फेरि थपियो ७ दिन सार्वजनिक बिदा
१९ फागुन २०७८
•
३ मिनेट पाठ
फेरि थपियो ७ दिन सार्वजनिक बिदा
नेपालमा यसै पनि सार्वजनिक बिदा बढी हुने गरेको छ। त्यसमा पनि वर्तमान सरकारले अझ ७ दिन थप गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अघिल्लो सरकारले दिँदै आएको सार्वजनिक बिदामा शेरबहादुर देउवा नेतृत्वले सरकारले २०७९ सालका लागि अरू ७ दिन सार्वजनिक बिदा थप गरेको हो।  




मन्त्रिपरिषद्बाट निर्णय गरेर सार्वजनिक बिदा थप भएका हुन्। सार्वजनिक बिदा दिन मन्त्रिपरिषद्बाट निर्णय गराउनु पर्छ। गृह मन्त्रालयका सहसचिव तथा आन्तरिक व्यवस्थापन महाशाखाका महाशाखा प्रमुख शिवराम पोखरेलले २०७९ सालका लागि थप ७ दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्बाट गरिएको जानकारी आफूले पाएको बताए।

पोखरेलका अनुसार थप गरिएका ७ दिनको बिदामा दसैंमा एक दिन थप बिदा दिइएको छ। गृह मन्त्रालयका अनुसार अबदेखि दसैको टीकाको पर्सिपल्टसम्म बिदा दिने निर्णय गरिएको छ। यसअघि दसैंमा टीकाको भोलिपल्टसम्म मात्रै बिदा दिने गरिएको थियो।

यसैगरी, मुस्लिम समुदायका लागि ३ दिन बिदा थप गरिएको छ। गृहका अनुसार १ दिन इद, १ दिन बकर इद तथा १ दिन मुस्लिम धर्मका प्रवद्र्धक मोहम्मदको जन्मदिनमा बिदा दिने निर्णय गरिएको छ। यसैगरी सरकारले १ दिन सोनाम ल्होसार तथा १ दिन ग्याल्पो ल्होसारको दिन बिदा दिन निर्णय गरेको छ। अबदेखि सरकारले धान्यपूर्णिमामा पनि १ दिन सार्वजनिक बिदा दिने भएको छ।

सरकारले गरेको निर्णयअनुसार गृह मन्त्रालयले बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तत्कालीन केपी ओली नेतृत्व सरकारले २०७७ चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गरी २०७८ मा दिने बिदाको सूची सार्वजनिक गरेको थियो। उक्त सूचीमा कृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको थिएन। देउवाले सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराइ भदौ १४ गते कृष्ण जन्माष्टमीको बिदा दिएको थियो। संघीय सरकारले मात्र नभई प्रदेश तथा स्थानीय सरकारहरूले पनि मनपरी बिदा दिने गरेका छन्।

प्रदेश तथा स्थानीय सरकारले बिदा दिने विषयमा पनि कानुनमा व्यवस्था गरिएको छ। यसबाहेक अपर्झट अवस्था या संक्रमणकालीन अवस्थामा संघीय मन्त्रिपरिषद्ले निर्णय गरी बिदा दिने चलन छ। तर, मन्त्रिपरिषद्ले मनपरी सार्वजनिक बिदा घोषणा गर्दा केही व्यक्तिलाई फाइदा भए पनि आमरूपमा सेवाग्राहीलाई कठिनाइ उत्पन्न हुने विज्ञहरू भन्छन्।

प्रदेश सरकार कार्य सञ्चालन कार्यविधिले प्रदेश सरकारलाई वर्षभरि ६ दिन तथा स्थानीय सरकार कार्यसञ्चालन कार्यविधिले स्थानीय सरकारलाई वर्षभरि तीन दिन बिदा दिनसक्ने व्यवस्था गरेको छ। तर, कार्यविधिबाहिर गई प्रदेश सरकार तथा स्थानीय सरकारले सार्वजनिक बिदा घोषणा गर्ने गरेका छन्।  

