तीन वर्षमा बाघको आक्रमणबाट २९ जनाको मृत्यु
१९ फागुन २०७८
•
२ मिनेट पाठ
तीन वर्षमा बाघको आक्रमणबाट २९ जनाको मृत्यु
तीन वर्षमा बाघको आक्रमणबाट २९ जनाको ज्यान गएको छ। बर्दिया र बाँके निकुञ्जमा बाघ बढेसँगै बाघ आक्रमण घटना दाहोरिएका छन्। मध्यवर्ती क्षेत्र,खाता जैविक मार्गमा तीन वर्षमा बाघको आक्रमणबाट ज्यान गएको रेकर्डले पुष्टि गर्छ।




पछिल्लो तीन वर्षको अन्तरालमा बर्दियासँग जोडिएको कैलाली र बाँके निकुञ्जमा बाघको आक्रमणबाट २९ जनाले ज्यान गुमाएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरियाले बताए। ‘शून्यचोरी शिकारी र आहारको व्यबस्थापनले प्रत्येक गणनामा बाघ बढेको छ’उनले भने,‘समुदायमा संरक्षण चेतनाका कारण पनि बाघ बढेका छन्।’ पछिल्लो समय बाघको संख्या बढेकोले मानव र बन्यजन्तुबीच द्वन्द्व बढेकाे प्रमुख डा.कडरियाले बताए।

‘जंगलको राजा बाघको मुभमेन्ट भईरहन्छ’उनले भने,‘मुभमेन्ट भएको ठाउँमा हो हल्लाभयो भने बाघ आक्रमक बन्छ।’ बाघले जंगल क्षेत्रमा र दिनको समयमा अक्रमण गरेको बताए। बाघले जंगल क्षेत्रको किनारमा आक्रमण गरेको भेटिएको छ त्यस्तो बाघलाई क्यामरा राखेर अनुसन्धानभइरहेको उनले जानकारी दिए। उनका अनुसार बाघले एक पटक भन्दा बढि आक्रमण गरेको खण्डमा बाघलाई समाएर निकुञ्जको उद्वार केन्द्रहरुमा र चिडिया खानामा राखिने गरिएको छ। बर्दिया निकुञ्ज क्षेत्रबाट ८ वटा बाघलाई उद्धार गरि निकुञ्जको उद्धार केन्द्र तथा बिभिन्न चिडिया खानामा राखिएको छ। त्यस मध्य एउटा बाघ बाँकेको राप्ती सोनारीबाट नियन्त्रणमा लिएको हो।

सन १९८६ मा चितवन राष्ट्रिय निकुञ्जबाट गैडाहरु बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण भएदेखि बर्दियामा राष्ट्रिय प्रकृति संरक्षण कोष स्थापना भएको थियो। कोषले सचेतना,आयआर्जनदेखि मानव र वन्यजन्तबीचको द्वन्द्व न्यूनिकरणको अभियान संचालन गर्दै आएको छ। बि.स. २०५४ साल देखि नियमितरुपमा बर्दिया राष्ट्रिय निकुञ्ज तथा बन जंगलमा रहेका बन्यजन्तुको अध्ययन अनुगमन गर्दै आएको कोषले बाघ गणनामा मूख्य भूमिका निर्वाह गरिरहेको छ। पछिल्लो समयमा बन्यजन्तुको उद्धारको पश्चिम नेपालमा रहेको निकुञ्ज तथा बन कार्यालयहरुलाई राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाकाप्राबिधिक टोलीले आक्रमकबन्यजन्तु नियन्त्रण र उद्धार गर्दै आईरहेको छ।

स्थानीय समुदायलाई बन्यजन्तु संरक्षण गर्न अभिप्रेरित गर्दै समुदायलाभान्वितहुने कामगर्दैआईरहेको कडरियाको भनाई छ।चोरी सिकारी नियन्त्रण गर्न युवाहरुको समुह बनाई परिचालन गर्ने,स्थानीयलाई सामुदायिक बन संरक्षण सचेतनाका साथसाथै निकुञ्ज क्षेत्र तथा बन जगंल आसपासका क्षेत्रमा बन्यजन्तुले आक्रमण नगर्न बैकल्पिक बालिहरु रोप्ने, आयआर्जनका गतिबिधिमा स्थानीयलाई प्रत्यक्ष रुपमा सहभागि गराई रहेको उनले खुलाए।बाघ गणना चार वर्षको अन्तरालमा गरिन्छ। अघिल्लो गणनामा बर्दियामा ८७ वटा र बाँकेमा ४ वटा बाघको संख्या थियो। बर्दिया र बाँकेमा यतिबेला बाघ गणना भईरहेको छ। सय बढि बाघ बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको कर्मचारीको अनुमान छ।
अर्को समाचार
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
०३ मंसिर २०८०
•
१ मिनेट पाठ
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। राजापुर नगरपालिका–१० सुकुम्बासी टोलकी २५ वर्षीय ममता सुनारको आइतबार दिउँसो मृत्यु भएको हो।




बाघले आक्रमण गर्दा सख्तघाईते भएकी महिलालाई उपचारको लागि बर्दिया अस्पताल लैजाँदा लैजाँदै बाटोमा मृत्यु भएको डिभिजन वन कार्यालयका सुचनाअधिकारी द्रोणराज शर्माले बताए।

आइतबार साढे १२ बजे नेपाल भारत सीमावर्ती जङ्गलमा घाँस काट्न गएको बेला महिलालाई बाघले आक्रमण गरेको हो। ‘मृतकसँगै घाँस काट्न गएका अन्य दुई स्थानीय बाघको आमुन्नेसामुन्ने परेर झस्किएर आत्तिएका छन्’ सूचना अधिकारी शर्माले भने,‘उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको जानकारी छ।’ उनीहरूको अवस्था भने सामान्य रहेको सूचना अधिकारी शर्माले जानकारी दिए।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस