भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ बागरेस्थित तरकारी खेती हुदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र अर्धनग्न अवस्थामा एक महिला मृत अवस्थामा भेटिएकी छिन्।
हाल एकिन नामथर वतन नखुलेकी अन्दाजी ३५/४० वर्षकी महिलाको शव परालले छोपेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई हेर्दा मृतक महिलाको घाँटी अगाडिकाे भागमा गहिरो चोट, शरिरको अन्य भागहरुमा समेत काटेको चोटहरु र अर्धनग्न अवस्थामा रहेको देखिएको प्रहरीले जनाएको छ।
घटनास्थल प्रकृति तथा शव जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।