२०६६ सालमा तत्कालीन सरकारले सार्वजनिक बिदाबारे अध्ययन गर्न तत्कालीन गृह सचिव गोविन्द कुसुमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलमा संघीय मामिला मन्त्रालय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति मन्त्रालयका सचिव सम्मलित थिए।

उक्त कार्यदलले सार्वजनिक बिदा दिने व्यवस्थामा ठूलो मात्रामा कटौती गर्न सरकारलाई सिफारिस गरेको थियो। साथै, सातामा दुई दिन बिदा दिन र बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय राख्न सरकारलाई सिफारिस गरेको थियो। तर, उक्त प्रतिवेदन कार्यान्वयनमा आएन ।

मन्त्रिपरिषद्ले बीचबीचमा बिदा घोषणा गर्दा आम रूपमा सेवाग्राहीलाई मर्का पर्ने प्रशासन विज्ञहरूको भनाइ छ। पहिले नै कामको योजना बनाएका सेवाग्राहीहरूलाई बीचबीचमा बिदा घोषणा गर्दा मर्का पर्ने उनीहरूको भनाइ छ।

२०७७ चैत ९ गते छापिएको राजपत्रमा पर्व बिदा, सम्बन्धित धर्म संस्कृतिक भौगोलिक स्थानमा दिने बिदा, जात्रा बिदा, दिवस बिदा, दसैं बिदा, तिहार बिदा गरी विभिन्न किसिमका बिदा दिने घोषणा गरिएको छ। विज्ञहरूका अनुसार नेपालमा दिइने सार्वजनिक बिदाको संख्या अन्य देशहरूको तुलनामा बढी छन्। नेपालमा सार्वजनकि बिदाको संख्याको कटौती गर्न सरकारलाई सिफारिस गरिएको बिदा अध्ययन टोलीका एक सदस्यले बताए।
अर्को समाचार
०८१ सालमा पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो
०४ फागुन २०८०
•
१ मिनेट पाठ
०८१ सालमा पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो
सरकारले आगामी वर्ष ०८१ सालमा पृथ्वी जयन्तीको दिन पुस २७ र सहिद दिवसको दिन माघ १६ गते सार्वजनिक बिदा दिने भएको छ। ०८१ सालमा यी दुई दिन थप बिदा घोषणा भएका हुन्।




०८१ सालमा दिइने सार्वजनिक बिदाको सूचि सरकारले राजपत्रमा प्रकाशित गरेको छ। प्रकाशित सूचि अनुसार सरकारले वैशाख १ गते नयाँ वर्षको दिन र वैशाख ५ गते राम नवमीको दिन बिदा दिने भएको छ। वैशाख पूर्णिमाको अवसर पारेर सरकारले वैशाख १० गते बिदा दिने भएको छ।

सरकारले सार्वजनिक गरेको बिदाको सूचि अनुसार भदौं ३ गते (रक्षाबन्धन) तथा भदौं १० गते (श्रीकृष्ण जन्माष्टमी पर्व) पर्व बिदा दिइएको छ। 

०८१ सालमा घटस्थापना १७ असोजमा परेको छ। उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको छ। दसैँ बिदा असोज २४ देखि असोज २८सम्म दिइएको छ। यसैगरी तिहार बिदा कात्तिक १५ देखि कात्तिक १९ सम्म ४ दिनका लागि बिदा दिइएको छ।

०८१ सालमा छठ पर्व कार्तिक २२ तथा क्रिसमस डे पुस १० परेको छ। यी दुई दिन सरकारले सार्वजनिक बिदा दिएको छ। 

यसैगरी मंसिर ३० गते धान्य पूर्णिमा, पुस १५ मा तमु ल्होसारमा पनि सरकारले बिदा दिने भएको छ। यसैगरी माघ १ गते माघे सक्रान्तिको दिन सरकारले बिदा दिने भएको छ।

माघ १७ गते सोनाम ल्होसार तथा फागुन १४ गते महाशिवरात्रि पर्व परेको छ। यी दुई दिन पनि सरकारले सार्वजनिक बिदा दिने भएको छ। 

०८१ सालमा ५३ शनिबार परेका छन्। सामान्यतया एक वर्षमा शनिबार ५२ वटा पर्छन्।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस