कालिकोटका युवा कृष्ण हमाललाई कुटपिट गरेर मारेको आरोपमा जिल्ला प्रहरी कार्याल सुर्खेतले प्रहरी चौकी सुब्बाकुनाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सई) शेरसिंह धामीलाई पक्राउ गरेको छ। मृतक हमालका बुवा हिराचन्द्र बरालले दिएको कर्तव्य ज्यान (ज्यान सम्वन्धी कसुर) मुद्दामा सई धामीलाई पक्राउ गरेर हिरासतमा राखिएको प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।
प्रहरीले शेरसिंहलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ। बाँकेको नेपालगञ्जबाट भे१क ९२२ नम्वरको मिनी ट्रकमा आउँदै गरेका हमाल र ट्रकका सहचालक तिलक शाहीलाई चेकजाँचका क्रममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र अन्य कागजात नभएको भन्दै कुटपिट गरेका थिए।
मृतकका बुवा हिराचन्द्रले प्रहरीमा दिएको जाहेरीमा वीरेन्द्रनगर–११ स्थित सुब्बाकुनामा शुक्रबार राति १०ः४० बजे सई शेरसिंहले प्रहरी चौकी नजिकै रहेको सडक विभागको गेटभित्र लिएर कुटपिट गरेको उल्लेख छ। ‘मृतक हमाल र ट्रकका सहचालक शाहीलाई सडक विभागको गेटभित्र पुर्याएर सई सेरसिंह धामीले मरणासन्त हुने गरेर कुटपिट गरेका कारण मृत्यु भएको हो,’ जाहेरीमा भनिएको छ, ‘अन्यायीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दपफा १७७ बमोजिम ज्यान सम्बन्धी कसुर गरेकाले कानुन बमोजिम हदैसम्मको कारबाही गरिपाउँ।’ जाहेरीमा सई धामीले कुटपिटसँगै भिडियो पनि बनाएको र छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको ट्रक रोकेर बाङ्गेसिमलसम्म पुर्याइदिनु भन्दै चढाएको उल्लेख छ।
मृतकले आफूलाई प्रहरीले संवेदनशिल अंगमा कुटपिट गरेको उनीसँगै रहेका शाहीलाई बताएका थिए। शनिबार विहान मिनी ट्रक बुझ्न गएका गाडी साहु बलबहादुर विसीले आफूले सुरुमा देख्दा सहचालक शाहीको अवस्था सामान्य रहेको र हमाल उठ्न नसक्ने अवस्थामा रहेको बताएका छन्। ‘गाडी छुटाएर उमा पेट्रोल पम्प नजिक आएपछि हमालले पानी मागे, गाडी रोकेर पानी दिएँ,’ उनले भने, ‘चाइनापुल नजिकै समान लोड गर्दासम्म हमाल गाडीमै थिए।’ उनका अनुसार समान लोड गरेर गाडीमा बस्दा हमाल बेहोस थिए। ‘लगत्तै हामीले सुर्खेत अस्पताल पुर्यायौं,’ उनले भने, ‘चिकित्सकले मृत्यु भइसकेको बताउनु भयो।’
जिल्ला प्रहरी कार्यालयका डिएसपी घर्तीले घटना अनुसन्धानकै क्रममा रहेको बताए। ‘पीडित पक्षको जाहेरी नआउँदै शनिबारदेखि सुब्बाकुना प्रहरी चौकीका इन्चार्ज सई धामीलाई नियन्त्रणमा राखेका थियौ, जाहेरी आएको छ, सोही अनुसार अनुसन्धान प्रक्रिया अघि बढाउँछौं।’ प्रहरीका अनुसार प्रारम्भिक बयानमा धामीले सामान्य कुटपिट गरेको बताएका छन्। ‘पोष्टमार्टम नभएकाले अहिलेकै मृत्युको कारण यहीँ हो भन्न सकिने अवस्था छैन,’ डिएसपी घर्तीले भने, ‘पोष्टमार्टम रिपार्ट र अनुसन्धानमा देखिएका तथ्यका आधारमा थप अनुसन्धान गर्छौं।’
मृतकका आफन्तहरुले कुटपिटमा संलग्न प्रहरी चौकी इन्चार्जलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन्। क्षतिपूर्तिका विषयमा निर्णय नहुँदा आफन्तले पोष्टमार्टम गर्न मानेका छैनन्।