भीमेश्वर नगरपालिका ३ का १७ वर्षीय पुकार, १६ वर्षीय सरल, १३ वर्षीय सञ्जिव र ११ वर्षीय मदन (सबैको नाम परिवर्तन) असाध्यै मिल्ने साथी थिए।
पुस्करका अभिभावक सदरमुकाम चरिकोटमा ज्याला मजदुरी गर्थे। साहिलका बाबु–आमाको मिल्ती थिएन। दुवै ज्याला मजदुरी गरेर राजधानीमा छुट्टा छुट्टै बस्थे। मानसिक रोगले थलिएर बाबु गाउँ बजार मात्र डुल्ने कारण सञ्जिवकी आमाले बनिबुतो र कुल्ली काम गरेर घर चलाउथिन। मदनका बाबु वैदेशिक रोजगारीमा थिए भने आमा कुल्ली काम गर्थिन्।
परिवारको कमजोर आर्थिक अवस्था र बच्चाहरुको रेखदेख र निगारानी गर्नुपर्ने अभिभावककै वेवास्ताका कारण चारै जनाले बिचैमा पढाई छाडे पछि कुल्ली काम गर्न बिभिन्न निर्माणस्थलमा जाने क्रममा उनीहरु बिच सम्बन्ध गाँसियो।
काम पाएको बेला चारै जाना कुल्ली कामका लागी सडक, नाला, घर ढलान हुने ठाउँ जस्ता निर्माणस्थल पुग्थे भने काम नपाएको बेला चरा मारेर पोलेर खान गुलेली बोकेर जंगल जान्थे। उनिहरुमा चुरोट र गाँजा तान्ने लत बस्दै गएको थियो। दिनभरी जंगल बस्यो बेलुका बासस्थान फर्कियो उनिहरुको दिनचर्या यस्तै गरी बित्थ्यो। बेकामे भएका बेलामा ‘उल्फट्याङ’ काममा समेत उनिहरु जोडिन्थे।
‘कुल्ली’ काम पाएको बेला चारै जनाको गोजीमा बेला बेलामा थोर बहुत पैसा समेत हुन्थ्यो। यही क्रममा पुकारले २५ सय हालेर उफर (साउण्ड सिस्टम) किनेका थिए। त्यो साउण्ड बक्सबाट उनिहरु कहिले गित सुन्थे त कहिले मोबाईल जोडेर फिल्म हेर्ने गर्थे। साईबर र मोबाईल पसलबाट डाउनलोड गरिएका हिन्दी चलचित्र हालेर उनिहरु प्राय संगै हेर्थे। चारै जनामा ‘साउथ ईन्डियन फिल्म’ को लत नै थियो। पुकारसंग रहेको उफर आफ्नो कोठामा लैजाने भन्दै एक दिन सरलले पुकारको कोठाबाट लिएर गए। उक्त सामान समयमै फर्काउलान भन्नेमा पुकार ढुक्क थिए। तर फर्काएनन्। पटक पटक आग्रह गर्दा पनि नफर्काएपछि एक दिन पुकारले सरललाई कुटे।
उनिहरु बिच उफरको बिषयलाई लिएर समुहमा झगडा पथ्र्यो तर फेरी सेलाउथ्यो अनि मिलेरै जंग जाने र उही दिनचर्यामा रम्ने दैनिकी चल्थ्यो। गत फागुन ७ गतेको दिन पुकारले चरिकोट बजारको मेडिकल पसलबाट ठुलो रोल सेतो ब्याण्डेज टेप (शल्यक्रिया गर्दा छालामा लगाउने) किने। त्यस पछि पुकार सहित सरल, सञ्जिव र मदन तिनै जना चरा मार्न जाने भन्दै जंगल तिर लागे।
बारीमा एक हुल बाँदर पसेपछि गत शुक्रबार दिउसो चरिकोट नजिकैको भीमेश्वर नगरपालिका ३ स्थित देउराली चिसापानीका किसान बाँदर लखेट्न निस्किए। लखेट्दै जाँदा जलदेवीथान नजिकैको जंगलमा स्थानियले घोप्टो पारेर आधा गाडिएको अवस्थामा शव देखे। आत्तिएर तुरुन्तै वडाध्यक्ष हरिशरण शिवाकोटीलाई खबर गरे। वडाध्यक्षले जिल्ला प्रहरी कार्यालय संग सम्पर्क गरेपछि जिल्ला प्रहरी प्रमुख डिएसपी गंगाप्रसाद पौडेल टोली लिएर आफैं घटनास्थलतर्फ लागे। प्रहरी टोलीले खाल्डोबाट शव निकाल्यो। शवको खुट्टा देखी टाउको सम्मको भागलाई मेडिकल टेपले बेरिएको थियो। हात खुट्टा टेपले नै बाधिएको थियो। मुख कपडाले छोपिएको थियो।
