सेनाको सामग्री खरिदमा अनियमितता
०२ वैशाख २०७२
•
१० मिनेट पाठ
सेनाको सामग्री खरिदमा अनियमितता
काठमाडौं-नेपाली सेनाले एउटा प्रयोजनका लागि भनेर सरकारलाई झुक्याउँदै अर्को प्रयोजनमा सवारीसाधन खरिद गरेको पाइएको छ। अन्य सामग्री खरिदमा पनि सेनाले अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ।महालेखा परीक्षकको ५२ औं वार्षिक प्रतिवेदनअनुसार सेनाले गत वर्ष संविधानसभा निर्वाचन प्रयोजनका लागि सरकारबाट माग स्वीकृत गराई चुनाव सकिएपछि प्राप्त गर्ने गरी सवारीसाधन खरिद सम्झौता गरेको थियो।
२०७० मंसिर ४ को संविधानसभा निर्वाचन सुरक्षाको जिम्मेवारी लिएको सेनाले सरकारबाट १ सय ३० थान सवारीसाधन खरिदका लागि स्वीकृति लिएको थियो। निर्वाचन मितिअगावै खरिद गर्नुपर्ने विशेष परिस्थिति भन्दै सेनाले ११ दिनको अवधि दिई ३७ करोड ९० लाख ६० हजार रुपैयाँमा विभिन्न सवारीसाधन खरिद गर्ने सम्झौता गरेको थियो।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार सरकारसँग निर्वाचनको लागि भने पनि सेनाले सम्झौता गर्दा दुईथरी कागज बनाएको थियो, एउटा निर्वाचनअगावै र अर्को निर्वाचनपछि मात्र प्राप्त हुने गरी।
सेनाले त्यतिबेला २ करोड १ लाख ६ हजार रुपैयाँका ४ वटा सवारी साधन मात्र निर्वाचनअघि प्राप्त गर्नेगरी सम्झौता गरेको थियो। बाँकी ३५ करोड ८९ लाख ५४ हजार रुपैयाँ बराबरको १ सय २६ वटा सवारीसाधन भने निर्वाचन सकिएको महिना दिनपछि मात्र प्राप्त हुने गरी सम्झौत गरिएको थियो।
…निर्वाचनका लागि सामान खरिद गर्न प्राप्त भएको रकमबाट सो कार्य सम्पन्न भएपछि सामान प्राप्त गर्ने गरी सम्झौता गरेको देखियो। खरिद गर्दा प्रतिस्पर्धा सीमित भएको र जुन प्रयोजनका लागि समान खरिद गरिएको हो, सोही प्रयोजनमा उपयोग भएको समेत देखिएन,' प्रतिवेदनमा महालेखाले भनेको छ।
निर्वाचनको प्रयोजनका लागि मात्र होइन अन्य प्रयोजनका लागि सवारीसाधन खरिद गर्दा पनि सेनाले प्रचलित नीतिनियमको धज्जी उडाएको छ।
सेनाले ५७ थान पिकअप खरिद गर्दा सरकारलाई ३६ लाख १ हजार रुपैयाँ व्ययभार परेको छ। सेनाले पिकअपका लागि एक आपूर्तिकर्ताले पेस गरेको १५ करोड ५७ लाख ७१ हजारको बोलपत्र हटाई १५ करोड ९३ लाख ७२ हजार रुपैयाँको बोलपत्र स्वीकृत गरेको थियो। दुवै बोलपत्रदाताको …स्पेसिफिकेसन' सेनाले तोकेकोभन्दा फरक पाइएको छ।
सेनाले आर्थिक वर्ष २०७०/०७१ मा सवारी साधान, अफिस डे्रस, बुट लगायतका सामान खरिद गर्न ३ अर्ब ९५ करोड ७२ लाख २५ हजार रुपैयाँको १ सय ४ वटा ठेक्का सम्झौता गरेको थियो। यीमध्ये ५० ठेक्का नमुना छनोट गरी ९ को प्रतिस्पर्धा स्थिति परीक्षण गर्दा मागेअनुसार सबै मापदण्ड पूरा गरी न्यून दर कबोल गर्ने ६ बोलपत्र छनोट नगरी अन्यलाई ठेक्का दिँदा ४ करोड ३४ लाख २९ हजार बढी आर्थिक भार सरकारले बेहोर्नुपरेको छ।  
आर्थिक कार्यविधि नियमावली, २०६४ अनुसार ठेक्कापट्टा स्वीकृत गर्ने कार्य प्रथम चौमासिक अवधिमा गर्नुपर्ने स्पष्ट लेखिएको छ। तर सेनाको संभाररथी विभागले अघिल्लो आर्थिक वर्ष १ सय ४ वटा ठेक्कामा ३ अर्ब ९५ करोड ७२ लाख २५ हजार रुपैयाँको बिभिन्न सामान खरिद गर्न दोस्रो र तेस्रो चौमासिकमा ठेक्का स्वीकृत गरी सम्झौता गरेको भेटिएको छ।
सार्वजनिक खरिद ऐनमा खरिद गरिने मालसामान आपूर्ति गर्ने अधिकार र एउटा मात्र आपूर्तिकर्तासँग भएको र अन्य विकल्प नभए त्यस्ता सामान उत्पादक वा निजको आधिकारिक बित्रे्कता वा एजेन्टमार्फत सोझै खरिद गर्न सकिने उल्लेख छ।
सेनाले आर्थिक वर्ष २०७०/०७१ मा ७८ लाख ६३ हजारको टाटा, असोक लेल्यान्ड, मारुती जिप्सी र महिन्द्रा गाडीको सेयर पाटर्स प्रोप्राइटरी सामान उल्लेख गरी विभिन्न ५ स्थानीय बित्रे्कताबाट खरिद गरेको भेटिएको छ। बिक्रेताहरू सम्बन्धित उत्पादकको एजेन्ट तथा आधिकारिक बिक्रेताका रूपमा दर्ता भएको प्रमाणबेगर सीधै खरिद गरेर सेनाले अनियमितता गरेको ठहर महालेखाले गरेको छ।
सेनाले खरिद गर्ने जुत्ता, कपडा पैठारी गर्ने लगायतका सामानमा भन्सार महसुल र मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था छैन। तर, सेनाले अघिल्लो आर्थिक वर्षमा चुस्ता, बुट, क्यानभास जुत्ता, जर्सी तथा पाइन्ट कपडा खरिदमा ३ करोड ७७ लाख ८६ हजार भन्सार महसुल र ३ करोड २७ लाख ३९ हजार मूल्य अभिवृद्धि कर छुट पाएको छ।
सेनाले लेथ मेसिन खरिद गर्दा पनि अनियमितता गरेको भेटिएको छ। मेसिन खरिद गर्न परेको सबैभन्दा घटी ८६ लाख ४६ हजारको बोलपत्रलाई पन्छाई सेनाले ९९ लाख २६ हजार रुपैयाँको सम्झौता गरेको छ। नियम पालना नगरी सेनाले मेसिन खरिद गर्दा सरकारलाई १२ लाख ८० हजार रुपैयाँ नोक्सान परेको छ। त्यति मात्र होइन सेनाले खुला बजारमा पाइने लेथ मेसिन पनि सामरिक, सुरक्षा तथा प्रतिरक्षासम्बन्धी सामान खरिद गर्ने कार्यविधि अपनाई खरिद गरेको छ। खरिद गर्ने गलत बाटो अपनाउँदा पर्याप्त प्रतिस्पर्धा हुन नसकेको ठहर महालेखाको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले रासन प्रकृतिको सामानको बहुवर्षीय खरिद सम्झौता गर्न नमिल्ने दिएको रायलाई लत्याउँदै सेनाले ३ वर्षको लागि एकैचोटि सम्झौता गरेको भेटिएको छ। मट्टीतेललगायत इन्धन आपूर्तिका लागि सेनाले २०७० देखि २०७३ सम्म ३ वर्षका लागि २ अर्ब ५३ लाख ८ हजारको ठेक्का सम्झौता गरेको छ। सेनाले प्रतिस्पर्धालाई सीमित बनाएको ठहर महालेखाको छ।
सेनाले कतिसम्म मनोमानी गरेको छ भने पानी तताउने सोलार हिटरलाई समेत रासनअन्तर्गत राखी खरिद गरेको छ। सोलार हिटर पनि तीन वर्षका लागि लागत अनुमान स्वीकृत गरी ठेक्का व्यवस्था सेनाले गरेको छ। उक्त सोलार हिटरका लागि १ करोड ९२ लाख ९८ हजार रुपैयाँ सेवा शुल्क निर्धारण गरी सम्झौता भएको भेटिएको छ।
सेनाले बिस्कुट खरिदमा समेत व्यापक अनियमितता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। …एउटै कम्पनीको बिस्कुट दुई आपूर्तिकर्ताबाट क्रमशः ११ रुपैयाँ र १३.७६ प्रति प्याकेटमा आपूर्ति गर्ने प्रस्ताव गरेको मूल्यांकनमा विश्लेषण नगरी १३.७६ रुपैयाँको ठेक्का स्वीकृत गरेको पाइयो,' महालेखाको प्रतिवेदनमा उल्लेख छ। यसरी महँगोलाई ठेक्का दिँदा सरकारलाई ९ करोड ५८ लाख ८१ हजार रुपैयाँ व्ययभार परेको छ।
यस्तै, सेनाले दूध खरिदमा पनि व्यापक अनियमितता गरेको भेटिएको छ। दूधका लागि बोलपत्र आह्वान गर्दा सबै बोलपत्रदाताले एउटै कम्पनीको दूध आपूर्ति गर्ने उल्लेख गरेका थिए। सबैभन्दा घटी कबोल गर्ने एक आपूर्तिकर्ताले १० करोड ६७ लाख १२ हजार रुपैयाँमा ४९ जिल्लामा स्विटेन्ड कन्डेन्स्ड मिल्क (दूध) उपलब्ध गराउने बोलपत्र पेस गरेको थियो। तर, सेनाले १६ करोड ७१ लाख ८३ हजार रुपैयाँको अर्को बोलपत्र स्वीकृत गरी सम्झौता गर्यो्। यसले ६ करोड ४ लाख ७१ हजार रुपैयाँभन्दा बढी नोक्सान भएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस