विराटनगर–विराट चोक सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।
शनिबार साँझ ६ बजेतिर ग्रामथान गाउँपालिका–५ बांगेमा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री ग्रामथान–५ का ५५ वर्षीय शोभालाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट घाइते भएका माझीको उपचारका क्रममा विराटगनरस्थित गोल्डेन अस्पतालमा राति साढे ८ बजेतिर मृत्यु भएको हो।
उक्त सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २० प २४७० नम्बरको मोटरसाइकल चालक ग्रामथान–५ का २८ वर्षीय नवराज मण्डल रहेको र दुर्घटनापछि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
तीव्र गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको भनेर अनुसन्धान अघि बढाएको प्रहरीले चालक मण्डलले सवारी चालक अनुमतिपत्र विना सवारी चलाएको पाइएको जनाएको छ।