काठमाडौं—आमरण अनसको छैटौं दिन डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भएको छ। छातीको अत्यधिक दुःखाइ र अक्सिजनको मात्रा कम भएपछि उनलाई अक्सिजन दिन थालिएको छ।
केसीको स्वास्थ्य जाँचपछि शुक्रबार दिउसो चिकित्सक टोलीले सुस्म ढंगले सबै अंगको निगरानी बढाउन र आकस्मिक अवस्थामा सपोर्टका लागि आर्टिरियल लाइन जोडेको छ। तेस्रो अनसनदेखि मधुमेय देखा परेका केसीको स्वास्थ्यमा कुनै बेला खतरा उत्पन्न हुन सक्ने भन्दै चिकित्सकहरुले आकस्मिक जीवन रक्षक औषधिहरु समेत तयारी अवस्थामा राखेका छन्।
केसीको उपचार टोलीकी प्रमुख डाक्टर दिव्या साहले जुनसुकै बेला उनलाई आइसियु सपोर्ट चाहिन सक्ने बताइन्।
मेडिकल टोलीले आन्दोलनमा लागेका विद्यार्थी र सहकर्मी चिकित्सकहरुलाई स्वास्थ्यले धेरै दिन सहयोग नगर्नेभन्दै माग पूरा गर्न दवाब र पहल बढाउन सल्लाह दिएको छ।
सरकारले अनसनरत डा.गोविन्द केसीले उठाएका मागबारे वार्ता गर्न शिक्षा तथा स्वास्थ्य मन्त्रीलाई जिम्मेवारी दिएको छ। शुक्रबारको मन्त्रिपरिषद बैठकले शिक्षामन्त्री चित्रलेखा यादव र स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई सो जिम्मा दिएको हो।
'ठ्याक्कै वार्ताको जिम्मा त हैन तर कोर्डिनेसन गर्न प्रधानमन्त्रीले जिम्मा दिनुभएको छ', नागरिकन्युजसँग कुरा गर्दै स्वास्थ्यमन्त्री अधिकारीले भने, 'छिटै हाम्रो काम थाल्छौं।'

सरकारद्वारा वार्ता टोली गठन