाजवादीका मधेस प्रदेश सदस्य तथा गौर नगरपालिकाको मेयर पदका प्रत्याशी शम्भु साह कानु गौर राइस मिलको जमिन जोगाउन निरन्तर संघर्ष गर्दै आएका छन्।