काठमाडौं-आफ्नो स्वीकृतिबिना पाँच कर्मचारी क्यानडामा फरार भएको भन्दै स्थानीय विकास मन्त्रालयले तत्काल छानबिन गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ। क्यानडा पुगेका कर्मचारीले ११ दिनसम्म पनि जानकारी नगराएपछि मन्त्रालयले बुधबार यस्तो निर्देशन दिएको हो।मन्त्रालय सचिव सोमलाल सुवेदीले भने, ‘जे भएको छ, त्यसबारे जानकारी र छानबिनसहित उपस्थित हुन आज (बुधबार) पत्र पठाएका छौं।' महानगरपालिकाको स्पष्ट जवाफ नआए मन्त्रालय आफैंले छानबिन गर्ने उनले नागरिकलाई बताए। वातावरण व्यवस्थापन विभाग प्रमुख ज्ञानेन्द्र कार्की, वातावरण महाशाखा प्रमुख हरि कुँवर र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख नुरनिधि न्यौपाने क्यानडा पुगेर नियमलाई लत्याएको खुलेको थियो। साथै निमन्त्रणा नभएका महानगरपालिका वडा ६ का इन्जिनियर निर्मम भट्टराई र कार्यान्वयन महाशाखाका नगर निरीक्षक राजु पाण्डेसमेत खबरै नगरी क्यानडा पुगेका थिए।
कार्यालयको अनुमतिबिना क्यानडा पुगेका पाँच कर्मचारीबारे करिब दुई हप्ता बितिसक्दा पनि महानगरपालिकाले सोधखोज प्रक्रिया थालेको छैन। घटनापछि छानबिन सुरु भएको बताए पनि महानगरपालिकाले आधिकारिक पत्र पठाएको छैन। सहरी व्यवस्थापन सम्बन्धी तालिम लिन क्यानडाको एडमन्टन पुगेका कर्मचारीबारे जानकारी लिन सो सहरलाई इमेल सम्पर्क गरिए पनि बुधबारसम्म केही जवाफ आएको छैन।
स्थानीय स्वयत्त शासन नियमावली २०५६ को नियम २ सय ५८ को काज खटाउँने सम्बन्धी बुँदाले स्थानिय निकायका कुनै कर्मचारीलाई विदेशमा काज खटाउँनुपूर्व संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको स्वीकृत लिनुपर्नेमा हुन्छ।
यसरी जानकारी नआएपछि बुधबार कर्मचारीहरुले आधिकारिक लेटरप्याडमा पत्र पठाउँनुपर्ने भनेपनि महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारले वास्ता नगरेको महानगरपालिका उच्च स्रोतले जानकारी गरायो।
कार्यकारीले आधिकारिक पत्र पठाउन नचाहेको अर्का कर्मचारीले समेत प्रष्ट पार्दै कार्यालय प्रमुख छानविनको पक्षमा नरहेको आरोप लगाए। बाहिरका मान्छेहरुलाई पनि कार्यक्रममा लगेको भन्ने हल्ला आएकाले यसको छलफल गर्न आधिकारिक पत्र पठाउँन कर्मचारीले प्रमुखलाई जोड गरेको उनले बताए।
‘आधिकारिक चिठी नै इमेलमा एट्याच गरेर पठाउन पाए आधिकारिकता हुन्थ्यो,' एक कर्मचारीले नागरिकसँग भने, ‘तर कार्यकारीले मौखिक रुपमै सोध्न आग्रह गरे।' यसबाहेक इमेलमै सम्वाद पठाइएपनि जवाफ आइसकेको छैन।
चैत २ देखि ४ सम्मको कार्यक्रम रहेको भन्दै उनीहरु चैत १ गते क्यानडा गएका थिए। महानगरपालिका कार्यालयलाई पनि उनीहरूले आफ्नो तालिम भ्रमण टुंगिए/नटुंगिएको बारे जानकारी छैन्। कार्की, कुँवर र न्यौपानेले भ्रमण आदेशका लागि निवेदन दिएको देखिन्छ तर निवेदन मन्त्रालयको स्वीकृति नगराइ उनीहरु क्यानडा पुगेको महानगर बताउछ। भट्टराई र पाण्डेको सोही टोलीमा रहेपनि निवेदनपनि पेस गरेका छैनन्।
नागरिकलाई प्राप्त उनीहरुको निमन्त्रणा पत्रमा सचिवालय प्रमुख नुरनिधीलाई व्यक्तिगत चिठी आएको देखिन्छ। जसमा उनी सहित कार्की र कुँवरलाई पनि फागुन १२ गते निमन्त्रणा आएको उल्लेख छ।