खोटाङ– भीरबाट लडेर खोटाङमा युवतीको ज्यान गएको छ। घाँस काट्नेक्रममा स्थानीय आँतरे भीरबाट लडेर डिकुवा–१ तुइम्बुकी २० वर्षीय तेजुमायाँ राईको ज्यान गएको हो।शनिबार घाँस काट्न गएकी राई डिकुवा–६ मा पर्ने भीरबाट तीन सय मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको स्थानीय सामुदायीक स्वयंसेवक रुपा राईले जानकारी दिईन्। घाँस दाउराकालागि स्थानीय आँतरे भीरको क्षेत्रमा रहेको जंगलमा निर्भर छन्। घाँसदाउरा गर्नेक्रममै डिकुवाका २० जना बढिले सो भीरबाट लडेर ज्यान गुमाइसकेको स्थानीयले बताएका छन्। आँतरे भीरबाट लडेर गत वर्ष फरक–फरक समयमा दुई जनाको मृत्यु भएको थियो। 'घाँस दाउराकालागि गाउँले यही भिरको जंगलमा भर पर्नुपर्छ,' सामुदायीक स्वयंसेवक राईले भने, 'त्यी भएर यो भीरबाट लडेर बीस जना बढिले ज्यान गुमाइसकेको छ।'
अर्को समाचार
घाँस काट्नेक्रममा भीरबाट लडेर युवतीको मृत्यु
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