बन्दमा भोकै मजदुर (फोटो कथा)
२४ चैत्र २०७१
•
४ मिनेट पाठ
बन्दमा भोकै मजदुर (फोटो कथा)
पाल्पा— हजुरको नाम के होला ? उनले सुकेको ओँठ थर्थराउँदै उप्काइन् र भनिन्–'नाम काली पेट खाली।' नाम्लो गोजीमा कोचेर निन्याउरो मुख लगाएर आडैमा बसेका रिमबहादुर कुमाल फिस्स हाँसे। नाम्लो गुजुमुट्ट पारेर सिरानी लगाएका बाँकी दुईजना पुरुष पनि चल्मलाएर केहीबेरमै ब्युँझे। कमाएर गुजारा गर्ने यी मजदुर बजार बन्द हुँदा मंगलबार भोकै भेटिए।




तानसेन हुलाक चोक मजदुरको जमघट हुने थलो हो। बजार खुल्दा उनीहरु काम बट्याउन चनाखो देखिन्थे। बन्दमा उनीहरुलाई कज्याउने 'साहु' कोही आएनन्। चहलपहल हुने हुलाक चोक सुनसान थियो।
bandhako dukha

रिमबहादुर र काली कुमाल।

'आज भोकै बस्नुपर्ने भयो है ?', मेरो प्रश्नमा काली कुमालका आँखा भरिएर आए। 'आज त नखाएर बाँचुला' उनले उल्टै चिन्तामिश्रित प्रश्न गरिन् 'भोली, पर्सी पनि बन्द भन्छन् हो र बाबु ?'

विशाल बजारमा बीपीको शालिक घेरेर बसेका एक हुल मजदुरहरु भेटिए। लाग्थ्यो उनीहरु बीपीलाई आफ्नो दुःख सुनाउन त्यहाँ भेला भएका छन्। केही शालिकको पेटीमा टाउको राखेर मस्त निद्रामा थिए।
bandhako dukha7
बेखर्ची एक मजदुर आफ्ना साथीसँग पैशा सापटी माग्दै थिए। 'पचास रुप्या भएपनि देउ न,' माग्ने तारन्तार बिन्ती गर्थे। 'तिम्लाई दिएर पर्सीसम्म मैले के खाने?' अर्काले जवाफ फर्काए।

'नबोल लालकुमारी! माओवादीले नजाती मान्छन्'


'साहुका घर गएर बँचेको भात मागेर पनि ज्यान त पाल्नै परो' लालकुमारी कुमाल भन्दै थिइन् 'नेपाल बन्द हुँदा हाम्रो मुखै बन्द हुन्छ, कसैले पनि बन्द नगरे हुन्थ्यो।' अर्का रामबहादुर रानाले ट्याप्पै कुरा समाए–'हाम्ले भनेर कस्ले सुन्छ र! तिमी नबोल है लालकुमारी, माओवादीले नजाती मान्लान्।' उनलाई लागेको रै'छ बन्दको बिरोध गर्दा उल्टै झमेला हुनसक्छ। त्यसैले उनी सम्झाउँदै थिए –'बोल्न हुन्न् है।'

अघिपछि सामुन्नेमा हिड्ने हुलका हुल मान्छेका खुट्टामा इन्द्रबहादुरको नजर गडेको हुन्थ्यो। च्यातिएका जुत्ता चप्पल सिलाएर गुजारा गर्ने उनी आन्दोलन चोकमा जुटेका प्रहरीका बुट हेर्दै सडक पेटीमा झोँक्राएका थिए। सिलाइका सामग्री भएको झोला पनि बन्द थियो। सिउने धागोका नल्की र आफ्नै चप्पल थुपुक्क मिलाएर अगाडी राखेका थिए।

bandhako dukha1

बन्दले बेरोजगारी इन्द्रबहादुर

सधैँको साथी नाम्लो पनि आज घाँडो भएको छ। कोही कम्मरमा, कोही अटेसमटेस गोजीमा नाम्लो कोचेका छन्। पटुकी र पाखुरीमा च्यापेको नाम्लोले आज कामै पाएन।

पाल्पा उद्योग बाणिज्य संघका सदस्य एवम् व्यावसायी शैलेन्द्र भट्टराईका अनुसार तानसेनमा दैनिक मजदुरी गर्नेको संख्या तीनसय भन्दा बढी छ। 'एकजना मजदुरसँग परिवारका अरु पनि आश्रित हुन्छन्' भट्टराई भन्छन् 'तानसेन जस्तो सहरमा मात्रै हजारभन्दा बढी मजदुर र परिवार बन्दले प्रत्यक्ष मारमा पर्छन्।'देशभर यस्ता कति मान्छे होलान् ?

bandhako dukha3

bandhako dukha4

पैसा सापट माग्दै मजदूर

bandhako dukha5

बन्दका कारण फुर्सदिला भएका महिला मजदूरहरु

bandhako dukha2

बन्दले खोस्यो काम।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस