भक्तपुरमा फेरि एउटा नयाँं फल्चा (सार्वजनिक पाटी) पुननिर्माण सम्पन्न भएको छ। भक्तपुर नगरपालिका नपा वडा नं.३ बाराहीस्थानको हनुमान (भुजू) पाटीको पुननिर्माण सम्पन्न भएको हो। पाटीको सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रिबन काटेर उद्घाटन गरे। भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पाटी पुनःनिर्माण भएको भक्तपुर नगरपालिकाले जनाएको छ।
यसअघि पाटी पुननिर्माणका लागि स्थानीय रामसुन्दर खाताखोको अध्यक्षतामा हनुमान पाटी उपभोक्ता समिति गठन गरिएको थियो। कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष कुमार जाकिबन्जारले २४ लाख १३ हजार एक सय २२ रुपैयाँं खर्च भएको जनाए। पाटी पुननिर्माणका लागि रु. ३७ लाख १० हजार २८७ मा लागत इस्टिमेट भएको उनले स्मरण गरे। उपभोक्ता समितिमार्फत् काम भएकोले लागत इष्टमेट भन्दा कम खर्च हुने गरेको उनले बताए।
कार्यक्रममा प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्मित संरचनाहरु इस्टिमेटभन्दा कम लागतमा गुणस्तरीय ढंगले निर्माण हुने गरेको अनुभव सुनाए। भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गाराले नगरस्तरीय बजेटबाट निर्मित पाटीमा प्राप्त स्थानीय जनताको सुझाव र सहयोग अमूल्य भएको बताए। कार्यक्रममा स्थानीय चन्द्रभक्त भुजू, कार्यपालिका सदस्य सुनिता अवाल र वडा सदस्य कृष्णगोपाल चौगुठीलगायतले स्थानीय पाटी बनेको भन्दै खुसी व्यक्त गरे।