भोजपुरको टेम्के मैयुङ गाउँपालिका वडा २ मा बलात्कारको शिकार भएकी एक दलित बालिकाले छोरीलाई जन्म दिएकी छिन्। गत असार अन्तिम साता गाउँकै रामचन्द्र राईले १३ वर्षीया बालिकालाई करणी गरेका थिए। उनी बलात्कृत भएको कुरा गएको माघ महिनामा मात्र खुलेको थियो। तिनै बालिकाको स्वास्थ्य अवस्था जटिल भएपछि भोजपुर प्रहरीले थप उपचारको लागि शुक्रबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो। उनले शनिबार शल्यक्रियामार्फत छोरी जन्माएकी छिन्।
आमा र छोरी दुवैको अवस्था सामान्य रहेको छ। सोमबार(आज) डिस्चार्ज भएर उनीहरु भोजपुर फर्किएका छन्। पीडित बालिकाका बुबाका अनुसार उनी विरामी श्रीमतिको उपचार गर्न गत असारमा धरान आएका थिए। त्यसैबेला भैसीलाई घाँस लिन नजिकै जंगल गएको बेला रामचन्द्रले छोरीलाई जर्बजस्ती गरेका थिए। ‘पछि गर्भ रहेमा खुलाउने औषधी दिने’ भन्दै कसैलाई नभन्न धाकधम्की पनि दिएकोले छोरीले उक्त घटना गुपचुप नै राखेको उनको भनाई छ। ‘छोरीलाई डर पनि देखाएछ। औषधी दिएर खोलाउछु पनि भनेछ। हामीले त माघमा मात्र थाह पायौ,’पीडितका बुबाले चिन्तित हुदै भने,‘केटा फरार छ। बच्चा पनि भइसक्यो, यसको भविष्य के हुने हो?’
पीडित बालिका र आरोपित राईको घर १० मिनेटको दुरीमा रहेको छ। पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय भोजपुरमा बलात्कारको जाहेरी पनि दिएका छन्। भोजपुरका प्रहरी प्रमुख डिएसपी राजकुमार राईका अनुसार बलात्कारको मुद्दा दर्ता भइसकेको छ। तर, आरोपित भने फरार रहेको र खोजी भइरहेको उनले बताए। ‘नाबालिग दलितलाई रेप भएको उजुरी दर्ता भएको छ, पक्राउ गर्न सबैतिर खोजी गरिरहेका छौ,’डिएसपी राईले भने,‘घटनालाई गम्भीरतापुर्वक लिएका छौ।’
डिएसपी राईका अनुसार पीडित बालिकालाई प्रहरीले विभिन्न संघसंस्थासँग समन्वय गरेर धरान पठाएको हो। उनलाई भोजपुरमा सेफ हाउसमा राखिने पनि डिएसपी राईले बताए। नेपालको कानुनमा १८ बर्ष भन्दा कम उमेरको बालिकालाई सहमतिमै पनि शारीरिक सम्बन्ध राखेमा जर्बजस्ती करणी हुने उल्लेख छ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र (२) मा कसैले जर्बजस्ती करणी गर्न नहुने, कसैले कुनै महिलालाई मञ्जुरी नलिई वा मञ्जुरी लिएर भएपनि १८ बर्ष भन्दा कम उमेरको कुनै पनि बालिकालाई करणी गरेमा त्यस्तो महिला वा बालिकालाई जर्बजस्ती करणी गरेको मानिने उल्लेख छ। सोही ऐनको उफदफा ३ मा १८ वर्षभन्दा कम उमेर भएकालाई करणी भए १० बर्षदेखि १२ बर्षसम्म कैद सजायको व्यवस्था छ।
गाउँमै घटना मिलाउने प्रयास
पीडित परिवारले प्रहरीमा उजुरी दिनुअघि गाउँमा नै घटना मिलाउने प्रयास पनि भएको थियो। पीडित बालिकाकी बुबाका अनुसार मिलाउनुपर्छ भन्दै आरोपितका श्रीमति र बहिनीले छलफल राखेका थिए।
वडाका जनप्रतिनिधिसहितको उक्त छलफलमा उनीहरुले अर्को केटा खोजेर जिम्मा लगाउने उपाय बताएका थिए। ‘त्यो एकपक्षीय कुरा थियो, मैले केही पनि भनिन्। बुझौला भने,’पीडितका बुबाले भने,‘केटालाई झिकाउने कुरा भयो।’ एकसाता पछि आरोपित गाउँ आएका पनि थिए। तर, त्यसबेला प्रहरी पनि गाउँ आएको देखेर उनी पुन: फरार भएको पीडितका बुबाले बताए। उनले भने,‘अपराधीले सजाय पाउनुर्छ भन्ने मेरो माग छ। हाम्रो छोरीको भविष्य त बिगारिनै दियो, अब खै के गर्ने?’
गाउँपालिका सदस्यसमेत रहेकी वडा सदस्य आशादेवी राईले घटनाबारे गाउँमा पनि छलफल भएको र जिम्मा लगाउने कुरा भएर काठमाण्डौंबाट केटालाई झिकाइएको थियो। तर, केटा आउदा प्रहरी पनि गाउँमा आएपछि पुनः भागेर गएको उनले बताइन्। ‘गर्भ बोकेको कुरा थाह पाएपछि सोध्यौ, उसले रामचन्द्रको हो भनेपछि केटालाई पनि सोध्यौ, उसले मेरै हो भन्यो,’राईले भनिन्,‘उनीहरु बीचमा सहमतिमै भए पनि केटीको उमेर कम भएकोले कानुनले जर्बजस्ती करणी नै भन्छ।’