चितवन- आफूहरुभन्दा कम योग्यताका पशु स्वास्थ्य प्राविधिकलाई पशु चिकित्सा परिषद्मा राख्न सरकारले ऐन परिवर्तन गर्न लागेको भन्दै पशु चिकित्सकहरु आन्दोलित भएका छन्।ऐनको नयाँ विधयेक तत्काल फिर्ता लिन उनीहरुको माग छ। नेपाल भेटेरीनरी एसोसिएसन चितवन शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा माग पूरा नभए चैत १७ बाट सेवा ठप्प पार्ने चेतावनी पशु चिकित्सकहरुले दिए।
नेपाल पशु चिकित्सा परिषद् (भेटेरिनरी काउन्सिल) ऐन २०५५ ले पशुचिकित्सा विज्ञानमा कम्तिमा स्नातक उत्तीर्ण व्यक्तिलाई मात्र काउन्सिलमा दर्ता गर्ने र त्यसरी दर्ता भएका चिकित्सकबाट गठन भएको कार्य समितिले देशभरका पशु चिकित्सक र शिक्षालयको नियमन गर्ने व्यवस्था गरेको छ। जुन व्यवस्था परिर्वतन गरेर भेटेरिनरी, जेटी, जेटीएलाई पनि काउन्सिलमै राख्न थालिएको छ।
'प्रस्तावित ऐनको बुँदा नम्बर ५ मा ३५ दिने वा १५ महिनेदेखि १८ महिने पशु स्वास्थ्य तालिम लिएका जेटी, जेटिएहरुलाई पनि काउन्सिलमा राख्ने व्यवस्था छ। त्यसप्रति हाम्रो आपत्ति हो' शुक्रबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा काउन्सिलका सदस्य डा. सुवीर सिंहले भने। मन्त्रिपरिषद्ले फागुन २७ मा विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको छ।
'यो प्रवधानसहितको विधेयक कानुन बनेर आयो भने कमजोर मानिएका पशु प्राविधिकहरुले दर्तावाला पशु चिकित्सकको अनुगमन र नियमन गर्न पाउने छन्, जुन हुनै नसक्ने विषय हो,' कृषि तथा वन विश्व विद्यालयका भेटेरिनरी विभागका डिन डा.आइपी ढकालले भने। भेटरिनरी काउन्सिलमा दर्ता भएका पशु चिकित्सको संख्या ७ सय ४८ रहेको काउन्सिलका सदस्य डा.सुवीर सिंहले बताए।
नेपालमा चिकित्सकभन्दा पशु प्राविधिकहरुको संख्या अत्याधिक छ। ३५ दिन वा ३ महिने पशु स्वास्थ्य तालिम लिएका प्राविधिकहरु ३० हजार र एक वर्षे डेढ वर्षे कोर्ष गरेका जेटी, जेटीएहरु २० हजारका हाराहारीमा छन्। उनीहरुको माग र आन्दोलनपछि सरकारले काउन्सिल ऐनमा परिवर्तन गर्न लागेको हो।
'त्यस्ता प्राविधिकहरुको छुट्टै काउन्सिल बनाउन सकिन्छ भनेर हामीले सुझाव दिएको हो। तर, सरकारले हाम्रो सुझावलाई वेवास्ता गर्योझ। भेटेरिनरी काउन्सिलमै दर्ता गर्ने र कार्य समितिमा पनि उनीहरुलाई ल्याउने व्यवस्था थप्न थाल्यो,' काउन्सिलका उपाध्यक्ष डा. दिनेशकुमार सिंहले भने। सो विधयेक फिर्ता लिन पशु चिकित्सकहरुले चैत्र ९ मा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएका थिए।
चैत ११ सम्म विधेयक फिर्ता लिन उनीहरुको अल्टिमेटम थियो। तर, फिर्ता नभएको भन्दै भेटेरिनरी एशोसिएसनको आयोजनमा चैत्र १२ गते बिहीबार नै काठमाडौंमा पशु चिकित्सकहरुले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर नौजनालाई गिरफ्तार गरेको थियो। सो क्रममा १५ जना घाइते भएको एशोसिएसनले जानकारी गराएको छ।
भेटेरिनरी एशोसिएसनले शुक्रबारबाटै प्रचारात्म विरोध कार्यक्रम सुरु गरेको छ। माग पूरा नभए चैत्र १७ गतेदेखि आकस्मिक बाहेकका सवै खालका सेवा ठप्प पार्ने उनीहरुले बताए। खोप उत्पादन, प्रयोगशालाका काम, रोग नियन्त्रण सेवा, कृत्रिम गर्भधान सेवा, स्वास्थ्य प्रमाणपत्र र क्वारेन्टाइन प्रमाणिकरण र अध्ययन अध्यापनका कामसमेत रोक्ने पशु चिकित्सकहरुको चेतावनी छ।
चैत १५ देखि १७ सम्म कडा खालका संघर्ष सञ्चालन हुने नेपाल भेटेरिनरी एशोसिएसन चितवन शाखाका महासचिव डा.नारायण न्यौपानेले बताए। 'अहिलेको विधेयकअनुसारको व्यवस्था भएर आए यो राष्ट्रकै बेइज्जत हुन्छ। त्यस्तो काउन्सिलमा हामी नबस्ने निर्णय गर्छौ दर्तावाला सवै पशु चिकित्सकले राजीनामा गर्ने योजना छ,' महासचिव न्यौपानेले भने।