‘होहल्लाले आत्तियो गैंडा'
१६ चैत्र २०७१
•
८ मिनेट पाठ
‘होहल्लाले आत्तियो गैंडा'
काठमाडौं-चर्को घाममा दिनभरि कालोपत्रे सडकमा भौंतारिरहेको गैंडाको भिडियोले उनी विचलित भए। एउटा दृश्यले त यति बिझायो, उनले हत्तपत्त भिडियो नै बन्द गरे। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडा सोमबार हेटौंडाको मध्यसडकमा भौंतारिरहेको थियो। केही मोटरसाइकल गैंडाको पछिपछि कुदिरहेका थिए। यस्तो प्रतीत हुन्थ्यो, मानौं ती मोटरसाइकल चालक गैंडालाई उछिन्ने ध्याउन्नमा छन्। एकसिंगे गैंडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवालीलाई यही दृश्यले बिझाएको थियो।दिनभरि सामाजिक सञ्जाल तथा अनलाइनहरूमा गैंडाको भिडियो हेर्दै बसेका ज्ञवालीले नागरिकसँग भने, ‘त्यो भिडियो हेर्दा एकातिर मलाई गैंडाले भोगेको यातनाले पिरोल्यो, अर्कातिर मानवीय चेतना स्तरले।'
‘चर्को घाममा त्यो जनावर आफ्नै कारणले पक्कै सहर छिरेको होइन,' एक स्थानीयको ज्यान जानुका साथै सात जना घाइते भएको उक्त घटनाप्रति उनले टिप्पणी गरे, ‘निर्दोष जनावरलाई यो अवस्थामा पुर्‍याउने हामी नै हौं। वन्यजन्तु क्षेत्रमा काम गर्ने हामी जस्ताका लागि यो साह्रै दुःखद घटना हो। यसले हाम्रो चेतनाको स्तर झल्काउँछ।'




twitter
मानवबस्तीमा निस्किएका जनावरलाई नियन्त्रण गर्न सुरुमा जे गर्नुपर्थ्यो, त्यो नगरिएको ज्ञवालीको भनाइ छ। ‘त्यसलाई मानव उपस्थितिको आभाष नै हुन दिनु हुँदैनथ्यो,' उनले भने, ‘उसैको अघिपछि मोटरसाइकल कुदाउनु, गाडी कुदाउनु, घरका कौसी र झ्यालमा बसेर होहल्ला गर्नु हाम्रो तर्फबाट भएका गल्ती हुन्।'
उनका अनुसार यस्तो अवस्थामा सबै जना सवारी साधन जे जस्तो अवस्थामा भए पनि बन्द गरेर बस्नुपर्थ्यो। घरपसल पनि सबै बन्द गर्नुपर्थ्यो, ताकि गैंडालाई मानवबस्तीमा छिरेको आभाषै नहोस्। ‘गैंडाले जति धेरै मान्छे देख्यो, उति आक्रामक भयो, त्यही आक्रोशमा मान्छेमाथि आक्रमण गर्योव,' उनले भने, ‘त्यसलाई हिस्रंक बनाउन हामीले पनि मलजल गर्यौंम।'
यस्तो परिस्थितिलाई काबुमा लिन सबभन्दा पहिले जनावरको आवागमनमा अवरोध नगरी शान्त वातावरण कायम गर्नुपर्ने उनको सुझाव छ। यति भएपछि जनावरले आफैं गोरेटो बाटो पहिल्याएर जंगल छिर्न प्रयास गर्ने उनले बताए। ‘आफैं बाटो पहिल्याउन सकेन भने हात्तीहरूले घेरेर जंगलको बाटो देखाउन सकिन्छ,' उनले भने, ‘हेटौंडामा भने मानवीय जमघट र चिच्याहटले गैंडा झनै आत्तियो।' स्थानीय सुरक्षा निकायले शान्त वातावरण कायम राख्न पहल गरेको भए छोटो समयमै गैंडा जंगल पस्ने उनको अनुमान छ।

डा. ज्ञवालीका अनुसार छिनछिनमा घाँसमा चर्ने र आराम गर्ने यो जनावर प्रायः एक्लै हिँड्न रुचाउँछ। पौने ६ देखि साढे ६ फिट उचाइ र १ हजार ८ सयदेखि २ हजार ७ सय किलोसम्म वजन हुने गैंडा आफैं कहिल्यै हिंस्रक हुँदैन। यसलाई मानवीय गतिविधिले नै हिंस्रक बनाउँछ। ‘सोमबार पनि पदमपुर क्षेत्रको घाँसे मैदानमा चर्न आएको यो जनावर त्यहाँ अवरोध भएपछि सहर पस्न बाध्य भएको हुनुपर्छ,' उनको विश्लेषण छ।

चितवनका गैंडा निकुञ्जभन्दा ३–४ किलोमिटर बाहिरसम्म चर्न निस्कन्छन्। कहिलेकाहीँ खेतबारीमै सुत्छन् र बिहानै निकुञ्ज छिर्छन्। ‘यसरी सहरभित्र छिरेको यो पहिलो घटना हो जुन दोहोरिन सक्छ,' डा. ज्ञवालीले भने, ‘अब हामी त्यही किसिमले तयार भएर बस्नुपर्छ।'

चितवनमा गैंडाको संख्या ५ सय ३ छ। बर्दिया र शुक्लाफाँटा गरेर कुल संख्या ५ सय ३४ छ। यो विश्वकै दुर्लभ वन्यजन्तुमध्ये एक हो। यस्तो जनावरलाई तत्काल नियन्त्रण गर्न बर्दिया, चितवन र काठमाडौंमा ‘क्विक रेस्पोन्स टिम' बनाउनुपर्ने उनको सुझाव छ। ‘यो घटनाले हामीलाई थप तयारीका लागि घच्घच्याएको छ,' उनले भने, ‘अहिले पनि हामीसँग प्राविधिक, उपकरण र औषधि त छन्, तर यसलाई व्यवस्थित गर्न जरुरी भएको छ।'

उनका अनुसार भेटेनरी चिकित्सक, दुई जना प्राविधिक, बेहोस पार्ने एम९९ र होसमा ल्याउने एम५०५० औषधिसहितको टोली तयार गर्नुपर्छ। बेहास पारेर सुताउने स्लेज, जनावर बोक्ने लोडर र काठको खोर पनि चाहिन्छ। यति भएपछि गैंडालाई एक ठाउँबाट अर्को ठाउँ स्थानान्तरण गर्न सकिन्छ।

‘तीन ठाउँमा यस्तो व्यवस्था भए हामीले यस्ता घटना तत्काल सम्बोधन गर्न सक्छौं,' डा. ज्ञवालीले भने, ‘अहिले पनि यस्ता काम नभएका होइनन्, यसलाई अझ व्यवस्थित र चुस्त बनाउनुपर्ने खाँचो छ।'

यसअघि सन् १९८३ मा बर्दियामा यस्तै घटना भएको थियो। पहिलोपटक चितवनको गैंडा बर्दिया लगिएको थियो। बेहोस बनाएर लगिएको एउटा गैंडा मानवबस्तीमा छिरेको थियो। त्यसले एक महिलाको ज्यान लियो। एउटा भैंसी र एउटा गाई पनि मारियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता तथा इकोलोजिस्ट डा. महेश्वर ढकालले पनि पछिल्ला समय मानव–वन्यजन्तुबीच ठाउँठाउँमा द्वन्द्वका घटना भइरहेको बताए। ‘यस्ता घटनालाई तत्काल नियन्त्रणमा लिन देशका विभिन्न स्थानमा रेस्क्यु सेन्टर बनाउनेबारे छलफल भइरहेको छ,' उनले भने।

उनका अनुसार चितवन र जावलाखेल चिडियाखानाको टोलीलाई सशक्तीकरण गर्ने, बाँके निकुञ्जकिनार रेस्क्यु सेन्टर बनाउने, पूर्व, पश्चिम नेपाल र पोखरामा समेत यस्तै किसिमको टोली राख्ने विषयमा गृहकार्य भइरहेको छ। ‘सशक्तीकरण र बाँकेमा सेन्टर निर्माण गर्न बजेट विनियोजन भइसकेको छ,' ढकालले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस