चितवन— हेटौंडा बजार क्षेत्रमा सोमबार दिनभर आतंक मच्चाएको गैंडालाई सुरक्षित रुपमा जंगल फर्काउन प्रशासन सफल भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षका हात्ती र प्राविधिकहरुको सहयोगले गैंडा फर्काउन सकिएको हो। सोमबार साँझ बजार क्षेत्रबाट निकालेर राप्ती खोला हुँदै राती अबेर गैंडालाई जंगल पुर्याइएको थियो।'गैंडा आफ्नै वासस्थलमा सुक्षित रुपमा पुगेको छ' गैंडा जंगल पठाउने काममा खटेका चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक चित्रबहादुर खड्काले भने। हात्तीको घेराबम राखेर हटिाउँदै गैंडालाई हेटौंडाभन्दा झण्डै २५ किलो मिट पश्चिम रमौली प्रतापपुरको जंगल क्षेत्र भित्र ल्याएर छाडेको उनले बताए।
सो क्षेत्र चितवन निकुञ्जको सिमानाबाट नजिकै पर्सा वन्यजन्तु आरक्षमा पर्छ । सोमबार बिहानै हेटौंडाको पशुपति नगर क्षेत्रमा देखा परेको गैंडा मध्यान्हसम्म हेटौंडा बजारको मुख्य क्षेत्रमा भाग दौड गर्दा जनजिवन आतंकित भएको थियो । गैंडा आक्रमणमा परेर एकजना वृद्धाको ज्यानै गएको थियो भने सातना घाइते भएका थिए।
मध्यान्हपछि गैंडा टिसिएन कार्यालयको झाडीमा बसेको थियो । सो गैंडा पर्सा आरक्ष वा चितवन निकुञ्जबाट हेटौंडा पुगेको हुन सक्ने अधिकारीहरु बताउँछन् । 'चर्दै हिडेको गैंडा कहिले काही रातीमा गाउँमा पनि पस्छ । यस्तो घटना एकाध हुने गर्छन्' चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने।
गाउँ छिरेको गैंडा बाटोको मेसो नपाएमा जंगल फर्कन सक्दैन । त्यस्तो बेलामा उज्यालो हुँदा गाउँलेले देखेर होहल्ला गर्न थाल्छन् । गाउँलेको होहल्ला र भिडभाड देखेपछि गैंडा आत्तिने प्रमुख संरक्षण अधिकृत कुँवरले बताए ।
'गाउँ वा वस्तीमा छिरेको गैंडा जंगल फर्कन सकेन भने मान्छेले देखेपछि हल्ला गर्छन् । हल्ला सुनेपछि आत्तिन्छ तर्सन्छ । जता पायो उतै दौडन्छ' उनले भने । आत्तिएको गैंडाले मान्छेलाई आक्रमण गर्ने उनले बताए।
चितवन निकुञ्ज र यस आसपाको क्षेत्र विश्वकै दुर्लभ एक सिंगे गैंडाको मुख्य वासस्थल हो । चितवन निकुञ्जका प्रमुख कुँवरले बस्तीमा गैंडा देख्दा भीड र होहल्ला नगर्न र नजिकको प्रहरी कार्यालय, निकुञ्ज आरक्ष वा जिल्ला वन कार्यालयमा फोन गर्न सर्वसाधरण समक्ष अपिल गरेका छन् ।
भिडियो