तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन। हावाको बेग नरोकिदा आगो नियन्त्रणमा ल्याउन नसकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिए।
‘त्यस क्षेत्रमा २० किलोमिटर प्रतिघन्टाको दरले हावा चलिरहेको छ,’ आछामीले भने, ‘जसका कारण आगो नियन्त्रणभन्दा बाहिर गएको छ।’ आगलागीबाट विमानस्थलमा कुनै खतरा नभएपनि धुवाका कारण उडान प्रभावित बनेको उनले सुनाए।
खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकप्टर झिकाइएको जानकारी दिए। हावाको बेगका कारण हेलिकप्टरबा निभाउने प्रयास पनि केही क्षणका लागि रोकिएको छ।
आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिए। अहिले विमानस्थल सञ्चालनमा भएपनि उडान सहज रुपले हुन नसकेको बताइएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलँदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले जानकारी दिए।