विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सीमा क्षेत्रबाट बग्ने सिंघिया खोलामा बुधबार दिउँसो एक जना युवाको शव फेला परेको छ।
सुनसरी धरान नगरपालिका–१६ घर भई विराटनगर–२ मा रहेको स्पर्श नेपाल नामक सुधार केन्द्रमा बस्दै आएका २५ वर्षीय दिलेन्द्र परियार मृत अवस्थामा खोला भेटिएको प्रहरीले जनाएको छ।
सुनसरी इटहरीबाट आएका सशस्त्र प्रहरीको गोताखोर टोलीले दहबाट परियारको शव बाहिर निकालेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले बताए। परियारसहित धरान–१६ का निशान धमला, विराटनगरका दिनेश बस्नेत र रोहित कामत सुधार केन्द्रको मुख्य गेटबाट मंगलबार दिउँसो साढे ४ बजेतिर फरार भएका थिए।
धमलालाई भाग्दाभाग्दै प्रहरी र सुधार केन्द्रको टोलीले नियन्त्रणमा लिएको थियो भने बस्नेत र कामत परिवारको सम्पर्कमा आइसकेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। भाग्ने क्रममा परियार खोलाको दहमा हामफालेपछि बाहिर निस्कन नसक्दा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागुऔषधका दुव्र्यसनी ४ जनालाई परिवारका सदस्यले सुधारका लागि केन्द्रमा १ महिना अघि राखेका थिए।
मृतक परियारका परिवार सदस्य शव बुझ्न नबुभाए पनि सम्झाएपछि शव भने पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको प्रहरीले जनाएको छ। मृतकका परिवारका अनुसार सुधार केन्द्रको गल्तीका कारण मृत्यु भएको बताएका छन्। उनीहरुले घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्। सुधारका लागि ३ महिने कोर्षको एकमुष्ट ६० हजार रूपैयाँ बुझाउने सर्तमा २४ दिनअघि छोरोलाई सुधार केन्द्रमा राखिएको बताएका छन्। घटनाको अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ।