एमसीसीविरुद्धका प्रर्दशनकारी: भक्तपुरबाट रिहा, काठमाडौंबाट पक्राउ
२५ फागुन २०७८
•
२ मिनेट पाठ
एमसीसीविरुद्धका प्रर्दशनकारी: भक्तपुरबाट रिहा, काठमाडौंबाट पक्राउ
महानगरीय प्रहरी बृत जगाती भक्तपुरबाट रिहा गरिनुपर्ने आन्दोलनकारी बुधबार प्रहरीको भ्यानबाटै काठमाडौं लगिदैं।
एमसीसीविरुद्ध आन्दोलनमा होमिएका ८ जना प्रर्दशनकारी अझै प्रहरीको नियन्त्रणमा रहेका छन्। भक्तपुरका विभिन्न क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएका ती आन्दोलनकारीहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार धरौटीमा रिहा गरेको थियो। 

तर, उनीहरुलाई बानेश्वर प्रहरीले पक्राउ गरेको थियो। महानगरीय प्रहरी बृत जगातीबाट रिहा भएका उनीहरुलाई त्यहीबाटै बानेश्वर प्रहरीमा सारिएको थियो।  फागुन १३ गतेदेखि प्रहरी नियन्त्रणमा राखिएका ती आन्दोलनकारीहरुलाई अभद्र व्यवहार सार्वजनिक मुद्दा अन्तर्गत जगाती प्रहरी बृतमा राखिएको थियो। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा सो मुद्दाको किनारा लगाउँदै धरौटीमा रिहा गरेकी थिइन्। यद्यपि बानेश्वर प्रहरीको आदेशमा जगाती प्रहरीबाट आन्दोलनकारीहरुलाई बानेश्वर प्रहरीमा लगिएको थियो।

भक्तपुर जिल्ला प्रशासनसँग जोडिएको मुद्दा सकिएको तर उनीहरुसँग अरु के कस्तो मुद्दा जोडिएको छ सो बारेमा आफूलाई जानकारी नभएको भन्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उनीहरुसँग छलफल गरी नै धरौटीमा रिहा गरेको बताइन्। 

महानगरीय प्रहरी बृत जगाती प्रमुख डीएसपी  सूर्यबहादुर शाहीले एमसीसीविरुद्ध आन्दोलनका क्रममा प्रहरी नियन्त्रणमा रहेका सबै जनालाई बानेश्वर प्रहरीमा जम्मा गर्ने भनी सर्कुलेशन भएकाले भक्तपुरबाट बानेश्वर पठाएको बताए।  

जिल्ला प्रशासन कार्यालयमा तीन हजार पाँंच सय धरौटी राखी रिहाका लागि महानगरीय प्रहरी बृत जगाती पुर्‍याएका आन्दोलनकारीलाई बानेश्वर प्रहरी चौकीबाट छोडिने भन्दै जगातीबाट बानेश्वर लगिएकामा उनीहरुलाई बानेश्वर प्रहरीको हिरासतमै राखिएको जनाइएको छ। 

नागरिक अभियान्ता अप्सरा घिमिरेले यसबारे जानकारी दिंदै घटनाप्रति खेद व्यक्त गरिन्।  एमसीसीविरुद्ध फागुन १६ गते नेपाल बन्द घोषणा गरे लगत्तै फागुन १३,१४,१५ गते ७ जनालाई प्रहरीले भक्तपुरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको घिमिरेले जनाइन्। 

यसरी १४ दिनदेखि प्रहरी नियन्त्रणमा रहेका आन्दोलनकारीहरुमा बद्रीप्रसाद पराजुली, सुमन विक, राजन घिमिरे, सुरज राय, अनिल पराजुली, अनिपाल विक र दिक्पाल शाही गरी सात जना रहेको अभियान्ता घिमिरेले बताइन्। 

प्रहरी नियन्त्रणमा राखिएका आन्दोलनकारीलाई छुटाउन लागिपरेका मनिक लामा पनि फागुन १६ गते प्रहरी नियन्त्रणमा राखिएको उनले बताइन्। शान्तिपूर्ण आन्दोलनमा लागेकाहरुलाई यसरी प्रहरी नियन्त्रणमा राखिनु प्रजातान्त्रिक पद्धति नभएको भन्दै घिमिरेले विरोध जनाएकी छिन्।
अर्को समाचार
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
१ घण्टा अघि
•
० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।

बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।

प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।



सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।

उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।

राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
यो पनि पढौँ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस