रौतहटको ईशनाथ नगरपालिका नगरद्वारा आयोजित क्रिकेट प्रतियोगिताको अन्तिम दुई दिन नगरमा सार्वजनिक विदा दिएपछि आलोचना भएको छ।
ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहता तथा उपप्रमुख हुस्न आरा दुवै जनाको हस्ताक्षरमा अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा दुई दिन सार्वजनिक विदा दिइएको हो।
नगरका कर्मचारीहरु क्रिकेट प्रतियोगितामा व्यस्त रहनुपर्ने भएकोले दुई दिन सार्वजनिक विदा दिइएको नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ।
क्रिकेटको कारणले दुई दिन सार्वजनिक विदा दिइएको रौतहटमा पहिलो घटना हो। पटक-पटक गरी कैयौँ महिनासम्म सामुदायिक विद्यालय बन्द रहेको अवस्थामा दुई दिन सार्वजनिक विदा दिइएकोमा सबैतिर विरोध पनि भएको छ। सामाजिक सञ्जालमा पनि ईशनाथ नगरको निकै आलोचना भइरहेको छ।