काठमाडौं— राजधानीको चाबहिलमा मिनी ट्रकले ठक्कर दिँदा पशुपति क्याम्पसकी छात्रा बालकुमारी दाहाल, २१ को मृत्यु भएको छ।
बिहान सवा ९ बजेतिर बा १ ख ९११२ नम्बरको मिनिट्रकले गोपीकृष्ण हल अगाडिको पुलमा पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्कालै ओम अस्पताल पुर्याइएको थियो। त्यहीँ उनलाई चिकित्सकले मृत घोषणा गरे।
ओखलढुंगा बिगुटार स्थायी घर भएकी मृतक बालकुमारी कपनको सरस्वती नगर बस्दै आएको प्रहरीले जनाएको छ। पशुपति क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्। ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।