निवृत राष्ट्रसेवक समाज नेपाल ताप्लेजुङको तेस्रो वार्षिक साधारणसभाको अवसरमा ७५ वर्ष वा सो भन्दा माथि उमेर समूहका २० जना सेवा निवृत राष्ट्रसेवकलाई सम्मान गरिएको छ।
समाजले सोमबार फुङ्लिङमा आयोजित एक कार्यक्रममार्फत् सेवा निवृत अग्रज सदस्यहरुलाइ सम्मान गरेको हो। फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा)ले अविर र ढाकाको मख्लरसहित सम्मान गरे।
सो अवसरमा उपप्रमुख भट्टराईले सेवा निवृत राष्ट्रसेवकहरुको सीप र अनुभवलाई अहिलेको पुस्ताले प्रयोग गर्न सके राज्यका हरेक क्रियाकलाप र कार्यसम्पादन सहज हुने विश्वास लिए। हरेक निकायले सेवा निवृतहरुको अनुभवलाई उपयोग गरेर आफ्नो कार्य सम्पादनको माग सहज हुने उनको विश्वास थियो।
कार्यक्रममा सेवा निवृत राष्ट्रसेवक समाजका जिल्ला उपाध्यक्ष बलबहादुर ओख्राबु, सल्लाहकार संयोजक डिल्लीरमण बराल, आर्थिक विभागका टामन सिग्देल लगायतले सेवाकालिन अनुभव र सेवानिवृत परिवेश बारे बोलेका थिए।
कार्यक्रममा निवृत राष्ट्रसेवक समाज नेपाल ताप्लेजुङका सचिव सूर्यप्रसाद भट्टराईले सांगठनिक तथा कोषाध्यक्ष मातृकाप्रसाद नेपालले आर्थिक प्रतिबेदन पेश गरेका थिए। साधारणसभाकै अवसरमा समाजका आजिवन सदस्यहरुलाइ प्रमाणपत्र समेत वितरण गरिएको थियो।
निवृत राष्ट्रसेवक समाज नेपाल ताप्लेजुङका अध्यक्ष मोहनकुमार राईले समाजको संंस्थागत सम्मुनतीका लागि हरेक निवृत राष्ट्रसेवकहरुको उच्च योगदान रहनुपर्नेमा जोड दिए। उनले निवृतहरुको वौद्धिक क्षमतालाई सदुपयोग गर्न सके सम्बन्धित पक्षले ठूलो लाभ लिने विश्वास लिए।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...