काठमाडौं-चैत १३ गते अशोकनाथ प्याकुरेल आफ्ना बाबुको मृत्यु दर्ता गराउन काठमाडौं महानगरपालिका वडा २९ को कार्यालय ठमेल पुगे। सरकारले ११ गतेदेखि अनलाइन घटना दर्ता सुरु गरेको थाहा पाएका उनले वडा पुगे पनि उनलाई अनलाइन दर्ता गराउनुपर्योे। त्यसपछि मात्र उनले दर्ता प्रमाणपत्र प्राप्त गरे।काजगी फारम भर्नुपर्ने भएपछि वडा कार्यालयले होइन, आफैं गर्नुपर्ने अवस्था आयो। र, नजिकैको साइबरमा पुगेर फर्म भराए। सकिएपछि साइबरले ५ सय रुपैयाँ मागे। तर उनका सहयोगीका रुपमा पुगेका शैलेन्द्र खनालले ३ सय ५० रुपैयाँ नै दिए।
‘केहीछिनकै काम थियो तर ३५० रुपैयाँ नै दियौं,' वडा कार्यालयमा भेटिएका खनालले भने, ‘केहीबेरका लागि मात्रै तेत्रो पैसा खर्च भो।' सरकारले निःशुल्क गर्ने घटना दर्ताका लागि व्यर्थमा यसरी पैसा दिनुपर्दा उनी जस्ता सेवाग्राही वडा कार्यालयसँग रिसाउनु स्वाभाविक हो। जन्म, मृत्यु, बसाइसराइ, सम्बन्धविच्छेद र विवाह दर्ता (पञ्जीकरण) गर्दा सरकारले सुरुमा अनलाइन फारम भर्नुपर्ने व्यवस्था लागु गरे पनि यसले सर्वसाधारणमा झन्झट पैदा भएको देखिन्छ।
सरकारले सर्वसाधारणले घरमै बसीबसी फारम भर्न सकून् भनेर यस्तो सेवा ल्याएको बताए पनि अनभिज्ञताका कारण यस्तो समस्या हुने वडा कार्यालयहरुले बताएका छन्। सर्वसाधारणले मात्र होइन, वडा कार्यालयलाई पनि झन्झट देखिने गरेको छ। ‘कतिपय सेवाग्राहीले घटना दर्ता गर्न जान्दैनन्, त्यसपछि सिधै वडा कार्यालय आउँछन्,' सो वडाका प्रशासकीय प्रमुख सुमन अधिकारीले नागरिकसँग भने, ‘हामीसँग भएका एक कम्प्युटर अपरेटरलाई भ्याइनभ्याइ हुन्छ।' युनिकोट टाइप गर्न, इन्टरनेट चलाउन कतिपयले नजान्ने र कतिपयकोमा इन्टरनेट पहुँच नै नहँुदा समस्या पर्ने गरेको उनले बताए।
सामान्यतः विवाह दर्ताका लागि अनलाइन भर्दा ४५ मिनेट लाग्ने वडाका कम्प्युटर अपरेटर चित्रमणि पन्तले बताए। ‘भर्ने काम हाम्रो होइन भनेर पाइँदैन, कतिपय केही नजान्ने हुन्छन्, उनीहरुको निहुँमा अन्यले पनि काम गराउँछन्,' उनले नागरिकसँग भने, ‘दैनिक १० जना यसरी आउँदा अन्य कामलाई असर गर्छ। प्रत्येकलाई करिब ४५ मिनेट लाग्छ। उसैले भरेर आए १५ मिनेटमै प्रमाणपत्र पाउँछ।'
प्रशासकीय प्रमुख अधिकारीका अनुसार वडा कार्यालयको प्रशासकीय कार्यविधि २०७० अनुसार प्रत्येक वडाले पञ्जीकरणसहित ७३ प्रकारका काम गर्छन्। ‘दैनिक ७३ प्रकारका सेवा दिँदा हामीले फेरि फारम भर्दिन कहाँ सक्छौं?' उनले प्रश्न गरे, ‘सरकारले सेवा सुरु गर्ने अनि तयारीलाई वास्ता नगर्ने?' सरकारले छुट्टै कर्मचारी राखे मात्र सेवा सहज हुने उनले बताए।
महानगरपालिकाका १९ वटा वडामा अहिले यो सेवा सुरु भइसकेको महानगरपालिकाले जनाएको छ। पहिलो चरणमा काठमाडौं, ललितपुर, इलाम, झापा र पाल्पामा यो सेवा सुरु गरेको सरकारले धेरै तयारी नगरेकाले यस्ता अप्ठेरा आएको केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक वसन्तराज गौतमले बताए।
‘सर्वसाधारणले साइबरमा भर्दा महँगो तिर्छन् भन्नेसँग सवाल भएन। यो त उनीहरुलाई सरकारले आफैं भर्न दिएको सुविधा पनि हो,' उनले भने, ‘अथवा वडाले नै थोरै रकम लिएर फारम भरिदिने कर्मचारी करारमा राख्न सक्ने व्यवस्था गरे पनि केही सहज हुन्छ।'
उनले वडाकै कर्मचारीले फारम भरेर बस्नु नपर्ने बताए। ‘यो नेपालका लागि नयाँ कुरा हो। नयाँ गर्दा आएका त्रुटिलाई हामीले सुधार गर्दै लैजान्छौं,' उनले भने। सरकारले केही वर्षभित्र ७५ जिल्लाबाटै यो सेवा विस्तार गर्ने तयारी गरिरहेको उनले बताए। मंगलबारसम्म पाँच जिल्लामा अनलाइनबाट करिब २२ सयले फारम भरेको विभागले जनाएको छ। विभागको डिओसिआर डट जिओभी डट एनपीमा गएर सर्वासाधारणले घरमै बसीबसी फारम भर्न सक्छन्। अनलाइन फारमका आधारमा नागरिक तथा अन्य आवश्यक कागजात हेरेर स्थानीय निकायले प्रमाणपत्र वितरण गर्छन्।