काठमाडौं— पचपन्न वर्षअघि नै लोप भएको मानिएको संसारकै दुर्लभ वन्यजन्तु जंगली चौंरीगाई हुम्लाको लिमी गाविसमा फेला परेको छ। विश्वकै दुर्लभ प्रजातिमा रहेको जंगली चौंरीगाई 'प्रकृतिका साथीहरु' नामक संस्थाका युवा अनुसन्धानकर्ताले दुई वर्ष नियमित अध्ययनपछि फेला पारेका हुन्।
संस्थाका निर्देशक तथा अनुसन्धान प्रमुख राजु आचार्यले लिमीमा पहिलोपटक फेला परेको चौंरीगाईसहित अन्य दुर्लभ वन्यजन्तुको तस्बिर र वृत्तचित्र सोमबार एक कार्यक्रममा सार्वजनिक गरे ।
'म व्यक्तिगत रुपमा १४ वषदेखि यसको खोजीमा थिएँ । हाम्रो टोली दुई वर्षदेखि यसमा अनुसन्धान गरिरहेको थियो,' टोलीप्रमुख आचार्यले भने, 'हामीले चौंरीगाईको पहिलो तस्बिर ०७१ जेठ ३१ गते खिचेका हौं ।'
तस्बिर लिएको जनावर जंगली चौंरीगाई हो÷होइन पुष्टि गर्न ९ महिना लागेको आचार्यले जानकारी दिए । 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुबाट पुष्टि गराउँदा यति समय लागेको हो,' उनले थपे । उनका अनुसार नेपालको आधिकारिक निकाय मानिएको प्राकृतिक विज्ञान संग्रहालयले पनि यो जनावर जंगली चांैरीगाई नै भएको पुष्टि गरिसकेको छ ।
प्राकृतिक विज्ञान संग्रहालयका पूर्वप्रमुख तथा प्राध्यापक करणबहादुर शाहले युवा अनुसन्धानकर्ताको प्रयासलाई सराहना गर्दै भने, 'यो प्रजाति करिब ५५ वर्षपहिले मुस्ताङबाट लोप भएको थियो ।' यो बाहेक अन्य दुर्लभ वन्यजन्तुको संख्या र अवस्था पत्ता लगाएर अनुसन्धान टोलीले ठूलो काम गरेको उनले जनाए ।
आचार्यका अनुसार यसअघि मुस्ताङका एक स्थानीयको घरमा जंगली चौंरीगाईको सिङ भेटिएको थियो । स्थानीयले अन्तिमपटक देखा परेको चौंरीगाई मारेर त्यसको सिङ घरमा राखेका थिए । त्यही घटनालाई आधार बनाएर यो जन्तु नेपालबाट लोप भइसकेको निष्कर्ष निकालिएको थियो ।
जुम्ला सदरमुकामबाट पैदल करिब ८ देखि ९ दिनमा पुगिने लिमी गाविसको उपल्लो भेगमा यो जनावर फेला परेको थियो । तिब्बत सीमा क्षेत्रबाट करिब पा"च किलोमिटर वर र लिमीका गाउँबस्तीबाट १० किलोमिटर पर करिब ५ हजार मिटर उचाइमा फेला परेको आचार्यले जानकारी दिए । अनुसन्धान टोलीमा सहभागी स्विट्रल्यान्डकी जिरालदिनी वारहानले यसको तस्बिर खिचेकी थिइन् ।
