काठमाडौं-मन्त्रालयको स्वीकृतिबिना क्यानडा पुगेका काठमाडौं महानगरपालिकाका कर्मचारीले कार्यालय प्रमुखको मैखिक आदेशले पुगेको बताएका छन्। महानगरपालिकाले सोधेको प्रश्नमा उनीहरुले यस्तो जानकारी गराएका हुन्।‘कार्यकारीले यथार्थ विवरण पेस गर्न' पत्र काटेकामा उनीहरुले यस्तो जानकारी गराएको महानगरपालिका स्रोतले जानकारी दियो। तीन कर्मचारीले एउटैखाले उत्तर दिएको जानकारी नागरिकलाई प्राप्त भएको छ।
चारवटा प्रश्न पत्रमा सोधिएकामा क्रमशः कार्यकारीको मौखिक आदेशमा गएको, समय नपुगेर मन्त्रालयमा सहमति नलिएको, आफूहरु मात्र गएको र आयोजक सहरले खानबस्न तथा हवाई टिकट महानगरपालिकाले बेहोर्ने गरी पुगेको जवाफ पठाएका हुन्। महानगरपालिकाले क्रमशः ‘कसको स्वीकृतिमा गएको?, स्थानीय विकास मन्त्रालयको सहमतिबिना किन?, अरु को–कोलाई लगेको? र, जाँदा र आउँदाको खर्च कसले बेहोरे?' प्रश्न १९ गते गरेको थियो।
यसबारे महानगर प्रमुख तथा कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकार केही बोल्न चाहेनन्। ‘मेरो टेबुलमा आएको छैन,' उनले छोटो बोल्दै भने, ‘चिठी नहेरी केही बोल्दिनँ।' तर कर्मचारीलाई कारबाही गर्ने मनसाय नै कार्यकारीमा नभएको एक कर्मचारीले बताए। ‘कार्यकारीले चाहेको भए २३ गते आएको पत्र पहिल्यै हेरिसक्थे,' ती कर्मचारीले भने, ‘अहिलेसम्म कुरेर बस्नुपर्ने अवस्था छैन। महाशाखाले उनीहरुको जवाफलाई विभाग लगे पनि विभागले पुनः प्रशासन महाशाखा पुर्याकएको छ। पत्र अगाडि बढ्ने लक्षण छैन।'
मन्त्रालयको स्वीकृतिबिना भिसा प्रक्रियासमेत सुरु गर्न नपाइने हुँदाहुँदै उनीहरु भने पत्र पेसमात्रै गरेर चेत १ गते क्यानडा उडेका थिए। वातावरण महाशाखा प्रमुख हरि कुँवर र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख नुरनिधि न्यौपानेसँग मात्र विवरण माग गरेकामा तीनैले एकै जवाफ पठाएको कार्यकारीले बताए। कार्यक्रममा वडा ६ का इन्जिनियर निर्मल भट्टराई र कार्यान्वयन महाशाखाका नगर निरीक्षक राजु पाण्डे पुगे पनि तीन जनाले उनीहरुबारे थाहा नभएको विवरण दिएका छन्।
चैत १ गते उनीहरु क्यनडा पुगे पनि सबै कर्मचारी कार्यालयको काममा छन्। स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कारबाही गर्न जोड दिए पनि कारबाही प्रक्रिया ढिला भइरहेको महानगरका अर्का कर्मचारीले बताए। ‘यसको छानबिन गरे मन्त्रालयले गर्छ नभए यहाँबाट केही हुँदैन,' उनले भने, ‘कार्यकारी कर्मचारीलाई कारबाही गर्ने पक्षमा देखिँदैनन्।'
उनीहरुले महानगरपालिकाको लेटरप्याड दुरुपयोग गरेर अन्यलाई पनि लगेको भन्ने आए पनि महानगरपालिकाले यसबारे बिहीबारसम्म केही बोलेको छैन। स्थानीय स्वायत्त शासन नियमावली २०५६ को नियम २ सय ५८ को काज खटाउनेसम्बन्धी बुँदाले स्थानीय निकायका कुनै कर्मचारीलाई विदेशमा काज खटाउनुपूर्व मन्त्रालयको स्वीकृति लिनुपर्नेमा उनीहरुले बेवास्ता गरेका थिए।