शव कुहिँदै जान थालेको थियो। तर अनुहार वरिपरि कपडाले छोपिएका कारण मुख भने चिनिने अवस्थामा थियो। प्रहरीले सोधीखोजी शुरु गर्यो। भीमेश्वर नगरपालिका २ स्थायी घर भई वडा नं ३ बस्दै आएका १६ बर्षिय किशोरको शव थियो। उनकी दिदि सम्पर्कमा आईन्। त्यस दिन प्रहरीले चरिकोट बजार भन्दा तल्लो क्षेत्रका गाउँहरुमा व्यापक रुपमा सादा पोशाकका टोली परिचालन गर्यो। प्रहरी टोलीले सुचना संकलन गर्दै जाँदा मृतक किशोरका ३ जना साथीलाई त्यही राती ९ बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लिएर आयो। चार घण्टाको बयान पछि घटनाको सबै रहस्य खुल्यो। फागुन ७ गतेको त्यसदिन जंगलमा पुगेपछि चारै जनाले चरा मारेर पोलेर खाए। केही बेर पछि पुकार र सरल बिच ‘उफर’को बिषयलाई लिएर फेरी झगडा भयो।
पुकारले पछाडीबाट लौरोले हानेर सरललाई ढलाए। मेडिकलबाट किनेर ल्याएको टेप निकालेर मदन र सञ्जिवलाई दिदै ‘यसलाई त्यो अस्तीको साउथ फिल्ममा जस्तै टेपले बाँध’ भनेर अहृाए। सुरुमा सञ्जिव र मदनले हात र खुट्टा टेपले कसे। ‘त्यो फिल्म बिर्सिस, त्यस्तै गरि सबै जिउभरी बाँध’ पुकारले भने पछि दुवैले शरिरभरी टेप बेर्न थाले। शरिरबाट टेपले बेरेर ल्याउने क्रममा मुखमा समेत टेप कसिन थालेपछि सरल टेपको सिलले निसासिदै छट्पटाउन थाले। कोदालो समेत त्यहाँ लगेका पुकारले धमाधम खाल्डो खन्न थाले। सरल त्यतिञ्जेल छट्पटाउन छाडिसकेका थिए। थोरै खनेपछि घोप्टो पारेर टाउकोलाई कपडाले छोपी वरिपरी चपरा गाडेर उनिहरु त्यहाँबाट फर्किए। कोदालो सञ्जिवको घरमा ल्याएर लुकाए।
६ दिनपछि बाँदर लखेट्ने क्रममा गाउँलेले देखेको शव प्रहरीले निकालेर ल्यायो। जिल्लाका प्रहरी प्रमुख डिएसपी पौडेलका अनुसार ‘साउथ ईण्डीयन फिल्म’ मा देखेको एउटा दृश्यबाट प्रभावित भएर उनिहरुले साथीको हत्या गरेको अनुसन्धानले देखाएको छ। ‘झगडा सामन्य हो तर साउण्ड सिस्टम फिर्ता नगरेको रिसिबी साँध्न हत्या कसरी गर्ने भन्ने चाही फिल्मबाट सिकेर बालकहरुले डरलाग्दो मनोभाव सहितको अपराधयोजना बुनेको देखिन्छ’ उनले भने। उनिहरुमा कतिपनि पश्चाताप नदेखिएको पौडेलले सुनाए।
डिएसपी पौडेलका अनुसार बाबु आमाको निगरानी भन्दा बाहिर रहेका बालकहरु अपराध कर्ममा लागेको यो घटना बाल मस्तिकमा परेको डरलाग्दो अपराधको रुप भएको सुनाए। ‘बाबु आमाको सामन्य आर्थिक अवस्था, पढ्दा पढ्दै स्कुल छाडेका, कसैले वास्ता नगरेका उनिहरु केही चिजबाट प्रभावित भएर यो हद सम्मको अपराध कर्म गर्न पुगेृका छन’ उनले भने, ‘यस्ता बालबालिकालाई निगरानी बढाएर सचेतना सिकाईएन र सही बाटोमा डोर्याईएन भने यस्ता घटनाले डरलाग्दो रुप लिन सक्छ’। अभियुक्तहरुलाई कानुनको विवादमा परेका बालकको नियमावली अन्तर्गत कर्तव्य ज्यानको मुद्दा चलाईने जिल्ला प्रहरीका प्रवक्ता ईन्सपेक्टर अन्जान कोईरालाले जानकारी दिए।