आचार्यका अनुसार यस प्रजातिलाई नेपाल, भारत तथा चीनले संरक्षित स्तनधारीमा सूचीकृत गरेका छन् । सन् १९९५ मा विश्वभर यसको संख्या १५ हजार रहेको अनुमान गरिएको छ । पछिल्लो समय यो घट्दै गएको वैज्ञानिक तथ्य छ । यो नेपालमा बाहेक चीन र भारतमा पनि पाइन्छ । ४ हजारदेखि ६ हजार एक सय मिटर उचाइसम्म पाइने यो प्रजातिको तौल ५ सयदेखि साढे ५ सय केजीसम्म हुन्छ । घरमा पालिने चौंरीभन्दा यसको आकार र तौल बढी हुन्छ । यसको जुरो निकै माथिसम्म उठेको हुन्छ भने थुतुनो वरिपरि हल्का सेतो तथा खैरो रङ हुन्छ । सिङ अगाडि फर्किएको हुन्छ । यस प्रजातिको जन्तुले असारदेखि भदौसम्म सहवास गर्छन् र करिब २ सय ५८ देखि २ सय ७० दिनमा एउटा बच्चा जन्माउ"छन् ।
अनुसन्धानमा संलग्न एक विदेशीसहित ६ सदस्यीय टोलीले लिमी गाविसलाई 'वन्यजन्तुको स्वर्ग' भनेको छ । नेपालकै सबैभन्दा बढी संख्यामा जंगली गधा पनि यही गाविसमा फेला पारेको टोलीले जनाएको छ । करिब साढे ५ सय हाराहारी जंगली गधा पाइएको आचार्यले जानकारी दिए । यसअघि यो जन्तु सबैभन्दा धेरै मुस्ताङमा ३७ वटा मात्र भेटिएको थियो । उनले यो जन्तु पश्चिममा पहिलोपटक, नेपालमा दोस्रोपटक फेला परेको जानकारी दिए ।
यसैगरी संसारमै ठूलो भेंडा मानिएको जंगली भेंडा पनि लिमीमा पाइएको छ । यसअघि यसको उपस्थिति मुस्ताङमा मात्र थियो । बच्चाहरुसहितको बथान फेला परेको आचार्यले बताए ।
लिमीमा ब्वाँसोको संख्या पनि उल्लेख्य देखिएको उनले जानकारी दिए । विश्वमै दुर्लभ मानिएका हिउ" चितुवा, कस्तुरी मृग, रातो भालु, हिमाली कालो भालु, लिङ्क्स÷पाहन बिरालो, रातो फ्याउरो, तिब्बती फ्याउरो, फ्याउ मुसा, घोवा, नायनलगायत वन्यजन्तुको नेपालमा सबैभन्दा ठूलो संख्या लिमीमै भेटिएको आचार्यको तर्क छ ।
यसैगरी, ६ प्रजातिका चराहरुको स्थायी बासस्थान पहिलोपटक भेटिएको उनले जानकारी दिए । तिनमा मणितुण्डक, कालीकण्ठे सारस, मंगोल राजपुत्रिका, कालीकण्ठे चाँचर, वायु फ्यालफ्याले र खैरो टाउके गंगाचिल पर्छन् । आचार्यले आफ्नो कार्यपत्रमा त्यहाँ देखिएका सबै जन्तुको तस्बिर सार्वजनिक गरेका थिए ।
एक सय १० दिनको स्थलगत अनुसन्धानबाट टोलीले यी जीवजन्तुका तथ्य पत्ता लगाएको हो । टोलीले सिमीकोटको २४ सय मिटरदेखि लिमीको ५२ सय मिटरसम्मको उचाइमा अध्ययन गरेको थियो । ६ जनाको टोलीमा आचार्यसहित यादव घिमिरे, विधान अधिकारी, नरेश कुसी, जिरालदिनी वारहान (स्विट्जरल्यान्ड), विनोद कुव"र र पासाङदोर्जे लामा थिए ।
करिब १२ सय वर्गकिलोमिटर क्षेत्रफल ओगटेको लिमी गाविसमा १ सय ८२ घरधुरी छन् । 'यसलाई संरक्षण क्षेत्र घोषणा गर्न सकिने सम्भापना प्रबल छ । वन्यजन्तु पर्यटनका लागि यो उपयुक्त गन्तव्य हुन सक्छ', आचार्यले भने ।
हुम्ला राष्ट्रिय सडक सञ्जालले नछोइएको जिल्ला हो । मानव सूचकांकमा यो ७४ औं स्थानमा छ भने गरिबीमा ७३ औं ।